वास्तविक व्यक्ति बन्ने कि मांशपिण्ड मात्रै ?

Loading...
Spread the love

हरिप्रसाद मैनाली, अधिवक्ता

मनिसको रुपमा जन्मिएकै आधारमा हामी ब्यक्ति होइनौ । सबै मानिस ब्यक्ति हैनन् तर सवै ब्यक्ति मानिस भने हुन् । योे कानूनले गरेको परिभाषा र ब्यवहार हो, र विश्वमा नै हुने गरेको कानूनी अभ्यास पनि यही नै हो । नेपालमा पनि कानुनका दृष्टिमा मान्छेबाट जैविक जन्म भएकाकै आधारमा कोही व्यक्ति हुन सक्तैन । हुन लागेको निर्वाचन र सहभगिताको सन्दर्भमा हामीले म अफू ब्यक्ति हो वा होइन ? मानिस मात्र हो वा व्यक्ति पनि ? भन्ने कुरा वुझ्ने वेला आएको छ ।

कानूको परिभाषाले भन्छ प्रकृतिक व्यक्ति बन्नको लागि मानिसमा काुननी हक अधिकार र उपभोग गर्ने र दायित्व वहन गर्ने क्षमता अनिवार्य छ । प्रत्येक नागरिकलाई सम्वन्धित राज्यले राज्यको संविधान वा अन्य कानून मार्फत हक, अधिकार र दायित्वहरु प्रदान गरेका हुन्छन । प्रत्येक नागरिकले राज्यको कानून वुझ्न अनिवार्य छ र कानूनले प्रदान गरेको हक, अधिकारलाई उपभोग गर्ने र कानूनी दायित्व वहन गर्न सक्ने क्षमता हुनु पर्दछ र यो सवै व्यक्तिमा हुनै पर्दछ तब मात्र त्यो मानिस व्यक्ती हो । जोसंग यस्तो क्षमता हुन्न कानूनले त्यस्ता मानिसलाई व्यक्ति मान्दैन । ब्यक्ती वन्नका लागि मानिससंग राज्यले प्रदनगरेका हक अधिकार र दायित्व पालन र वहन गर्ने सक्षमता हुन अनिवार्य हुन्छ ।

प्रसंग हो आसन्न संविधान सभाको उपनिर्वाचन, जनताको मताधिकार र यसका सिलशिलामा पैसाले मत किन्ने, भोजभतेर अयोजना गरेर प्रभावित वनाउने, गलत आश्वासन देखाएर, डरधक धम्की लगायतबाट कसैलाई मत हाल्न लगाउने वा वाध्य गराउने हाम्रा राजनीतिक दलहरुको गलत राजनीतिक संस्कार र कार्यलाई तिरस्कार नगरी यस्तै आधारमा मतहाल्ने मतदताको कार्य । नेपालमा हुदैआएका विभिन्न निर्वाचनको विश्लेषण गर्दा मत किन्ने, भोजभतेर लगउने गरेका प्रसं¨ खुलरुपमा नै चर्चामा आएका छन् । यो निर्वाचनका सन्दर्भमा हामी व्यक्ति हो वा होइन भन्ने छुट्याउने आधार भनेकै यिनै विषय हुन् ।

हामी राज्यको संविधन निर्माण गर्ने र राज्यको कानून समेत निर्माण गर्ने संविधान सभा र ब्यवस्थापिका संसदको एकै पटक हुने निर्वचनको संघारमा आएका छौं । संविधन सभाको निर्वाचनमा हामीलाई प्रदन गरिएको मताधिकर राज्यले हमिलाई आफ्नो देशको संविधन निर्माण गर्ने र राज्यको आवाश्यक कानून निर्मँण गर्ने संस्थाको गठन गर्ने अधिकार हो । हामी मतदान मार्फत हाम्रो सर्वभौमिक अधिकरको प्रयोग गर्दैछांै र राज्यको लागि सबैलाई समेट्न सक्ने, स्थिर र उपयुक्त संविधन निर्माण गर्न सक्ने प्रतिनिधिलई प्रत्यक्ष मतदान प्रणलीमा र उपयुक्त राजनीतिक दलालाई समानुपातिक प्रणलीमा निर्वाचित गर्ने अधिकर हामीमा रहेको छ । कानूनले अधिकार प्रदान गर्दा राज्यले हामी नागरिकमा गरेकाको विश्वास आफ्नो राज्यको संविधान निर्माण गर्ने सभाको गठन गर्न सही प्रतिनिधी र राजनीतिक दलको चयन गर्न जनता सक्षम छन र आफ्नो क्षमता र विवेकको सही ढंगले प्रयोग गर्दछन् भन्ने नै हो ।

