अघिल्लो आवको बैशाख महीनासम्मको तुलनामा ब्यापार घाटा २८ प्रतिशतले बढी

Loading...
Spread the love
जेठ ३०, काठमाडौं । गत वैशाख मसान्तसम्ममा कुल ब्यापार घाटा रू. ५ खर्ब ५ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो आवको बैशाख महीनासम्मको तुलनामा ब्यापार घाटा २८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो व्यापार घाटा २७ प्रतिशतले बढेको थियो। आजको अभियानमा खबर छापिएको छ।
Economice
भारत तथा अन्य मुलुक दुवैतर्फको आयातको वृद्धिदर उच्च रहेको कारण कुल आयातको वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा उच्च रहन भएको हो । मासिक रुपमा हेर्दा वैशाख महिनामा कुल वस्तु आयात चैत महिनाको तुलनामा ८ दशमलव ७ प्रतिशतले घटेको छ । पछिल्ला केही महीनायता भारतसँको व्यापार घाटा निरन्तर बढ्दै गएकोमा माघ यता भने केही कमी देखिएको छ ।
समिक्षा अवधिमा निर्यात १८ दशमलव ६ प्रतिशत( रू. ७५ अर्ब १२ करोड) र आयात २६ दशमलव ७ प्रतिशत( रू. ५ खर्ब ८० अर्ब ९३ करोड)ले बढेको छ । भारततर्पm खासगरी  जिङ्क शिट, अलैंची, गिट्टी तथा बालुवा र जुस लगायतको निर्यात बढेको छ भने अन्य मुलुकतर्फ ऊनी गलैचा, तयारी पोशाक, जडीवुटी र पश्मिना लगायतको निर्यातमा वृद्धि भएको छ । भारतबाट मुख्यतयाः पेट्रोलियम पदार्थ, सवारी साधन तथा पाटपूर्जा, हटरोल्ड शिट इन क्वायल र धागो लगायतको आयात बढेको कारण त्यसतर्फको आयात उच्च दरले बढेको हो । अन्य मुलुकबाट विशेषगरी सुपारी, कच्चा सोयाविन तेल, पोलिथिन ग्रान्युयल्स, यातायातका साधन तथा पाटपूर्जा लगायतको आयात बढेको कारण त्यसतर्फको आयात बढेको हो ।
शोधनान्तर बचत रू. १ खर्ब १५ अर्ब 
गत बैशाखसम्ममा समग्र शोधनान्तर स्थिति रू. १ खर्ब १५ अर्ब २६ करोड बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो बचत रु. ३८ अर्ब ६० करोड रहेको थियो । सोही अवधिमा चालू खाता रु. ७८ अर्ब ३ करोडले बचतमा रहेको छ । गत वर्ष यो खाता रु. २८ अर्ब ९९ करोडले बचतमा रहेको थियो । खासगरी सेवा आय, खुद आय, अनुदान तथा विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिको कारण समीक्षा अवधिमा चालू खाता बचत उच्च रहन गएको हो ।
विदेशी विनिमय सञ्चितिले ११ महीना वस्तु आयात 
गत वैशाख मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति २२ दशमलव ५ प्रतिशतले बढेर रू. ६ खर्ब ५३ अर्ब पुगेको छ । गत असार मसान्तमा यो रू. ५ खर्ब ३३ अर्ब रहेको थियो । चालू आवको नौ महीना(फागुन) सम्मको आयातलाई आधार मान्दा उक्त विदेशी विनिमय सञ्चितिले ११ महीना ४ दिन वस्तु आयात र ९ महीना ९ दिन वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कले बताएको छ ।
४ खर्ब ४४ अर्ब विप्रेषण भित्रियो
चालू आवको १० महिनासम्ममा विभिन्न मुलुकबाट रू. ४ खर्ब ४४ अर्ब ४८ करोड विप्रेषण नेपाल भित्रिएको छ । गत आवको सोही अवधिको तुलनामा यो साढे २९ दशमलव ७ प्रतिशतले बढी हो । अमेरिकी डलरमा विप्रेषण आय अघिल्लो वर्षको ११ दशमलव १ प्रतिशत वृद्धिको तुलनामा समीक्षा अवधिमा १४ दशमलव ३ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड डलर पुगेको छ । मासिकरुपमा हेर्दा, विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको चैत महिनाको तुलनामा वैशाख महिनामा १३ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ ।
गत वैशाख मसान्तसम्ममा कुल सरकारी खर्च (नगद प्रवाहमा आधारित) २२ दशमलव ५ प्रतिशतले, चालू खर्च २८ दशमलव ३ प्रतिशतले र पूँजीगत खर्च ३७ दशमलव ४ प्रतिशतले बढे । गत आवको सोही अवधिमा सरकारी खर्च २ दशमलव ५ प्रतिशतले र चालू खर्च १ दशमलव १ प्रतिशतले बढे पनि पूँजीगत खर्च ३ दशमलव ५ प्रतिशतले घटेको थियो ।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...