तरकारीमा विसादी हाल्दै हुनुहुन्छ होसियार !!

Loading...
Spread the love
असार, ५ काठमाण्डौ । कालीमाटीस्थित ‘फलफुल तथा तरकारी बजारमा विषादीको मात्रा पत्ता लगाउने प्रयोगशाला संचालनमा ल्याएको छ। मुलुकमा भित्रिने विषादीको ८५ प्रतिशत तरकारीबालीमा प्रयोग हुन थालेपछी चिन्तित मन्त्रालयले ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ बुधबारदेखी संचालनमा ल्याएको खबर आजको कान्तिपुरमा खबर छ।
 Bisadhi
प्रयोगशालामा ताइवानबाट ल्याइएको नौ लाख रुपैया लागतको स्पेक्टोफोटोमिटरले तरकारी र फलफुलमा रहेको विषादीको अवशेष जाच्नेछ। मन्त्रालय मातहत रहेको बाली संरक्षण निर्देशनालयका चार जना प्राविधिक (उपसचिव) हरुले थोकबजारमा बिक्रिमा राखिने तरकारी र फलफुलको नमुना छानेर विषादी जाच्नेछन् । ‘बजारमा ल्याइएको तरकारीको नमुना छानेर विषादीको अवशेषको मात्रा कति छ आधा घन्टाभित्र जाचेर मात्रै साना बजार र उपभोक्तालाई विक्रिकालागी अनुमती दिने छौ,’ प्रयोगशाला संचालनको जिम्मा लिएको बाली शंरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले भने । उनका अनुसार, ताइवानले विकास गरेको यो प्रविधि  एशियाप्रान्तमा भित्र्याउनेमा नेपाल चौथो मुलुक हो ।
उनका अनुसार, प्राविधिकहरुले अत्याधिक विषादी भेटीएका कृषि उपजलाई बजारमा प्रतिवन्ध लगाउदै किसानलाई फिर्ता पठाउनेछन् । विषादीको अत्याधिक प्रयोग गर्ने किसानहरुलाई विषादी ऐन अनुसार, कारवाही पनि गरिनेछ । उपभोक्ताको स्वास्थ्यमाथी कसैलाई खेलवाड गर्ने अधिकार छैन,’ मन्त्रालयका सचिव जयमुकुन्द खनालले भने, ‘यो प्रयोगशालाको स्थापनाले किसानहरुले पनि सन्तुलित ढंगबाट विषादीको प्रयोग गर्न सिकुन ।
उनले व्यवसायी र किसान दुबैले प्रयोगशालालाई उत्प्रेरणाका रुपमा लिन सुझाउदै उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिन भने । मुलुकै सबैभन्दा ठुलो फलफुल तथा तरकारी बजारमा राखिएको प्रयोगालशा उद्घाटन गर्न पुगेका मुख्य सचिव लिलामणी पौडेलले विषादीमुक्त तरकारी र फलफुलको प्रयोग बढाउने उदेश्यले स्थापना गरिएको प्रयोगशालालाई बजेटमा प्राथमिकता दिदै बिस्तार गर्न निर्देशन दिए ।
निर्देशनालयका अनुसार, नेपालमा प्रति हेक्टर विषादीको प्रयोग अरू मुलुकको दाजोमा निकै कम भएपनि तरकारी खेतीमा भने अत्याधिक प्रयोग हुने गरेको छ । नेपालमा प्रति हेक्टर १ सय ४२ ग्राम विषादी प्रयोग भैरहेछ । अत्याधिक विषादी प्रयोग गर्ने जिल्लाहरुमा काभ्रे, धादिङ्ग र चितवन छन भने मध्यमाञ्चल विकास क्षेत्र अत्याधिक विषादी प्रयोग हुने क्षेत्र हो ।
मुलुकमा आयत हुने बिषादीको ८५ प्रतिशत प्रयोग तरकारी वालीमा हुने गरेको भेटीएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, खाद्य वस्तु र आहारमा विषादीको अवशेषको अवस्था चिन्ताजनक अवस्थामा भेटीएको छ । विभागले उच्च सावधानी अपनाउनु पर्ने जनाउदै धेरैपहिलेदेखी सतर्कता अपनाउन भन्दै आएको छ ।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...