मत बेच्ने वा पैसा पाएको भरमा मतहाल्ने मानिस राज्यले प्रदन गरेको कानुनी अधिार प्रयोग गर्न असक्षम हो त्यसकारण त्यो मानिस मानिस हो तर ब्यक्ति होइन भने पैसामा र भोज भतेरमा मत लिन खोज्ने राजनीतिक दल भनिएकाहरु राजनीतिक दल नभएर राजनीतिक दलाल मात्र हुन् । यस्तो प्रलोभनमा पार्न खोज्नेलाई केहि लिए वापत मतदान गर्न तयार हुनु भनेको आफुनो अधिकारलाई वुझ्ने क्षमता नभई कुनै वस्तु वा जनावार जस्तै विक्रि हन तयार हुनु हो । जनावरहरुले जस्तै अपराध गरेता पनि सजाय गरिन्न र ब्याक्ती वन्ने योग्यता नभएका मानिसलाई पनि तिनै जनावार जस्तै दण्डमा छुट हुन्छ । उनिहरुलाई यस्तो ब्यवाहार गर्नु सुविधा नभई तिनिहरुलाई ब्यक्ती नमान्नुनै हो । यस्तो प्रकारको राजनीतिक दलालकै पछि लागेर हामी आफू गैर व्यक्ति बन्ने वा राजनीतिक दलका दलालिका सामग्री वन्ने ? यो विषय हाम्रै हातको कुरा हो । वास्तवमा राजनीतिक दलले आफ्नो रजनीतिक विचारधारा कार्य पद्धति निर्वाचनको उद्देश्य र उक्त उद्देश्य प्राप्तीको लागि आफ्नो पार्टीले लिएका कार्यदिशा लगायतको जनता समक्ष जनकारी गराई यस्कै लोकप्रियताको आधारमा जनतासमक्षको हैसियत वनाउनु पर्ने हो तर यस्को विपरित जनताको वहुमसल्य अधिकारलाई किनमेलको लेखाजोखा गर्नु दलले जनतालाई जनावरको मुल्याङ्कन गर्नु हो ।

नेपालको अन्तरिम संविधन २०६३ को प्रस्तावनामै र धारा २ ले नेपालको सार्वभौमिकता र राजकीय सत्ता नेपाली जनतामा निहीत रहने छ भन्ने व्यवस्था गरेको छ । यो राजकीय सत्ताको अधिकार जनताले पैसा र भोजभतेरमा प्रभावित भएर प्रयोग गर्न सक्छन भन्ने नभई आफ्नो उपयुक्त नेतृत्व चयन गर्ने क्षमता जनतामा छ भन्ने आधारमा नै प्रदान गरिएको हो । त्यसैगरी कानूनले प्रदान गरेको हक, अधिकर र दाइृत्व वहन गर्न असक्षमलाई कानूनको दृष्टीमा व्यक्ति मानिन्न उदाहरणको लागि नेपालमा रहेको केहि कानूनी प्रवधानमा कानून विपरित कार्य गरेता पनि मानसिक सन्तुलन गुमाएका, मादकपदार्थ सेवन गरेको अवस्थाको मानिस, वालक, अर्काको संरक्षणमा रहेको मानिस आदि कानुन अनुसार पूर्ण व्यक्ति मानिदैन । त्यसैले उनीहरुलाई कानुनी दायित्वहरु समेतबाट उन्मुक्ति दिइएको छ । मतदान गर्ने योग्यता वा वालिग मतदाताको अवधारणा पनि यही नै हो कि वयस्क मानिसले मात्र आफ्नो कानूनी अधिकार, राज्यका अवयवहरु र राजनीतिबारे वुझ्न सक्छ । त्यसैले आफूलाई वास्तविक व्यक्ति वनाउने हो भने प्रत्येक मानिसमा कानूनले प्रदान गरेको हक, अधिकार र दायित्व वहन गर्न र सदुपयोग गर्न सक्ने क्षमता हुनै पर्दछ ।

