२०१५ का पाँच उत्कृष्ट उपन्यास

Loading...
Spread the love

आ-आफ्नो सोच हो । बितेको वर्षलाई हरकोहीले आ–आफ्नै ढंगले विश्लेषण गर्छन् । एक वर्षभरिमा धेरै उतारचढाव देखा पर्छ जसलाई सम्झेर वा केलाएर साध्य हुँदैन । कहिलेकाहीं कुनै वर्षलाई कुन–कुन गतिला पुस्तक पढियो भनेर पनि हेर्नुपर्ने रहेछ । यसपालि मैले पढेकामध्ये पाँचवटा राम्रा उपन्यासको नाम सम्झिन चाहेँ । आशा छ यी उपन्यासले मलाई जस्तै यहाँहरूको पनि मन छोएको छ वा छुनेछ ।

१. द गाइड
आर के नारायण मलाई मन पर्ने लेखक हुन् । उनको मालगुडी डेज भारतमा निकै लोकप्रिय छ । द गाइड उनको सफल उपन्यास हो । यो पुस्तकमा राजु नाम गरेको गाइडको वाल्यावस्थादेखि जवानी अनि जीवनका थुप्रै आरोह–अवरोह केलाइएको छ । राजुको जीवनको कायापलट रोजी जो मार्को नाम गरेको व्यक्तिकी श्रीमती हुन्छिन्, आएपछि हुन्छ । रोजी डान्सर हुन्छिन्, जोसँग राजुको प्रेम हुन्छ । राजुले उसलाई सपना देखाउँछ र पूरा गर्दै पनि जान्छ । ऊ रोजीसँगै बस्न थाल्छ । केही फर्जी कामको अभियोगमा जेल पनि जान्छ र पछि ऊ संयोगवश धार्मिक व्यक्तित्वका रूपमा एउटा गाउँमा पुग्छ र उक्त गाउँलाई खडेरीबाट मुक्त गर्न उपवास बस्छ ।

२. दब्रिजेस अफ म्याडिसन कन्टी
यसका लेखक हुन्— रोबट जेम्स वालर । यो विशुद्ध प्रेमकथा हो । रोबर्ट किनकेड र फ्रान्सेस्का जोनसनको विवाहेत्तर सम्बन्ध भए पनि उनीहरूको प्रेमलाई निकै मार्मिक र जायज सम्बन्धका रूपमा प्रस्तुत गरिएको छ । वालर घटनालाई विस्तारपूर्वक बयान गर्न खप्पिस छन् । कोही बाँचुन्जेलको आनन्दका लागि प्रेम गर्छन् । कोही मरेपछि पनि कसैको स्मृतिमा बाँचिरहने गरी प्रेम गर्छन् । यस्तै भाव बोकेको कथाको अन्त्यले जो–कोहीलाई भावुक बनाउँछ ।

३. नर्वेजियन उड
हारुकी मुराकामी जापानका प्रख्यात लेखक हुन् । नर्वेजियन उड प्रकाशित भैसकेपछि उनी रातारात सेलिब्रिटी भए । आफ्नो स्टारडम थेग्न गाह्रो भएपछि उनले जापानै छाडेर भाग्नुपरेको थियो रे । नर्वेजियन उड पनि प्रेमकथा नै हो । तोरु, नाओको र मिदोरी नाम गरेका तीन पात्रबीच घुम्ने यो कथा निराशामा गएर टुङ्गिन्छ । टोकियो युनिभर्सिटीलाई लेखकले जुन हिसाबले बयान गरेका छन्, पढ्ने मान्छे पनि त्यहीँ पुग्छ । नर्वेजियन उडमा यौनको मात्रा धेरै छ । लेखकलाई यौन बेच्यो भन्ने आरोप पनि नलागेको होइन । यद्यपि यौन यदि प्रेमसँगै आयो भने त्यो सुन्दर देखिन्छ, जबरजस्ती आयो भने अश्लील हुन्छ । प्रेमलाई बुझ्ने मानिसहरूलाई यो लाग्दै लाग्दैन कि नर्वेजियन उड अश्लील छ ।

४. वे दिन
वे दिनका लेखक हुन् भारतीय उपन्यासकार निर्मल वर्मा । यसमा चेक रिपब्लिकको राजधानी प्रागमा विद्यार्थी जीवन बिताइरहेको पात्रको वरिपरि कथा घुम्छ । विदेश गएर पढ्दाका अप्ठेराहरू अनि एक जना विदेशीसँगको सम्बन्धलाई निर्मल वर्माले यो पुस्तकमा उजागर गरेका छन् । निर्मल बर्मा पनि कथालाई अघि बढाउन हतार गर्दैनन्, प्रत्येक कुरालाई सूक्ष्म रूपमा वर्णन गर्नु उनको विशेषता हो । यद्यपि उनको लेखनमा बढी नैराश्यता झल्कन्छ ।

५. कम्पनी अफ वुमन
भारतीय लेखक खुसवन्त सिंहको कम्पनी अफ वुमन यौन कथा हो भन्दा फरक पर्दैन । विवाह हुनुअघि र पछिका यौनसम्बन्धहरू केलाइएको यो पुस्तक कसैको बायोग्राफीजस्तो लाग्छ । असुरक्षित यौन सम्पर्कका कथाको मुख्य कारण पात्र अन्त्यमा एचआईभी पीडित हुन्छ र आत्महत्या गरेर मर्छ । यो पुस्तक धेरैलाई अश्लील लाग्न सक्छ र पुरुषपात्रले जुन तरिकाले महिलाको खोजी गर्छ त्यो पनि अपत्यारिलो छ । सरल भाषा एवं प्रस्तुतिका कारण भने यो पुस्तक पठनीय छ । ई कान्तिपुर

Loading...

