सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सरकार तयार

Loading...
Spread the love

असार, ४ काठमाण्डौ । सुर्तीजन्य पदार्थमा  कर वृद्धि गरी सुर्तीबाट उठेको कर स्वास्थ्य क्षेत्रमा नै खर्चिने सरकारी निकाय लागि परेको अर्थमन्त्री रामशरण महतले बताएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले मंगलवार गरेको सुर्तीजन्य पदार्थ नियन्त्रणमा युवाको भूमिका विषयक अन्तरक्रियामा उनले सो धारणा राखेका हुन्।

सुर्तीजन्य पदार्थ

नेपालमा सुर्तीजन्य पदार्थको कारोबारबाट करिब ९ अर्ब १५ करोड राजस्व संकलन भएको जानकारी दिंदै उनले चुरोटबाट संकलन हुने कुल राजस्वमध्ये अन्तःशुल्कको अंश करिब ५९ प्रतिशत, मूल्य अभिबृद्धि कर १९ प्रतिशत र आयकर करिब २२ प्रतिशत रहेको बताए।

 

कर वृद्धि गर्दा यसको उपभोग गर्नेको संख्या घट्दै जाने र रोगीको संख्या घट्दै गइ राज्यले स्वास्थ्य क्षेत्रमा पनि बजेट कमैमात्रामा लगानी गरे हुने पनि अर्थमन्त्री महतले स्पष्ट पारेका थिए । जनता विरामी भएसम्म र स्वास्थ्यमा लगानी गर्नुपर्ने समय नहटेसम्म देशको विकास नहुने भएकाले स्वास्थ्य विगार्ने तत्वमा कर वृद्धिलगायतका उपाय गरी नियन्त्रण गर्दै जानुपर्ने धारणा उनको रहेको छ।

 

कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका निर्देशक महाराजा कोइरालाले करको माध्यमबाट सुर्तीजन्य पदार्थहरुको मूल्य बृद्धि गर्दा सरकारलाई बेसी  मात्रामा राजस्व प्राप्त हुने र मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्युनिकरण गर्न सकिने सम्भावना रहेको उदारहण प्रस्तुत गरे ।  चुरोट सेवन गर्ने व्यक्तिले  प्रति खिल्ली चुरोटबाट करिब ८८ पैसा कर संकलन गरेको उनले जानकारी दिए ।

 

विश्व स्वास्थ्य संगठनकी डा। आयडा युरेकीले दक्षिण एसियाली मुलुकहरुमध्ये बंगलादेशमा चुरोटको उपभोक्ता मूल्यको करिब ७२ प्रतिशत, भारतमा करिब ३८ प्रतिशत, पाकिस्तानमा ६२ प्रतिशत र श्रीलंकामा ७१ प्रतिशत कर लाग्ने गरेको बताइन् । उनले नेपालमा उपभोक्ता मूल्यको करिब ३३।७  प्रतिशत मात्र कर लाग्नु निकै कम रहेको समेत बताइन् ।

 

उनले भनिन्, विकसित तथा विकासोन्मुख मुलुकहरुले चुरोट लगायत अन्य सुर्तीजन्य पदार्थमा सके सम्म बढी करमार्फत मूल्य बृद्धि गरी उपभोक्ताहरुको क्रयशक्ति कमजोर बनाउने रणनीति रहेकोपाइन्छ । तर नेपालमा करको दर ज्यादै न्युन रहेको हुंदा सरकारले राजस्व संकलन गर्ने प्रमुख स्रोत गुमाई रहेको र सुर्तीजन्य पदार्थको मूल्य सस्तो रहेको कारणले युुवा, प्रौढ तथा धनी गरिब सबै वर्गका व्यक्तिहरुमा सुर्तीजन्य पदार्थको उपभोग गर्ने प्रबृति दिनप्रतिदिन बढिरहेको छ । यस्तो प्रबृतिलाई रोक्न सरकारले प्रभावकारी कर नीति ल्याउनु जरुरी छ ।

 

त्यसै गरि सभासद् गणेश पुनले युवा शक्तिको आम्दानीको धेरै हिस्सालाई आफ्नो भागमा पार्नका लागि सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्न उत्प्रेरणा दिने कार्य गरिरहेको र पुँजीपति वर्ग, विस्तारवादका मतियारहरु खासगरी यो क्षेत्रमा लागि परेका बताए । यसर्थ युवा जोश र जाँगरलाई कमजोर पार्ने सुर्तीजन्य पदार्थको नियन्त्रण गर्नु प्रत्येक सच्चा नागरिकको कर्तव्य समेत भएको उनल बताए ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन अधिकृत कोमल आचार्यले सुर्ती नियन्त्रण सम्वन्धि अन्तराष्ट्रिय अभिसन्धिले प्रत्येक वर्ष सुर्तीमा कर वढाउँदै लानु पर्ने उल्लेख गरेको बताए । जुन अभिसन्धिमा नेपालले २००३ मा नै हस्ताक्षर गरी लागू गर्ने प्रतिवद्धता गरिसकेको छ। तर विडम्वना ११ वर्षमा पनि करको बारेमा राज्यले सम्वोधन गर्न सकेको छैन ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...