मानिस मात्र नभई कानूको परिभाषको समेत ब्याक्तीको हैसियत प्रत गर्न आफ्नो मत आफ्नो वझाई र विेिकमा योग्य ब्यक्तीको रोजाइृमा पैसा र अन्य कुनै प्रभावमा नपरि स्वतन्त्र रुपमा राज्यलाई सावाट निकाश दिने क्षता भएका ब्यक्ती र दलालाई निर्वाचित गराउनु पर्दछ र गलत राजजीतिक अभ्यासमा रहेका दललाई समेत सहि मागमा आउन वाभ्य गराउन सक्नु पर्द छ । पुनर प्रकाशन 

Loading...

यसमा तपाइको मत

लेख/अनुसन्धान बाट अन्य

नेपालमा विवाह सम्बन्धि कानून र मान्यता

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

अवहेलना मुद्दामा न्यायलयलाई स्वच्छन्द अधिकार

Spread the loveभारतको वर्तमान प्रधान न्यायाधिशले चढेको मोटरसाईकलको फोटो, मुल्य र त्यस्को मालिकको सम्वन्धमा आम संचार माध्यममा आफ्नो टिप्पनी लेखेका थिए । सोही लेख लेखेको भनेर भारतको जानेमाने वकिल प्रशान्त भुषण विरुद्द भारतको सर्वोच...

वकिल देखि न्यायाधिश सम्मै बिचौलियाको चंगुल

Spread the loveप्रकरण १ नेपाल बार एशोशिएसनका पुर्व अध्यक्ष बरिष्ठ अधिवक्ता शम्भु थापाले एक अन्र्ताबार्तामा वकिल नै न्यायधिश कहाँ घुुस पुर्याउछन् भनि भन्नु भएकोछ ।  वकिल र न्यायधिशको नाम भन्नको लागि अन्तर्वाता लिने व्यक्तिले अनुरोध...

प्रकृति त आमा हुन, आश्रम किन पठायौ

Spread the loveप्रकृति र विनाश सन्दर्भः  विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

अदालतमा गरिने बहस थरिथरिका

Spread the loveमैले बुझेअनुसार बहस थरिथरिका हुन्छन् । पक्षले वकीललाई नियुक्त गर्दा गरिने वहस, बैतनिक वकील वा सरकारी वकीलले गर्ने वहस, कानूनी सहायता वा प्रो बोनोको स्वरुपमा वा एमिकस क्यूरीको रुपमा गरिने वहस, कुनै...

लगानी बिनाको व्यापार भएको छ. . . —रामकृष्ण काफ्ले

Spread the loveशहरका हुने खाने सम्भ्रान्तहरुः आफ्ना शरीरमा हात्ति पाली अरुका शरीरको जुम्रा देख्ने स्वनामधन्य सर्वज्ञहरुको स्थायी जागिर भएको छ आजको मानवअधिकार । नवधनाड्य हुन शहर पसेकाहरुको माछो नखाने प्रायश्चित्त सहित बकुल्लाव्रत बसेकाहरुको बेलाबखत जप्ने मन्त्र भएको छ आजको मानव अधिकार । लम्बेचौडे कागजी नाटक...

आधुनिक जिवनशैलीले फेरिएको दशै

Spread the loveविजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात...

…. अदालतको ढोकामा चिच्याई रहेको

Spread the loveन्याय  आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो...

शुशासनको अनुभूती राज्यका कुनै पनि निकायबाट प्राप्त गर्न सकिएन

Spread the love२०७२ साल आश्विन ३ गते संविधान नेपाली जनताले पहिलो पटक आफैले चुनेका प्रतिनिधीहरु मार्फत बनाएको प्रथम संविधान हो । अर्थात, यो जनताको संविधान हो । सर्वस्वीकार्यताको प्रश्न निर्वाचन आयोगका अनुसार पछिल्लो संविधानसभाको चुनावमा नेपालको...