न्याय खोज्दै युवती सडकमा

Loading...
Spread the love

जेठ ३१, पोखरा ।  विबाह भएको विगत ५ वर्ष देखि श्रीमानको अपमान सहेर बसेपनि घर निकाला भएकी अमृतादेवी शर्मा न्यायको खोजिमा सडकमा उत्रिएकी छन् । आफु शिक्षिका भएर पनि महिला हिंसाको सिकार हुदै आएकी छन् ।

Justice

पर्वत जिल्ला माइतीघर भई २०६६ वैशाख २५ गते पोखराका शैक्षिक क्षेत्रमा लागेका प्रतिष्ठित व्यक्ति विशेश्वर आचार्यसँग शर्माको मागी विवाह भएको थियो । विवाहको केहि दिनमै दुई जनाको सम्बन्धमा तिक्तता आए देखि आफ्नै श्रीमानले आफुलाई घर निकाला गरी श्रीमतीप्रति र्नुपर्ने व्यवहार नगरेकोले न्याय खोज्दै सडकमा उत्रिएको शर्माले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएकी हुन् ।

नातामा फुपुकी छोरी पर्ने सानैदेखि पालेकी एक युवतीसँग आचार्यको अबैध सम्बन्ध रहेको शर्माको आरोप छ । शर्माले आफ्ना श्रीमान्सँगै घरमा बस्न पाउनुपर्ने माग राख्दै आएकी छन् भने उनका श्रीमान आचार्य भने उनलाई घरमा बस्न आफुले दिएको तर श्रीमतीको व्यवहार भने गर्न नभएको बताए । आचार्यले भने उनी काठमाण्डौमा जादा को को सँग सम्बन्ध राखिन उनीलाई कसरी श्रीमतीको रुपमा स्वाईकार्ने भन्ने आभार्यको भनाइ छ ।

अमृताले श्रीमान्सँग बस्न पाउनु आफ्नो नैसर्गिक अधिकार भएको बताउदै आफु विवाह भएको विगत ५ बर्ष देखि सडक बाट न्यायको खोजिमा लागेको जनाईन ।  श्रीमान् विशेश्वरले आफु माथि पटक पटक शारिरीक र मानसिक यातना दिने गरेको आरोप पनि लगाईन् । उनले आफुलाई सडकमा राखेर श्रीमानले अबैध रुपमा नातामा बहिनी पर्ने एक युवतीसँग बस्दै आइरहेको दाबी गरीन् ।

कानुनी अधिकारका प्राप्तीका लागि शर्माले २०६९ साल असार २५ गते श्रीमान् विरुद्ध अंश मुद्धा दर्ता गरेको बताउँदै आफुलाई अंश हकबाट बञ्चित गर्न असार २६ गते नोभेल एकेडेमीमा रहेको सम्पूर्ण शेयर आचार्यले बहिनी पर्ने एक युवतीेको नाममा सारेको भन्ने समेत शर्माको भनाइ छ । यो व्यक्तिगत नभई सामाजिक अपराध भएको हुनाले शर्माले न्यायका लागि विभिन्न महिला अधिकारवादी संस्थालाई गुहार्दा समेत कुनै क्षेत्रबाट सहयोग र उचित न्याय नपाएको गुनासो गरीन् ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...