लन्डन, बेलायतमा कार्यरत सोलिसिटर (अधिवक्ता) हरुको नियमन गर्ने निकाय ‘दि सोलिसिटर्स रेगुलेसन अथोरिटीले नियम उल्लंघन गर्ने करिब चार हजार पाँचसय सोलिसिटरका प्राक्टिसिङ सर्टिफिकेट (लाइसेन्स) एकै साता रद्द गरिदिएको छ ।
सोलिसिटर्स रेगुलेसन अथोरिटी (एसआरए) ले अक्टोबरसम्म दिइएको समयसीमाभित्र नवीकरण गर्न अटेर र अन्य नियम समेत पालना नगर्ने सोलिसिटरका लाइसेन्स यसै साताको सुरुतिर खारेज गरिदिएको जनाउ गत बुधबार दिएको हो ।
एसआरएले लाइसेन्स खारेज गरिएका प्रत्येक सोलिसिटरलाई बेग्ला बेग्लै पत्र पठाउँदै यस निर्णयमा चित्त नबुझे ‘सोलिसिटर्स डिस्सिप्लिनरी ट्राइवुनल’ मा निवेदन दिन भनेको दि ल सोसाइटी गजेटमा उल्लेख छ । लाइसेन्स रद्द गरिएका सोलिसिटरहरुको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।
लाइसेन्स खारेजसँगै ति सोलिसिटरहरुलाई पुनः यो पेशामा आवद्ध हुन जिन्दगीभर बन्देज हुने छ । ‘पछिल्लो निर्णयले करिब चालिस हजार पाउण्ड लगानी, ७ वर्षको अध्ययन र कडा मिहिनेत अनि प्रतिष्ठा सबै सकियो’, एक सोलिसिटरले गुनासो गर्दै भने, ‘बेलायतको स्वतन्त्र न्यायलय कति मर्यादित छ भन्ने बुझ्न यो एउटा गतिलो उदाहरण हो ।’ व्यवसायिक मर्यादा नाघेर गलत नियतवश केही नगर्न पछिल्लो कदमले थप सचेत गराएको सोलिसिटरहरुको बुझाइ छ ।
सन् २०११ जनवरीदेखि लन्डन इलिङमा सञ्चालित ‘एभरेष्ट ल सोलिसिटर्स’ र्फमका पि्रन्सिपल सोलिसिटर राजु थापाले एसआरएको कडा नियमले पेशामा धेरै चुनौति थपिएको बताए । ‘एसआरएको कम्प्लाएन्स् (परिपालना) ले यस पेशामा लाग्नेहरु अब धेरै चनाखो हुनुपर्ने भएको छ’, थापाले भने, ‘एउटा सोलिसिटर र्फम खोल्न पेशागत मर्यादाबाहेक इन्सुरेन्स लिन मुश्किल, क्लाइन्ट अकाउन्ट्स र अफिस अकाउन्ट्स दुरुस्त राख्नुपर्ने, हरेक क्लाइन्टका कागजात रेकर्ड राख्नुपर्ने आदिले पेशा सहज छैन् ।’ सन् २०१२ मा गुड लयर गाइडबाट वेष्ट प्राक्टिस अवार्ड जितेका थापाले बेलायत सरकारको अध्यागमन नियममा कडाइ र लिगल एड कटौतीले व्यवसाय संकट उन्मुख भएको जनाए । सोलिसिटरका भनाइमा यो यस्तो व्यवसाय हो, जहाँ र्फम बन्द भएमा वा गर्न चाहेमा पनि इन्सुरेन्सको तीन गुना ‘रनअफ कभर’ बेहोर्नुपर्ने वाध्यता छ ।
बेलायतमा सोलिसिटर बन्न धेरै कठिन चरण पार गर्नुपर्ने व्यवसायीको अनुभव छ । सोलिसिटर हुन ‘पोष्ट ग्रयाजुएट डिप्लोमा इन लिगल प्राक्टिस् कोर्स’ उत्तिर्णपछि कुनै र्फममा दुई वर्ष ‘ट्रेनी कन्ट्याक्ट’ गरेर फेरि ‘प्रोफेशनल स्किल्स् कन्डक्ट’ परीक्षा उत्तिर्ण गर्न अनिवार्य छ ।
दि ल सोसाइटीको तथ्यांक अनुसार बेलायतमा सन् २०१२, ०१३ सम्ममा दश हजार एकसय दुई वटा ल र्फम रजिष्टर्ड भएका छन् भने कुल एक लाख ६५ हजार ९ सय ७१ सोलिसिटर मध्ये प्राक्टिसिङ सर्टिफिकेट लिनेको संख्या एक लाख २८ हजार ७ सय ७८ छ । स्रोत इकान्तिपुर !!
यसमा तपाइको मत
रोचक प्रसंग बाट अन्य

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...