चर्कदो छ चर्चमा बाल यौन शोषण विवाद

Loading...
Spread the love

राष्ट्रसंघले बाल यौन शोषण प्रकरणमा रोमन क्याथोलिक चर्चको गतिविधिको तिखो शब्दमा आलोचना गरेको छ । भ्याटिकनले योजनाबद्व तरिकाले बनाएको नीतिको कारण पादरीहरूले हजारौं बालबालिकाको यौन शोषण गर्ने अवसर पाएको उसले भनेको छ । संसारका विभिन्न मुलुकको चर्चमा उच्च धर्म पालनाको नाउँमा बालबालिकाको यौन शोषण भएको खुलासापछि हालै राष्ट्रसंघको ध्यानाकर्षण भएको थियो ।

 

बाल यौन शोषणका आरोपी र यसका आशंका गरिएका सम्पूर्ण पादरीहरूलाई भ्याटिकनले पदबाट हटाउनुपर्ने राष्ट्रसंघको बाल अधिकारको अनुगमन गर्ने संस्थाले जनाएको छ । समलैंगिकता, गर्भनिरोधक र गर्भपतनजस्तो मुद्दामा पनि राष्ट्रसंघले भ्याटिकनको दृष्टिकोणको आलोचना गरेको छ । सैद्धान्तिक रूपले ठुल्ठूला गफ छाँट्ने र शब्दको खेती गर्ने धेरैजसो पादरीहरू व्यवहारमा अनैतिक र अमर्यादित रहेको राष्ट्रसंघको प्रतिवेदनको आशय हो । भ्याटिक चर्चमा बाल यौन शोषण रोक्नलाई एक जाँच आयोगको पनि गठन भएको छ । तर, उसले आयोगलाई यो विवादलाई थामथुम पार्ने औजार मात्र बनाएको छ ।

 

राष्ट्रसंघको बाल अधिकार समिति (सीआरसी) ले बुधबार जारी गरेको प्रतिवेदनमा बाल यौन शोषणको अपराधलाई लुकाउने पादरीविरुद्ध भ्याटिकनले फेरि मुद्दा सुरु गर्नुपर्ने र यो नै उनीहरूलाई जिम्मेवार ठहराउने एक मात्र विकल्प भएको भनिएको छ । भ्याटिकनले यो अपराधको गम्भीरतालाई स्वीकार्न नचाहेको हुनाले समितिको चिन्ता बढेको हो । भ्याटिकनले बालबालिकालाई यौनजन्य दुव्र्यवहार गर्नेलाई पदबाट हटाई प्रहरीलाई बुझाउनुपर्ने समितिले माग गरेको छ ।

 

प्रतिवेदन मार्फत यस समितिले रोमन क्याथोलिक चर्चले अझै पन पादरी तथा उसका कर्मचारीबाट र विद्यालयमा बालबालिकामाथि दुव्र्यवहार रोक्ने आफ्नो वचनबद्धता पूरा गर्न पर्याप्त कार्य गर्न नसकेको आरोप लगाएको छ ।

 

समितिले यस्ता दुव्र्यवहारकारीलाई एकै मुलुकको एक स्थानबाट अर्को स्थानमा र एक मुलुकबाट अर्को मुलुकमा सरुवा गर्ने गरिएको, उनीहरूले गरेको अपराध लुकाउने गरेको र उनीहरूलाई न्यायिक अधिकारीहरूको नियन्त्रणबाट जोगाउने गरेको पनि आरोप लगाएको छ । यसरी अपराधीहरूलाई एक स्थानबाट अर्को स्थानमा सरुवा गर्दा धेरै पादरीहरू ती बालबालिकाको सम्पर्कमा रहने गरेको र उनीहरूमाथि निरन्तर रूपमा दुव्र्यवहार गर्ने गरेको र अझै पनि धेरै मुलुकमा बालबालिका यौनजन्य दुव्र्यवहारको जोखिममा परेको पनि यस समितिले भनेको छ । यो प्रतिवेदन प्रकाशन गर्नुपूर्व विश्वभरबाट स्वतन्त्र मानव अधिकारवादी १८ विशेषज्ञ सहितको समितिले चर्चका वरिष्ठ कर्मचारीहरूलाई सोधपुछ गरेका थिए । उनीहरूले भ्याटिकनले समाधान गर्नुपर्ने समस्याका बारेमा भनेका थिए ।

