सविता विमली /
आफ्नो पहिलो साहित्यिक कृित इन्द्रेनीका रङ्गहरू नामक हाइकु संग्रह लिएर देखापरेका हाल अमेरिकामा बसोबास गरिरहेका कवि नारायण अधिकारीले आफूले भोगेको समयलाई प्रस्तुत कृतिमा पस्किएका छन् । पाँच, सात, पाँच अक्षर संरचनामा संरचित हाइकु साहित्यमा सबैभन्दा छोटो विधा हो । थोरै शब्दमा च्वास्स छुने हाइकुको अर्थ अभिधामा नभएर लक्षणा र व्यञ्जनामा बढी चमत्कृत हुन्छ ।
यस्तै अर्थ चमत्कृतता इन्द्रेनीका रङ्गहरूमा देख्न सकिन्छ कविले समसामयिक, व्यङ्ग्यात्मक, प्रकृतिवादी र श्रृङ्गारिक गरी चार खण्डमा संग्रह भित्रका हाइकुहरूलाई छुट्याएका छन् ।
व्यङ्यात्मक अर्थ दिने हाइकुलाई सेन्¥यु भनिने र आफूले सेन्¥युलाई पनि हाइकु भित्र स्थान दिएको बताउने लेखकले छुट्याएका चार खण्डमा छुट्टै व्यङ्ग्यात्मक खण्ड रहे पनि अन्य खण्डका हाइकुमा पनि सेन्¥युको गन्ध प्रशस्त भेटिन्छ ।
समसामयिक राजनीतिक घटनाक्रम, मानिसको स्वार्थी प्रवृति, प्रवासिनुको पीडा, मातृभूमिको सम्झनालाई पहिलो खण्डका हाइकुले व्यक्त गरेका छन् । मानवीय मूल्यको ह्रास, विश्वासको खडेरी, मन मारेर बाँचेका मनका पीडा हाइकुमा यसरी बोल्छन् :
ढुङ्गा टुसायो
उन्यू पनि फक्रियो
फक्रेन मन ।
एकपटक
टुटेपछि विश्वास
जोडिन्न मन ।
विधवाको सिउँदोमा लालीगुराँस फुलेको सपना देख्छन् कवि हाइकुभित्र । प्रविधिको विकासले आमाको दूध खान नछोडेको बालक ट्याबलोइडमा रमाएको चर्चा छ । जनैपूर्णिमामा ज्वाइँको प्रतीक्षा, तीजमा दिदी बहिनीका सम्झना, दशैतिहारमा मातापिताको सम्झनामा पनि हाइकुहरू लेखिएका छन् ।
नाशै भएछ
फुकेछन् पशुहरू
प्रजातन्त्रमा ।
प्रजातन्त्र प्राप्तिपछिको राजनीतिलाई व्यङ्ग्य गरेको यो हाइकु व्यङ्ग्यात्मक खण्डमा समावेश छ । यस खण्डमा पनि राजनीति नै मुख्यतः व्यङ्ग्यको विषय बनेको छ । नयाँ नेपालको सपना देख्ने नेपालीसंगै कवि पनि हाइकुमा गुनासो गर्छन् :
नयाँ नेपाल
जनताको चाहना
तासको घर ।
त्यो उड्ने पंक्षी
काटिएका पखेटा
नयाँ नेपाल ।
बाँदर नाच
संक्रमणकालमा
नयाँ नेपाल ।
न्याय निमुखो भइरहेको समयमा सर्वोच्च अदालतलाई आशाको दियोको रूपमा हेर्ने कवि गरिबी बेचेर मुक्ति आन्दोलन गर्ने साम्यवादलाई व्यङ्ग्य गर्दछन् । युधिष्ठिरका सल्लाहकार शकुनी भएको यो समय, पहाडबाट फाल हान्दै बगेका नदीहरूमुिन गाउँहरू अँध्यारोमा बस्न विवश भएको तथ्यले जलस्रोतको धनी देश नेपालले भोगिरहेको लोडसेडिङ् दैनिकीलाई गिज्याएको छ ।
प्रकृतिवादी हाइकुमा प्राकृतिक सुन्दरताको वर्णन गरिएको छ । ऋतुहरूको चर्चा, दिन र रातका कुरा, फूल र काँडाका कुरा, न्यानो घाम र चिसो हिउँका कुरा, उर्लिएको बाढीलाई रिसाएकी नारीको आरोप गरिएको, फूल झर्ला भनेर काँडा गोठालो बसेको कुरा गर्छन् कवि :
नदी किनार
हेर्दछ जलप्रवाह
प्यासै प्यासमा ।
हरियो दूवो
ऋतुसँगै पलायो
बासन्ती आशा ।
श्रृङ्गारिक खण्डमा प्रेयसीसँगका प्रणय सुख, प्रेमिकाको सौन्दर्य, यौवन, शारीरिक सामीप्यताको चर्चा छ । सपनामा, सम्झनामा मायालु भेटेका कुरा गर्ने कविले अप्राप्ति र घातको पनि वर्णन गरेका छन् । प्रेमले मनको फोहर पखाल्ने र चिसो सम्बन्धमा प्रेमको न्यानो घाम झुल्कन नसक्ने ठम्याइ पनि कविको रहेको छ ।
वुढाकी कान्छी
घोडा हिन्हिनाउँछ
मुस्कुराउँछे ।
यो हाइकुले विश्वेश्वरप्रसाद कोइरालाको कर्णेलको घोडा कथालाई सम्झाउँदछ ।
केही हाइकुहरू व्यक्तिप्रति पनि समर्पित छन् :
शिक्षाको ज्योति
कैद भित्र फैलिन्छ
पुष्पा बस्नेत ।
न्यायिक युद्ध
कलम कि तरवार
डेकेन्द्र थापा ।
समग्रमा प्रस्तुत हाइकु संग्रहले जीवनका रङ्गहरूको, हामीले भोगिरहेको समयको, मानिसका दैनिकीहरूको चित्र प्रस्तुन गरेको छ । इन्द्रेनीका रङ्गहरूमार्फत सिङ्गो जीवनलाई आकार दिने, रङ्ग भर्ने लेखकको कोसिस सह्राहनीय छ ।
यसमा तपाइको मत
साहित्य बाट अन्य

