चौरमा नै बच्चा जन्माउन बाध्य

Loading...
Spread the love

एजेन्सी । त्यसो त विश्वमा धेरै नै अच्चमको घटनाहरु हुदै आएका छन यसै बिच मेक्सिकोको एक अस्पताल बाहिरको चौरमा रुँदै बच्चा जन्माइरहेकी यी महिलाको तस्वीरका कारण मेक्सिको सरकारले अनलाइनमा धेरै मानिसको आलोचना बेहोरिरहनु परेको छ भने ठूलो बेइज्जती समेत खप्नु परेको छ ।

एजेन्सी । त्यसो त विश्वमा धेरै नै अच्चमको घटनाहरु हुदै आएका छन यसै बिच मेक्सिकोको एक अस्पताल बाहिरको चौरमा रुँदै बच्चा जन्माइरहेकी यी महिलाको तस्वीरका कारण मेक्सिको सरकारले अनलाइनमा धेरै मानिसको आलोचना बेहोरिरहनु परेको छ भने ठूलो बेइज्जती समेत खप्नु परेको छ ।

 

उक्त तस्वीर इन्टरनेट हुँदै पत्रिकाको बाहिरी पृष्ठमा समेत प्रकाशित भएसँगै राष्ट्रिय बहसको सिर्जना भयो र अन्ततः मेक्सिको सरकारले महिलालाई चौरमा बच्चा जन्माउन बाध्य पार्ने उक्त अस्पतालका प्रमुखलाई निलम्बन गरेको छ ।

 

वास्तवमा त्यो दर्दनाक तस्वीर मेक्सिकोको एक आदिवासी समुदायकी महिलाको हो । २९ वर्षकी र्इमा लोपेज बच्चा जन्माउनका लागि ओआक्जाका राज्यस्थित सरकारी अस्पतालमा गइन् ।

 

तर अस्पतालका नर्शहरुले ती महिलालाई सुत्केरी गराउन अस्विकार गरे । अस्पतालमा भर्ना हुन नपाएपछि उनी अस्पतालको चौरमा गएर बच्चा पाइन् । उनले रुँदै बच्चा पाइन् । बच्चा चौरमा खस्यो तर त्यसलाई सम्हाल्ने कोही थिएन ।

 

त्यत्तिकैमा कसैले त्यो तस्वीर खिच्यो र त्यसलाई इन्टरनेटमा अपलोड गर्यो । यो घटना गएको अक्टोबर २ तारेखको हो ।

 

यो अमानवीय घटनाको पर्दाफास भएपछि ओआक्जाका राज्य सरकारले उक्त स्वास्थ्य केन्द्रका प्रमुखलाई निलम्बन गरी घटनाको छानविन सुरु गरेको छ ।

 

लोपेजले बच्चा पाउनका लागि अस्पतालमा जाँदा त्यहाँका नर्सले अझै बच्चा पाउने बेला भएको छैन भनि फर्काएका र आफुलाई सुत्केरी व्यथाले च्याँपेर चौरमै बच्चा जन्मिएको बताइन् ।

 

आफुले स्पेनिस भाषा नजान्ने भएकाले नर्सले बोलेका अरु कुरा नबुझेपनि हुँदैन भन्ने शव्द बुझेकाले आफु अस्पतालबाट बाहिरिएको उनको भनाइ छ । सुत्केरी व्यथाले च्याँपेर अस्पताल पुगेकी महिलालाई जातियताकै आधारमा फिर्ता गरेका नर्सले भने आफ्नो बचाउ गर्दै भाषाकै कारणले त्यस्तो घटना भएको दाबी गरेका छन् ।

 

नर्स विभागकी प्रमुखले कर्मचारीहरुको संख्या कम भएको र आंशिक रुपमा काम समेत रोकिएकाले ती महिलालाई फर्काउन बाध्य भएको बताइन् । नर्सले फर्काएपछि घरतिर लाग्दै गर्दा व्यथा निकै बढेपछि उनी अस्पतालकै चौरमा टुक्रुक्क बसिन् र बच्चा त्यहीँ जन्मियो ।

 

उनका लोग्ने नर्सलाई बोलाउन जाँदा सुरुमा नर्सहरु आएनन् र पछि ठूलै भिड जम्मा भएपछि मात्र नर्सहरु आएर उनलाई भित्र लगे ।

 

स्मरण रहोस् ओआक्जा मेक्सिकोको सबैभन्दा गरीब प्रान्त हो । त्यहाँ शिशु तथा मातृ मृत्युदर उच्च रहेको छ । त्यो क्षेत्रमा आदिवासी समुदायको समेत बसोबास छ । लोपेजले चौरमा जन्माएको आफ्नो छोराको नाम साल्भाडोर राखेकी छिन् । त्यसको अर्थ रक्षक भन्ने हुन्छ । आफ्नो छोराले आफ्नो ज्यान आफै बँचाएकाले त्यस्तो नाम राखेको उनी बताउँछिन् । उनका अरु दुइ छोराछोरी पनि छन् ।

न्युजअभियान डट कम

{loadposition relativebox}        

{loadposition facebookbox} {jcomments on}   

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...