 

धर्मको नाउँमा नैतिकताको स्वाङ रचेर एवं जिउने कला (आर्ट अफ लिभिङ) को आडमा शब्द जाल खडा गरेर पहुँचवाला पादरी संयन्त्रले आर्थिक, मानसिक र शारीरिक शोषणलाई बढावा दिइरहेको विश्वभरि उक्त प्रतिवेदनको आधारमा सम्प्रेषित खबर, लेख र विचारहरूमा भनिएको छ । राष्ट्रसंघले गत महिना धर्मका आडमा लुकेका ती अपराधी (पादरी, बाबा) बारे जानकारी सार्वजनिक नगरेको र शोषणलाई रोक्न ठोस कदम नचालेको बारेमा भ्याटिकनका अधिकारीहरूसँग प्रश्न गरेको थियो । राष्ट्रसंघले गत डिसेम्बरमा भ्याटिकनसँग बाल यौन शोषण बारे जानकारी मागेको थियो । उसले सुरुमा विभिन्न मुलुकमा रहेको चर्चमा यो घटना भएको हुनाले त्यहाँको कानून एवं न्यायपालिका जिम्मेवारी भएको भन्दै जानकारी दिन अस्वीकार गरेको थियो ।

 

विश्वभरिका चेतनशील नागरिक समाजले विरोध गरेपछि आफूलाई धर्म रक्षकको सर्वेसर्वा मान्ने भ्याटिकनल घुँडा टेकेको थियो । गोपनीयताको नीति -राइट टु प्राइवेसी) को नाउँमा चर्चभित्र बाल यौन शोषणलाई बढावा दिइन नपाइने भन्दै पीडित मातापिताले प्रदर्शन गरेका थिए । जिनेभास्थित एक संयुक्त राष्ट्र प्यानलले जनवरीको दोस्रो सातादेखि रोमन क्याथोलिक पादरीद्वारा बाल यौन शोषणबारे भ्याटिकनको अधिकारीले दिएको रिपोर्टमा सुनुवाइ सुरु गरेको थियो ।

राष्ट्रसंघको ताजा रिपोर्टमाथि भ्याटिकनले तत्कालै कुनै प्रतिक्रिया व्यक्त गरेको छैन । विश्लेषकहरूका अनुसार सम्भवतः उसले सधैंझैं यस पटक पनि ढाकछोप नीति वा शब्द झेलको नै सहारा लिनेछ । क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसले पनि चर्चको सत्ता केन्द्रलाई भ्याटिकनबाट मात्र विकेन्दि्रत गरिनुपर्ने र चर्चले आफ्नो व्यवहार एवं साँघुरो दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताएका थिए ।

 

चर्च र विभिन्न धार्मिक समूहले अरूलाई दबाएर, होच्याएर, हेला एवं उपेक्षा गरेर आफूलाई माथि राख्ने कलामा विश्वको कुनाकुनामा विभिन्न पेसा गरेर बसेका समर्थकहरूलाई कुशल तालिम दिने हुनाले असल, सोझा एवं इमानदार नागरिकको आवाज कसैले पनि नसुन्ने गरेको स्वतन्त्र विद्वान्हरू बताउँछन् । धर्मको राम्रा पक्षलाई उजागर गरेरभन्दा पनि आर्थिक प्रलोभन, सम्मोहन विद्या र कान भर्ने कलाको सहयोगले धर्म परिवर्तन गराएर अनुयायीहरू बढाउने व्यापारप्रति पनि तर्कशास्त्रीहरूले चासो व्यक्त गरेका छन् । जिनेभा (एजेन्सीहरू)

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

नयाँ ऐन: दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता

Spread the loveदैलेख: भदौ १ गतेदेखि लागू हुने गरी ‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’ जारी भएपछि दैलेखमा पुरुषबाट सम्बन्ध बिच्छेदको पहिलो मुद्धा दर्ता भएको छ । ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४’ले पुरुषले पनि...

