नेटवर्किङ व्यवसायलाई वैधानिकता दिने तयारी

Loading...
Spread the love

सर्वसाधारणको अर्बौं रुपैयाँ ठगेर भागेका व्यवसायीको दबाब र आर्थिक प्रलोभनमा सरकारले फेरि नेटवर्किङ व्यवसायलाई वैधानिकता दिने तयारी गरेको छ। ६ अर्ब रुपैयाँभन्दा बढी ठगी गर्ने युनिटी लाइफ र दुई अर्बभन्दा बढी ठग्ने हर्बो इन्टरनेसनलका सञ्चालकको दबाबमा सरकारले यस्तो व्यवसायलाई वैधानिकता दिन लागेको हो।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले निवर्तमानमन्त्री शंकरप्रसाद कोइरालाको पहलमा नाम फेरेर नेटवर्किङ व्यवसायलाई वैधानिकता दिने तयारी गरेको छ। मन्त्रालयले नेटवर्किङ व्यवसायलाई वैधानिकता दिनका लागि ‘नेटवर्किङ व्यवसाय’ शब्द नराखी ‘प्रत्यक्ष बिक्री व्यवसाय प्रणाली नियमावली’ ल्याउने भएको छ।

नेटवर्किङ व्यवसाय नभनिए पनि त्यस्तै खालका व्यवसायलाई नियमन गर्न नियमावली ल्याउन लागिएको मन्त्रालयका अधिकारीले पनि स्वीकारे। ‘सर्वोच्च अदालतले कानुन बनाउनु भनेकाले हामीले नियमावली ल्याउन मस्यौदाको तयारी गरेका हौं’, मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले भने, ‘यो त्यत्तिकै आउँदैन व्यापक छलफल हुनेछ।’

अदालतले भने त्यस्तो नियमावली बनाउन आदेश दिएको छैन। सर्वोच्चले युनिटीविरुद्धको फैसलामा सरकारलाई आवश्यक कानुन बनाउन आदेश दिएको थियो।

अदालती आदेशका नाममा मन्त्रालयले उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ३० मा टेकेर नियमावली बनाउन लागेको छ। यो दफामा ऐनका उद्देश्य परिपूर्ति गर्न सरकारले आवश्यक नियम बनाउन सक्ने व्यवस्था छ।

कानुन व्यवसायी भने ऐनको उद्देश्यविपरीत नियमावली बनाउन नमिल्ने बताउँछन्। उपभोक्ता हित संरक्षण मञ्चका सचिव रहिसकेका अधिवक्ता रामचन्द्र सिम्खडाले उपभोक्ता कानुनमा टेकेर व्यापारीका लागि नियमावली बनाउन नमिल्ने बताए। ‘उपभोक्ता संरक्षण ऐनले कुनै व्यवसायीलाई फाइदा पुग्ने गरी नियमावली बनाउन छुट दिएको छैन’, उनले भने, ‘यो ऐनअनुसार एउटा नियमावली बनिसकेको छ, त्यसलाई संशोधन गर्न सकिन्छ तर त्यसो गर्दा पनि ऐनको उद्देश्यविपरीत हुनु हुँदैन।’

वाणिज्य मन्त्रालयका एक अधिकारीले निवर्तमान मन्त्री कोइरालाको दबाबमा नियमावलीको मस्यौदा बनाउन लागिएको बताए। ‘मन्त्रीज्यूको निर्देशनपछि उपसचिव अर्जुन खड्काको संयोजकत्वमा कार्यदल गठन गरेर नियमावली ल्याउने तयारी गरिएको हो’, ती अघिकारीले भने, ‘हर्बो र युनिटीका मान्छेले मन्त्रीलाई भेटेपछि नियमावलीको कुरा निस्केको हो।’

उपभोक्ता ऐनमा टेकेर व्यवसायीका लागि नियमावली बनाउन नमिल्ने भए पनि मन्त्रालयले मन्त्रिपरिषद्बाट सजिलै पास गर्न सकिने भएकाले यस्तो बाटो अपनाएको हो। ‘ऐन बनाउँदा संसद्‌मा लगेर पास गराउनुपर्ने अवस्था आउँछ’, ती अधिकारीले भने, ‘नियमावली मन्त्रिपरिषद्बाटै पास गर्न सकिने भएकाले सजिलो बाटो खोजिएको हो।’

मन्त्रालयले प्रत्यक्ष व्यापारको नियमावली बनाउन गत असोजमै कार्यदल गठन गरेको थियो। कार्यदलमा उपभोक्ता हित संरक्षण मञ्च र राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिसमेत छन्। उपभोक्ताका पक्षमा आवाज उठाउने दाबी गर्ने भए पनि दुवै संस्थाका प्रतिनिधिले कानुनविपरीत ल्याउन लागिएको नियमावलीको विरोध गरेनन्। ‘हामीले उपभोक्ताकै हितका लागि नियमावलीको मस्यौदा तयार गर्न लागेका हौं’, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने।

कार्यदलमा उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट नेतृत्व गर्ने केन्द्रीय सदस्य विष्णुप्रसाद तिमिल्सिनाले पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर नियमावली ल्याउन लागिएको दाबी गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

अधिवक्ता सिम्खडा भने सरकारी अधिकारी र उपभोक्तावादी मिलेर फेरि सर्वसाधारणलाई ठगी गर्न छुट दिने तयारी भइरहेको बताउँछन्। ‘यसअघि २०६६ सालमा पनि यस्तै गरी निर्देशिका ल्याइएको थियो, त्यसले १० लाख मान्छेलाई ठग्यो’, उनले भने, ‘अहिले पनि लाखौं मान्छेलाई ठग्ने लाइसेन्स दिन लागिएको हो।’

युनिटी, हर्बोलगायतका कम्पनीले प्रलोभनमा पारेर सर्वसाधारणसँग अर्बौं रुपैयाँ उठाएको सार्वजनिक भएपछि सरकारले २०६६ सालमा जारी निर्देशिका २०६७ जेठमा खारेज गरेको थियो। त्यसविरुद्ध नेटवर्किङ व्यवसायीले सर्वोच्चमा रिट दिए पनि अदालतले सरकारी निर्णयलाई सदर गरिदिएको थियो।

सर्वोच्चले युनिटी र हर्बो दुवै काण्डमा नेटवर्किङ व्यवसायलाई अवैध घोषणा गरेको थियो। २०६८ चैत १५ गते हर्बोविरुद्धको फैसलामा अदालतले सबैखाले सेवा र वस्तु बिक्री गर्ने नेटवर्ककिङ व्यवसायलाई अवैध भनेको थियो।

त्यसअघि तत्कालीन वाणिज्यमन्त्री राजेन्द्र महतोको दबाबमा निर्देशिका जारी भएको थियो। निर्देशिका ल्याउनु नहुने अडान राख्ने वाणिज्य विभागका तत्कालीन महानिर्देशक प्रेमकुमार राईलाई महतोले सरुवा गराएका थिए। अनलाइनखवर

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...