Spread the loveप्रकृति र विनाश सन्दर्भः विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसाय सगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी पेशामा कानून व्यवसायी भए पनि सांगितिक क्षेत्रमा पनि शशक्त ढंगले उदाएकी आधुनिक गित र गजल गायिका...

Spread the loveमेरी छोरी कविता मेरी छोरी आजको दिन हर्षको दिन तिम्रो नयाँ घर अनि संसार बन्ने दिन यो खुसीयालीको दिन आज खुसीको आँशु गहभरी छछल्किएको छ हिक्काहरु मुटु भरी अडकिएको छ शुभकामना मेरी छोरी तिमिलाई बैबाहिक बन्धनको तिमि भन्न सक्दिनौ केही पनि बोल्न सक्दिनौ तिमि...

Spread the loveह्याप्पी डिभोर्स कथा निकै लामो समय पछी मृजनसंग मेरो भेट बाटोमा अचानक हुन्छ। भेटेर हामी खुशी भयौ। म उसैको घर गए। घर चकमन्न, कोही थिएन। मैले सोधे मृजन भाउजु खै ? उसले के भनु ?...

Spread the loveकाठमाण्डौ: शितल पाण्डे कानून ब्यवसायी सँगै सांगितिक क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतदेखि कानूनका धारा उपधाराको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यममा विभिन्न प्रकारका गित संगीतको माध्ययमबाट...

Spread the loveप्रकाश समीर- काठमाडौ: भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुदैन । कला सबैमा हुन्छ । कसैसंग हाल्ने कला होला, कसैसंग नाँच्ने, केही संग गाउने, केही संग लेख्ने । प्रकृतिले...

Spread the loveकाठमाडौं: बिगत लामो समयदेखी नाट्य क्षेत्रमा काम गर्दै आईरहेकी नानी थापा यतिबेला कलाकारिताको अर्को खुडकिला पार गर्न सफल भएकी छिन । सिन्धुपाल्चोकमा हुर्किएकी नानीको सानै देखी कलाकारितामा रुचि र लगाव थियो । नानीलाई...