काष्ठकलामा महिलाको सिप

Spread the loveमहिलाहरु पेशाा ब्यवसायमा हरेक प्रकारका काम गर्ने आत्मविश्वास र सक्रियतामा जुटेका छन । कामको प्रकृति जव मेसिनरी प्रणालीले सहज गरेको छ ।  सबै पेशामा महिलाको सहभागिता समानान्तर वनाउन सहयनेग गरेको छ । हाल समाजमा...

किन बढ्दैछ बहुविवाह ?

Spread the loveकाठमाण्डौ: नारी समानता, स्वतन्त्रता र महिला हिंसा विरुद्धका विषयमा विश्वव्यापी रुपमा बहस छलफल भएपनि विद्यमान कानुनमा भएको त्रुटिका कारण महिलाहरु बहुविवाहको पीडा सहन बाध्य छन् । बहुविवाह विरुद्धको विद्यमान कानुन पुरुष प्रधानसोचबाट...

सम्बन्धविच्छेद गरेर कति खुसी भएको ?

Spread the loveमलाइका अरोडा खानले सोसल मिडियामा एक फोटो सेयर गरेकी छिन् । जसमा उनी श्वेता बच्चनसँग देखिएकी छिन् । फोटोमा मलाइकाले आफ्नो हिप ट्याटु देखाएकी छिन् । यद्यपि, उनको फोटोमाथि थुप्रै सोसल मिडिया प्रयोगकर्ताले...

८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने

Spread the loveकाठमाडौं: सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानूनमा...

महिनावारीको समयमा सरकारले अब तिन दिन बिदा दिने

Spread the loveकाठमाण्डौ: सरकारले कामकाजमारहेका महिलालाई महिनावारी हुँदा आधिकारिक रुपमा विदा दिने तयारीमा लागेको छ । इटालीको तल्लो सदनमा बिदाको सम्वन्धमा विधेयक दर्ता भएसँगै उक्त विधेयक पास भएमा इटाली सरकार तथा निजी कम्पनीले महिला...

अदालतदेखि प्रशासननै दलितको पक्षमा खुलेर न्याय गर्न अझै सक्दैनन

Spread the loveवि.स. २०६८ जेष्ठ १० गते संसद्को वैंठकले “जातीय भेदभाव तथा छुवाछुतको (कसुर तथा सजाय) विधेयक” पारित गरेको थियो । त्यस लगत्तै १८ गते राष्ट्रपति डा। रामवरण यादवद्धारा विधेयकलाइ प्रमाणिकरण गरेपछि सो विधेयक...

बुहारीलाई छुरा देखाई यौन शोषण कांग्रेस नेता यसरी परे फन्दामा

Spread the loveमहेन्द्रनगर: आफ्नै बुहारीलाई लगातार तीन बर्षदेखि बलात्कार गर्ने कञ्चनपुरका एक काँग्रेस नेताको कर्तुतको पर्दाफास भएको छ । उनले २० बर्षीया बुहारीलाई ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गर्दै आएका थिए । बिवाह भएको एक...

उमेर नपुग्दैको विवाहसँगै बड्दो सम्बन्धविच्छेद

Spread the loveकाठमाण्डौ: धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा २०७१ साल मङ्सिर २९ गते वैवाहिक सम्बन्धमा बाँधिएकी...

नायिका बनाउने प्रलोभोन दखाई युवतीहरुमाथि चरम शोषण

Spread the loveकाठमाण्डौ: मोडल बन्ने सपना बोकेर गत २३ मंसिरमा एक युवती पुतलीसडकस्थित तिरुपति होटल पुगिन् । अन्तर्वार्ताका लागि भनेर उनलाई होटलमा बोलाइएको थियो । आफूलाई मोडल एजेन्सीको सञ्चालक बताउने एक युवक उनलाई कुरिरहेका थिए...