हाच्छिउँले गर्दा ज्यान मुद्दा झेल्नुपर्दा

Loading...
Spread the love
असार ११, काठमाडौँ । बुढापाका भन्छन्, दशा बाजा बजाएर आउँदैन् । ४५ वर्षीय सार्जेन्ट मेजर हरिसिङ गुरुङले सायद सोचेका थिएनन्, कार हाकिरहँदा एक्कासी हाच्छिउँ आएर ज्यान मुद्दा झेल्नुपर्ला भन्ने घट्ना ।
Driving
ए फोटी राजमार्ग हुदै उनी ब्रेकनस्थित ब्यारेक फर्कंदै थिए । त्यो क्रममा एक्कासी हाच्छिऊँ आएर उनले गाडीको सन्तुलन गुमाउन पुगे । यही कारण उनको गाडी एक वृद्ध जोडी आइरहेको अर्को कारमा ठोक्किन पुग्यो । दुर्घटनापछि अवकासप्राप्त रोयल एयर फोर्स (आरएएफ) फ्लाइट सार्जेन्ट ७९ वर्षीय डेभिड मार्सलको घट्नास्थलमै र उनकी धर्मपत्नि ७३ वर्षीया म्यारीको चार दिनपछि निधन भयो । ती वृद्ध दम्पति चर्चको बार्बेक्यू सकेर घर फर्कंदै थिए।
घट्नामा उनी त बचे तर जोखिमपूर्ण र लापरवाहीपूर्वक गाडी चलाएको आरोपमा ज्यान मुद्दा आइलाग्यो ।
अघिल्लो साता अदालती सुनुवाइका क्रममा गुरुङले दुःखी हुदै दिवंगत दम्पतिको चीरशान्तिको कामना गरेका थिए । यसअघि यस्तो घट्ना कहिल्यै नभएको बताउँदै उनले मांसपेशीमा भएको दुखाइका कारण श्वास फेर्न कठिन र रक्तसञ्चारमा अप्ठेरो परेको क्षण सांच्चिकै पीडादायी भएको बयान दिएका थिए।
तर, न्यू पोर्ट क्राउन कोर्टले उनलाई खतरनाक र लापरवाहीपूर्वक गाडी चलाएर ज्यान गएको भन्ने मुद्दामा सफाइ दिएको बीबीसीले सोमबार जनाएको छ । न्यायधीश डेनियल विलियम्स्ले सफाइ दिंदै मृतात्माको चीर शान्तिको कामना गरेका छन् । ति न्यायधिशको भविष्यमा यस्ता खालका दुःखद मुद्दा नआउने अपेक्षा पनि छ ।
ब्रिटेनको कमन कोल्ड सेन्टरका निर्देशक प्राध्यापक रोनाल्ड एक्केल्स्ले मानिसलाई आँखा हेरेर हाच्छिऊँ गर्न असम्भव हुने बताए । उनका भनाइमा हाच्छिऊँ सामान्यता तीन सेकेन्डसम्म रहन्छ र यस्तो बेला दुवै आँखा बन्द हुन्छ । यदि गुरुङले चार पटक हाच्छिऊं गरेको भए १२ सेकेन्डसम्म नियन्त्रण गुमाएको हुन सक्ने अनुमान प्राध्यापक रोनाल्डको छ ।
बोस्निया, कोसोभो र अफगानिस्तानमा खटिइसकेका उनी साहसी र इमान्दार गोर्खा रहेको उनका कमाण्डिङ अफिसर स्टुआर्ट लरेन्स् बताउँछन् । उनले सेवाका क्रममा राम्रो कार्य कुशलता प्रदर्शन गरे वापत बहादुरीको उपाधि (ब्रेभरी अवार्ड) समेत पाएका छन् ।  तस्विरः बीबीसी, कान्तिपुरमा छापिएको ।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...