उच्च मावि अनुगमनमा ढाकछोप

Loading...
Spread the love
असार, ४ काठमाण्डौ । नियमन र अनुगमन गर्ने निकायले कानमा तेल हालेर बसेपछि राजधानीका केही उमाविले उनीहरूकै आडमा मनोमानी गर्न थालेका छन्। अनुगमनका लागि आएको रकमको समेत सही परिचालन नगरी मनोमानी गर्ने उच्च माध्यमिक शिक्षा परिषद्को काठमाडौं कार्यालयलाई तत्काल अनुगमन गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ।
+2
केन्द्रीय अनुगमन टोलीले राजधानीका करिब तीन दर्जन उमावि अनुगमन गर्दा करिब एक दर्जनले नियम पालना नगर्दा समेत काठमाडौं कार्यालयले कुनै कारबाही प्रक्रिया अघि नबढाएपछि तत्काल अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको हो। आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ। समितिले काठमाडौंका करिब एक दर्जन उमावि अनुगमन गर्दा अधिकांशले एक ठाउँमा सम्बन्धन लिएर अर्काे ठाउँमा सञ्चालन गरेको र एकै स्थानमा तीनवटा विद्यालय सञ्चालन गरेको भेटिएको थियो। काठमाडौं सम्पर्क कार्यालयले लामो समयदेखि अनुगमन नगरेका कारण त्यस्तो समस्या देखिएको हो।
अनुगमन गर्न गएको टोलीले उमाविले गरेको कानुनविपरीत कामको काठमाडौं कार्यालयले ढाकछोप गर्ने गरेको बताएको छ। अनुगमनका क्रममा वसुन्धरास्थित ओरियन्ट उमाविमा पुग्दा सो उमाविले टोलीलाई कक्षा १ देखि १२ सम्म सञ्चालन गरेको भन्दै ढाँटेको थियो। बसुन्धरामा कक्षा सञ्चालन गर्न स्वीकृति लिए तापनि महाराजगन्जमा तल्लो कक्षा सञ्चालन गरेको जवाफ दिएको थियो।
अनुगमन टोलीले सो उमाविको विद्यालय हेर्न खोज्दा अध्यक्षले पछि सञ्चालन गर्ने गरी ठाउँ सारी गरेको बताएका थिए। अनुगमन टोलीका सदस्य एवम् अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले सो उमाविले अनुगमन समितिलाई ढाँटेर विद्यालय नै नभएको स्थानमा उमावि स्वीकृति लिएर सञ्चालन गरेको बताए । उनले भने– ‘हचुवामा पछि निवेदन ल्याउँछु भनेकै भरमा उमावि स्वीकृति दिँदा समस्या परेको हो।’
सो उमाविले परिषद् र काठमाडौं कार्यालयलाई पटकपटक ढाँटेर कक्षा सञ्चालन गर्दै आएको छ। काठमाडौं कार्यालयको फितलो अनुगमनका कारण सो उमाविले मौकाको फाइदा लिने गरेको परिषद्का कर्मचारीको आरोप छ। एक कर्मचारीले भने– ‘काठमाडौं कार्यालयको मनोमानीका कारण उपत्यकाका केही उमाविमा समस्या छ।
काठमाडौं कार्यालय प्रमुख जंगबहादुर अर्यालले आफूहरूले अनुगमन गरिरहेको दाबी गरे। परिषद्ले एक उमाविको अनुगमन गरेबापत ५ सय रुपियाँ भत्ता दिने व्यवस्था हुँदाहुँदै काठमाडौं कार्यालयले हालसम्म अनुगमन गरेको पाइएको छैन।  केन्द्रीय अनुगमन समितिले अनुगमन गर्न निर्देशन दिएपछि हिजो मंगलबारदेखि काठमाडौं कार्यालयले केही उमाविलाई फारम भराएर अनुगमनको नाटक गरेको छ। नामसारी, ठाउँसारी, स्वामित्व परिवर्तनलगायत कानुनी प्रक्रिया पूरा नगरी काठमाडौंका केही उमाविले विकृति फैलाएका छन्।
काठमाडौं कार्यालयले हालसम्म अनुगमन गरेर कारबाही गरेको एउटा पनि घटना नभएपछि परिषद्को काममाथि नै विश्वास घट्न थालेको छ। काठमाडौं कार्यालय प्रमुख अर्यालले कामको चापले गर्दा उमाविहरूको पूर्णरूपमा अनुगमन गर्न नसकिएको बताए । कारबाही गर्ने अधिकार बोकेका अधिकारीले नै गैरजिम्मेवार अभिव्यक्ति दिएपछि राजधानीको मनपरी गर्ने उमाविलाई कसले कारबाही गर्ने भन्ने विषयमा प्रश्न उठेको छ।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...