मुलुकमै बन्न सक्छ सर्पदंशको औषधि

Loading...
Spread the love
असार ९, काठमाण्डौ ।  सरकारले प्रभावकारी योजना बनाएर अघि बढे थोरै लगानीमै सर्पको टोकाइविरुद्धको औषधि (स्नेक एन्टिभेनम) मुलुकमै उत्पा
दन गर्न सकिने विज्ञहरूले बताएका छन् । गर्मीयाममा सर्पदंशको प्रभाव बढ्ने गरे पनि तीन वर्षदेखि मुलुकमा सर्पदंशविरुद्ध दिइने औषधिको अभाव छ । आजको कान्तिपुरमा खबर छ।
snake
‘औषधि उत्पादन जटिल प्रक्रिया होइन । मुलुकमा सर्प र घोडा छँदैछन् । एउटा प्लान्ट मात्र किन्ने हो भने सजिलै सर्पदंशविरुद्धको औषधि उत्पादन गर्न सकिन्छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘भारतलगायत मुलुकबाट स्नेक एन्टिभेनममा काम गरिसकेका सेवानिवृत्त विशेषज्ञहरूलाई करारमा राखेर विदेशमा समेत निर्यात गर्ने हिसाबले उत्पादन गर्न सकिन्छ ।’ भारतले विश्वका २ सय २ मुलुकमा स्नेक एन्टिभेनम निर्यात गर्दै आएको छ ।
महाशाखाले सर्पको विषप्रतिरोधक उत्पादनसम्बन्धी आधारभूत कामका लागि यस वर्षको बजेटमा २ करोड रुपैयाँ पारिदिन अर्थ मन्त्रालयलाई प्रस्ताव पठाएको छ । इपिडिमियोलजीका डा. जितेन्द्रमान श्रेष्ठले सर्प र घोडाको फार्मका साथै प्लान्ट स्थापना गर्न करिब ५० करोड रुपैयाँ भए पुग्ने बताए ।
फार्म स्थापनाका लागि करिब ३० रोपनी र प्लान्टका लागि जग्गा सरकारले नै उपलब्ध गराए निकै कम लगानी भए पुग्छ । मुलुकभित्र हाल बर्सेनि ३० हजार भाइल भेनम आवश्यक पर्छ । प्लान्ट बनाए योभन्दा बढी परिणाममा भेनम उत्पादन गरी निर्यातसमेत गर्न सकिन्छ ।
स्नेक एन्टिभेनम मुलुकमै उत्पादन गर्ने प्रक्रियामा योजना आयोग, अर्थ र स्वास्थ्य मन्त्रालयले खासै चासो नदेखाएको सरोकारवालाले बताए । मुस्ताङ, मनाङमा घोडा फार्म र बर्दिबास, चितवनलगायत ठाउँमा सर्प फार्म खोल्न सकिने जनाउँदै डा. मरासिनीले भने, ‘सरकारलगायत सबै पक्षले सघाए मुलुकमै तीन/चार वर्षभित्र भेनम उत्पादन गर्न सकिन्छ ।’ भेनम उत्पादनमा सरकार मात्र नभई निजी क्षेत्रको समेत सहयोग लिन सकिने मरासिनीले बताए ।
‘बर्सेनि विष प्रतिरोधकको अभावसँग जुध्नुभन्दा सरकारले उत्पादन थालेर दिगो समाधान खोज्नुपर्छ,’ इपिडिमियोलजिस्ट डा. मानसकुमार बनर्जीले भने, ‘मागको दाँजोमा उत्पादनमा कमीले भारतले आफ्नै लागि समेत उत्पादन पुर्‍याउन सकिरहेको छैन । त्यसैले भेनमको अभाव आगामी दिनमा अझ बढी मात्रामा देखिने छ ।’ भारतमा सरकारले नै भेनम उत्पादन गर्छ ।
मुलुकमा बर्सेनि करिब ३० हजार भाइल भेनम आवश्यक हुन्छ । गर्मीयाममा ४५ वर्षमुनिका व्यक्ति बढी मात्रामा सर्पदंशको चपेटामा पर्ने अध्ययनले देखाएको छ । एक जनामा पोली भेलेन्ट एन्टिस्नेक भेनम -चार थरीको विषालु सर्पका लागि दिइने एउटै विष प्रतिरोधक) को औसत आवश्यकता १६ भाइलसम्म हुन्छ । यो विष प्रतिरोधकको एक जनामा अधिकतम उपयोग ३० भाइलसम्म हुने गर्छ । विश्वभर ३ हजार ४ सय प्रजातिका सर्प भए पनि हामीकहाँ करिब ८९ प्रजाति पाइएको तथ्यांक छ । यसमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छन् ।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...