विद्युतीय प्रणाली उपनिर्वाचनमा राखेकोमा उम्मेदवारको चिन्ता

Loading...
Spread the love

जेठ २९, काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पहिलोपटक विद्युतीय यन्त्रबाट मतदान गर्दा मतदाताहरू झुक्किने चिन्ता दलका उम्मेदारहरूलाई परेको छ । एकीकृत नेकपा (माओवादी) का तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार लीलामणि पोखरेल भन्छन्, पहिलोपटक प्रयोग गर्न लागेको हुनाले मतदाता झुक्किने सम्भावना हुन्छ । उनले भने, प्राविधिक त्रुटिभन्दा पनि मतदाता झुक्किन्छन् कि भन्ने चिन्ता छ ।

Electric voting system

सबै छाप लगाउने बानी परेका मतदाता, विद्युतीय मतदान गर्ने बानी छैन, काठमाडौँ निर्वाचन क्षेत्र नं २ का निर्वाचन परिचालन समितिका प्रमुख सुवर्ण श्रेष्ठले भन्छन्, स्विच थिच्दा चिह्नमा झुक्किएर अन्य चिह्नमा स्विच थिचिन्छ कि भन्ने डर लाग्छ। विद्युतीय मतदानका बारेमा मतदातालाई सिकाउन निर्वाचन आयोगले खटाएको टोली पर्याप्त नभएको भन्ने उनको भनाइ छ । चिह्न थाहा नपाएर जुनसुकै स्विच थिचेमा उम्मेदवारको मत घट्छ, उनी भन्छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका निर्वाचन प्रचारप्रसार समितिका सदस्य वसन्त घिमिरेले भने,मतदाता अली चनाखो हुनुपर्छ, चिह्न राम्ररी हेरेर मत हाल्नुपर्छ । युवापुस्ता भन्दा बूढापाका मतदान गर्दा बढी झुक्किने सम्भावना हुन्छ।

मतपत्र मतदाताको हातहातमा पुर्‍याउन बानी परेका उम्मेदवारहरू यो उपनिर्वाचनमा उम्मेदवारलाई मतकसरी हाल्ने भन्ने विषयमा सिकाउन आतुर छन् । असार ८ गते हुन लागेको संविधानसभा उपनिर्वाचनमा आफ्ना उम्मेदवारको चिह्नमा मतदान गर्न मतदाता नझुक्किउन् भनेर निर्वाचन आयोगले विद्युतीय मतदाता शिक्षा टोली टोलटोलमा टोली पुगिसकेको छ । जहाँ शिक्षिका र महिला स्वयम्सेविकाको पनि प्रयोग गरिएको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–२ मा एमाओवादीबाट लीलामणि पोखरेल, नेपाली काँग्रेसबाट दीपकप्रसाद कुइँकेल, नेकपा (एमाले) बाट कृष्णगोपाल श्रेष्ठ, नेकपा (माले) बाट पुस्कर बस्नेत लगायत विभिन्न राजनीतिक दलका २३ र स्वतन्त्र १४ गरी ३७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

विद्युतीय यन्त्रको प्रयोग गरी मतदान गर्दाका राम्रा पक्षहरूमा चिह्न अगाडि बटम थिच्दा पुग्ने, कम खर्चिलो, पुनः प्रयोग गर्न सकिने, कम समयमा मतगणना गर्न सकिने, मत बदर नहुने, ढुवानी गर्न सजिलो आदी रहेको छ।

विद्युतीय यन्त्रको प्रयोग गरी मतदान गर्दा प्राविधिकले मत हाल्न अनुमति दिएपछि बत्ती बल्छ, काठमाडौँ जिल्ला निर्वाचन अधिकारी चन्द्रप्रसाद गौतमले विद्युतीय यन्त्रको परिचय दिँदै भने, मतदाताले चाहिएको चिह्नमा थिचेपछि टिन्न घन्टी बज्छ र मतदान प्रक्रिया सम्पन्न हुन्छ।

नेपालमा विद्युतीय यन्त्रको प्रयोग गरेर मतदान गर्न लागेको यो पहिलो तेस्रो पटक हो । विद्युतीय यन्त्र प्रयोग गरी २०६४ चैत २८ गतेको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रयोग गरिएको थियो । २०६५ चैत २८ गतेको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ५ र ७, धनुषा निर्वाचन क्षेत्र नं ५, कास्की निर्वाचन क्षेत्र नं १, रोल्पा निर्वाचन क्षेत्र नं २ र कञ्चनपुर निर्वाचन क्षेत्र नं ४ मा विद्युतीय यन्त्रको प्रयोगबाट मतदान गरिएको थियो। उक्त निर्वाचनमा यसरी विद्युतीय यन्त्रको प्रयोग गरेर मतदान गर्दा मत बदर नभएको उपसचिव अर्यालले जानकारी जानकारी दिए।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...