असार ७, काठमाण्डौ । स्वीट्जरल्याण्डको केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको प्रतिवदेनले त्यहाँका बैंकहरुमा सन् २०१३ मा नेपालीहरुको ९ अर्ब १५ करोड रुपैयाँ जम्मा रहेको देखाएको छ।
त्यसअघिको वर्षको तुलनामा यो परिमाण कम भएपनि पैसा जम्मा गर्ने क्रम भने नरोकिएको देखिएको छ।
वैध रकम पनि नेपाली नागरिकहरुले केन्द्रीय बैंकलाई जानकारी नगराई विदेशी बैंकमा राखेको प्रमाणित भए जरिवानासहित कैद सजाय हुने कानुनी व्यवस्था छ।
यद्यपि उक्त व्यवस्था अनुसार अहिलेसम्म कोही पनि कारवाहीमा नपरेको राष्ट्र बैंकका एक अधिकारीले बताए।
जम्मा भएका रकमसम्बन्धी विवरण सार्वजनिक गर्नुपर्ने वाध्यात्मक व्यवस्था अनुसार विभिन्न ८० वटा स्वीस बैंकहरुले उपलब्ध गराएको सूचनाका आधारमा स्वीस नेशनल बैंकले दुई दिनअघिमात्रै उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।
सन् २०१२ मा नेपालबाट त्यहाँका बैंकहरुमा साढे १३ अर्ब रुपैयाँ भन्दा बढी जम्मा गरिएकोमा २०१३ मा त्यो मात्रा घटेको प्रतिवेदनले देखाएको छ।
त्यस्ता रकम भने गैरकानुनी रुपमा राख्ने गरिएको जानकारहरु बताउँछन्।
तर त्यस्तो रकमबारे सोध्दा सरकारी अधिकारीहरु आधिकारिक जानकारी नरहेको भन्दै पन्छिने गरेका छन्।
पछिल्लो प्रतिवेदनबारे पनि आफुहरुलाई जानकारी नभएको भन्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले विदेशी बैंकहरुमा जम्मा गरेको पाइए कारवाही हुने व्यवस्था भने रहेको बताए।
उनले भने, ”कसैले गैरकानुनी तवरमा विदेशी बैंकमा पैसा राखेको प्रमाणित भयो र कारवाहीको दायरामा आयो भने जति रकम हो त्यसलाई बिगो मानेर त्यो जफत गर्ने, बिगोको तीना गुणा रकम जरिवाना गर्ने र तीन वर्षसम्म कैद हुने विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ मा छ। तर त्यस अनुसार कारवाही भएको उदाहरण छैन।”
अर्थमन्त्री रामशरण महतले पूर्वराजपरिवारको सम्पत्तिसम्बन्धी अनुमान पछि गलत भएको उदाहरण प्रस्तुत गर्दै नेपालीहरुले स्वीस बैंकहरुमा रकम राखेको भन्ने विषयमा हालसम्म आधार नदेखिएको टिप्पणी गरे।
महतले भने, ”यदि स्वीस बैंकमा नेपालीहरुको धेरै पैसा रहेको आधार देखियो, पहिलो दृष्टिमै प्रमाण भेटियो भने सरकारले केही गर्न सक्छ।”
खासगरी विदेशी ठेकेदार कम्पनीका नेपाली एजेन्टहरु तथा ठूला विदेशी उत्पादनका विक्रेताहरुले पाउने कमिसनमा कर तिर्नुपर्ने भएकाले कर छल्नका लागि विदेशी बैंकहरुमा रकम राख्ने गरेको बताइन्छ।
यस्तो क्रम नरोकिएको भन्दै पूर्व अर्थसचिव रामेश्वर खनालले भने, ”हामीकहाँ कसैले भ्रष्टाचार गर्छ, घुस लिन्छ अथवा अवैधानिक कमिसन लिन्छ भने त्यो रकम नेपालमा ल्याउनुभन्दा विदेशी बैंकमा राख्न सजिलो भएको हुनाले पहिला पनि जम्मा हुन्थ्यो। अहिले पनि भइरहेको छ।”
स्वीस नेशनल बैंकले रकम राख्ने विदेशी नागरिकहरुबारे पछिल्लो केही समययता जानकारी दिन थालेपछि आजकाल हंगकंग, सिंगापुर र मरिसस जस्ता मुलुकमा पैसा राख्ने क्रम तीव्र बन्ने थालेको जानकारहरु बताउँछन्। source : BBC Nepali
यसमा तपाइको मत
main बाट अन्य

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...