हिरासतमा लिएकालाई हत्या गरिनु अपराधको पराकाष्टाः प्याकुरेल

Loading...
Spread the love

असार १०, काठमाण्डौ ।  भारतले सुपुर्दगी गरेर नेपाललाई बुझाएको व्यक्तिको हत्या गर्नु अपराधको पनि महाअपराध र गैरन्यायीक हत्या हो । यसरी नियन्त्रणमा लिइएका कसैलाई पनि हत्या गर्न पाइँदैन । यो सरासर कानून र अन्तराष्ट्रिय मानवअधिकारको विरुद्धमा छ ।यो त गैरन्यायीक हत्या भन्दा पनि गम्भिर विषय हो । सुपुर्दगी गर्नै नमिल्ने भन्ने होइन । यसको पनि विधि र प्रक्रिया छ र त्यो त्यसको आधारमा हुनुपर्छ । अपराधीको नालीबेली राखेर मात्र सुपुर्दगी गर्न सकिन्छ ।

त्यसको लागि ट्रायल कोर्टले पहिले फैसला गर्ने र अभियुक्तको रेकर्ड राख्ने काम गर्नु पर्छ । त्यत्तिकै गर्न मिल्दैन । विधि पुर्याएर गर्न सकिन्छ । हिन्दुस्तान सरकारले यसमा विधि र प्रक्रिया पुर्याएर गरेको छैन । नेपालको खातामा पनि त्यो मान्छे ल्याएको भन्ने छैन । यो सरासर गलत छ जिम्मेवार प्रहरी निकायले यस्तो गर्नु हुँदैन । प्रहरीबीचमा अपराधीलाई नियन्त्रणमा ल्याएर जसरी सिध्याउने काम भइरहेको छ, यो अत्यन्तै अमानविय काम हो ।

कुनै पक्राउ परेका अभियुक्तलाई मुद्दा चलाउनुको साटो रमेश खरेल जस्तो व्यक्तिले दोहोरो मुठभेड भन्दै गोली ठोक्नु हदै सम्मको गैरन्यायीक कार्य हो । यस्तो गैरकानूनी काम कसैले पनि गर्न मिल्दैन । भारतले नेपाल प्रहरीलाई र नेपाल प्रहरीले भारतलाई मानिसहरु समातेर बुझाउने प्रचलन पुरानो हो, जुन अहिले पनि जारीनै रहि आएके छ । एक देशका प्रहरीले अर्को देशका प्रहरीलाई जसरी अभियुक्तहरु साट्फेर गर्ने प्रचलन छ यो आफैमा प्रचलित मान्यता र कानून विपरित छ ।

यसरी एक देशका नागरिक एक आपसमा लेनादेना गर्ने सम्झौता भारतसँग भएका कुनै पनि सन्धी र सम्झौतामा पनि छैन । दुई देशका प्रहरीबीच जसरी दोस्ती गर्दै यता समातिएका भारतीय नागरिकलाई उता र उता समातिएकालाई नेपाल प्रहरीलाई बुझाउने चलन छ, यो सरासर गैरन्यायीक छ । यसरी प्रहरी जस्तो जिम्मेवार निकायले यस्तो काम गर्नै मिल्दै–मिल्दैनँ । अझै यसरी सुपुर्दगी गरिएकाहरुलाई हत्या गरिने कुरा त अझै अक्षम्य छ। यो त अपराधको पनि पराकाष्ठा हो ।

तराइमा यसरी मुडभेडका नाममा मानिसहरु मारिदा मानवअधिकारबादी मौन रहे भन्ने जुन आरोप छ यो सरासर गलत छ । यसमा कुनै तुक र सत्यता छैन । यसका लागि सबैभन्दा पहिलो नेपाल भारत सिमानाका सीमालाई ‘नांगो’ नछाडेर नियमन गर्दै कडा बनाउनु पर्छ । नक्कली नागरिकलाई पनि तुरुन्तै पक्रेर कारबाही गर्नु पर्छ । अहिले नक्कली नागरिक जो आएका छन् उनीहरु अधिकतम् रुपमा अपराधीहरु छन् ।

उनीहरु बस्छन् नेपालमा र डकैती र लुटपाट गर्छन् भारतमा । जसको संगतले नेपालमा रहेका बेरोजगारहरुलाई पनि यस्तो कर्ममा लाग्न प्रोत्साहन मिलिरहेको छ । त्यसैले जसलाई मन लाग्यो त्यसलाई आउँन दिन हुँदैन । दोस्रो कुरा नागरिकलाई व्यवस्थित गर्नु पर्छ । भारतको पुलिसले भन्यो भन्दैमा नेपालको पुलिसले गैरन्यायीक काम गर्नु हुँदैन ।

मधेसमा गैरन्यायीक हत्या डरलाग्दो छ । खुला सिमानाका कारण अपराधीहरु बिना अवरोध आइरहेका छन् । यसरी आउन दिन हुँदैन । भारतसँगको हाम्रो सम्बन्धलाई अन्तराष्ट्रिय सार्वभौम अधिकारहरुको आँखाले हेर्नुपर्छ । तर यसो गर्ने हामी यसो गर्दैनौं र मित्रताको नाममा जसलाई पायो उसलाई नागरिकता दिन्छौँ । सारा अपराधमा मुछिएका र पुलिसको लिस्टमा परेका अपराधीहरुलाई बोलाई बोलाई नागरिकता दिन्छौँ । यो तत्काल बन्द गर्नु पर्छ ।

अनि अर्को कुरा त्यहाँका खास नेपाली जो सुकुम्बासी छन्, उनीहरुलाई नागरिकता दिँदैनौँ । यसको खास कारण छ । त्यो के भने उनीहरु वर्षौदेखि जमिन्दारहरुको जमिन जोतेर बसिरहेका छन् । यदि उनीहरुलाई नागरिकता दियो भने त मधेसको राजनीतिमा मेठ बनेर बसेका तिनै जमिन्दारहरुको जमिनमा मोहीयानी हक लाग्न सक्छ । त्यसैले उनीहरु आफ्नो लुटको स्वर्ग कायम गर्न उनीहरुलाई नागरिकता दिन अवरोध गरेका छन् । जसले जन्माएको अभावका कारण पनि त्यहाँ अपराध बढिरहेको छ । यसलाई तत्काल सम्बोधन गर्नुपर्छ ।

मधेसको समस्यालाई देशको सार्वभौम कानून, अस्तित्व नेपालको एकताको दृष्टीकोणले हल गर्नु पर्छ । अहिले त्यसो नगरेर विग्रह निम्त्याउने प्रपञ्च भइराखेको छ । दुर्भाग्य यस्तो फोहोरी खेलमा डलरको खेती गर्ने देखि नेपाली नेपालीको सम्बन्ध तोड्ने र राजनीतिको नाममा दलाली गर्ने क्रम बढेको छ । यो चिन्ताको विषय हो । मधेसको समस्या समाधान गर्न यसतर्फ ध्यान जान जरुरी छ ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...