यसमा तपाइको मत

पुस्तक बाट अन्य

किशानको अधिकार र कानूनी सन्दर्भ समेटीएको पुस्तक आयोगद्धारा सार्वजनिक

Spread the loveकाठमाण्डौ: राष्ट्रिय मानव अधिकार आयोगले किसानको अधिकार सम्वन्धि कानूनहरुको पुनरावलोकन अध्ययन प्रतिवेदन शुक्रबार एक कार्यक्रमका विच सार्वजनिक गरेको छ । पुस्तकमा किशानको अधिकारको एतिहाँसिक सन्दर्भ, नेपालको संविधानले गरेका व्यवस्था, अन्तराष्ट्रिय कानून र...

दुष्कृति कानून: अदालतको व्यवस्थापन देखेर पंक्तिकारका आँखा रसाए

Spread the loveकाठमाण्डौ (पुस्तक समिक्षा): नेपालमा खासै प्रचलनमा नरहेको तर विश्वमा प्रचलित दुष्कृति कानूनलाई मुलुकी देवानी (संहिता) ऐन २०७४ ले कानूनी रुप दिएपछि यसको चर्चा व्यापक भइरहेको छ । यसै कानूनलाई अझ बढी परिभाषित...

डा. श्रेष्ठको पीडितशास्त्र पूस्तक विमोचन

Spread the loveकाठमाण्डौ: विश्वका कुनै विकसित मुलुक भन्दा नेपाल पहिलो हो जस्ले अपराध पिडितको हक लाई मौलिक हकको रुपमा मान्यता प्रदान गरेको छ । नेपालको संविधान २०७२ को धारा २१ अन्र्तगत अपराध पिडितको हक...

रोजगारीमा गएका युवाको पीडा समेट्दै मुदिर

Spread the loveकेही वर्षअघि युवा गजलकारका रूपमा राम्रो छाप छाडेका मीनराज वसन्त साहित्यिक वातावरणबाट अचानक बेपत्ता भए । करिब पाँच वर्ष उनको कुनै अत्तोपत्तो भएन । केही समयअघि मात्र थाहा भयो– उनी वैदेशिक रोजगारीका...

क्रसरोड्स सार्वजनिक

Spread the loveमाधव अधिकारी /काठमाडौँ  पोखरा विश्वविद्यालयको उच्च शिक्षा अध्ययन संस्थान आएसरले क्रसरोड्स नामक कथासङ्ग्रह बजारमा ल्याएको छ । दुई वर्ष अघि ल्याइएको हुलाकी सङ्ग्रहबाट साहित्य प्रकाशन सुरु गरेको संस्थाले १७ कथाकारका एक एक वटा...

साहित्यकार विष्टको कामरेडको कथा उत्कृष्ठ वर्ष पुस्तक

Spread the loveकाठमाण्डौ: फेडोल साहित्य प्रतिष्ठानले साहित्यकार गायत्री विष्टलाई सम्मान गर्ने निर्णय गरेको छ । साहित्यकार विष्टको कामरेडको कथा २०७२ साल भरिमा प्रकासित भएका सम्पुर्ण पुस्तकहरुमध्येको उत्कृष्ठ पुस्तकको रुपमा समावेस भएका कारण विष्टलाई सम्मान गरिने...

पत्रकार लुइटेलको जलेको मन अमेरिकामा सार्वजनिक

Spread the loveलस एन्जल: पत्रकार एवं साहित्यकार गुणराज लुइटेलले अमेरिकाबाट आफ्नो कविता संग्रह जलेको मनु ल्याएका छन । प्रथम अन्तरराष्ट्रिय च्याप्टर सम्मेलन तथा विश्व काव्य गोष्ठीको उद्घाटनमा जलेको मनु को विमोचन गरिएको छ। लुइँटेलको कविता...

प्रियासनको पुनरागमन सार्वजनिक

Spread the loveदाङ: पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको मंगलबार विमोचन गरिएको छ । मंगलबार दाङको घोराहीमा आयोजित एक कार्यक्रममा पुनरागमन उपन्यासको विमोचन गरिएको हो । पत्रकार महिलाहरुको संघर्षशील कथा समेटिएके उपन्यासको जिल्लाका...

कथामा अल्झिएको प्रेम शनिबार सार्वजनिक हुने

Spread the loveप्रेम दिवस लगतै कथाकार संगीता श्रेष्ठ प्रेमसम्बन्धी आफ्नो कथा लिएर पाठक माझ आएकी छन् । उनीद्वारा लिखित प्रेकथाको संग्रह कथामा अल्झिएका प्रेम यही साता सार्वजनिक हुदै छ । विभिन्न उमेरसमूहका मानिसबीच विभिन्न क्षेत्रमा...

रविन्द्र अधिकारीको “समृद्ध नेपाल” विमोचन

Spread the loveनेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करणमा सांसद तथा संसदीय विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीको कृति “समृद्ध नेपाल” को विमोचन भएको छ । पोखराको पार्दीमा शुरु भएको उक्त फेस्टिभलमा अधिकारीले बालबालिकाको हातबाट आफ्नो कृति...