८५ वर्षमा छोरो जन्माएर आश्चर्य

Loading...
Spread the love

असार १२, अर्घाखाँची ।  जवान नाति नातिनीका हजुरबा भइसकेका पदमपाणि खनालले बुढ्यौलीमा छोरा जन्माएर सबैलाई आश्चर्यचकित पारेका छन् । मुजा परेको मुहार, सेताम्मे दाह्री कपाल र कुप्रो ज्यानका ८५ वर्षीय खनालले बच्चा जन्माएको सुनेर हेर्ने र बधाई दिने घरमा भिडभाड छ ।

baby

१३ वर्षअघि छोरी जन्माएकी ४० वर्षीया श्रीमती कमलाले शुक्रबार बुटवल अस्पतालमा ३ किलोको छोरा पाएकी हुन् । एक छोरा, तीन छोरी र ५ नातिनातिना हुर्काइसकेको काखमा पदमपाणिले अब छोरो खेलाउने भएका छन् । बुढेसकालमा पुत्रलाभ भएपछि परिवारमा खुसियाली छाएको छ । गाउँलेले फूलमाला र अबिर लगाई बधाई दिएकाछन । मर्ने बेलाको खुसी हो यो, हाम्रो इच्छा पूरा भयो, उनले भने, उमेर छँदा छोरा जन्माउन निकै प्रयास गर्‍यौं तर सफल भएका थिएनौं । तैपनि हरेस खाएनौं, १३ वर्षपछि सफल भयो ।

श्रीमती गर्भवती भएपछि छोरा वा छोरी भनेर परीक्षण नगराएको उनले बताए । नवजात छोराप्रति कमलाको महत्त्वाकांक्षी अपेक्षा छ । बुढेसकालमा जन्मेको छोरो ठूलो मान्छे बन्छ, उनले चाहना आफ्नो सुनाइन्, प्रधानमन्त्री बनाउने इच्छा इच्छ समेत व्यक्त गरिन । धेरैजसो प्रधानमन्त्री गाउँका गरिबकै छोरा भएका छन् ।

ढल्कँदो उमेरमा शुक्रकीट सक्रिय भइरहे गर्भ रहने जिल्ला अस्पतालका मेडिकल अधिकृत डा। कृष्णहरि सुवेदीले बताए । बच्चाका लागि उमेरले छेक्दैन, उनले भने, ुगर्भ रहन सक्छ, व्यक्ति विशेषमा भर पर्छ । कसैको शुक्रकीट छिट्टै निष्क्रिय हुन्छ, कसैको सक्रिय भइरहन्छ । बुबाआमाको उमेर बढी भएकाले बच्चाको खानपिन र स्याहारसुसारमा ध्यान दिनुपर्ने उनले बताए । उनका ४० वर्षीय जेठा छोरा खजराज बुटवलमा व्यापार गर्छन् । उनका तीन छोरा र एक छोरी तथा छोरीपट्टि पनि २ सन्तान भए ।

पदमपाणि ६ नातिनातिनाका हजुरबा हुन् । उनीहरू उच्च शिक्षा अध्ययनरत छन् । ४० वर्षीया कमलाकी १३ वर्षीया छोरी ७ कक्षामा पढ्छिन् । २१ वर्षअघि श्रीमतीको भीरबाट लडेर मृत्युपछि सहारा खोज्दै उनले दोस्रो विवाह गरेका थिए ।

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

प्रेम गरेको अभियोगमा ८१ वर्षीय वृद्धलाई गाउँ निकाला

Spread the loveगुल्मी: गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन् । पुस १...

सानै उमेरमा नियुक्ति दिएको भन्दै विवादीत बनिन अधिवक्ता अन्ना

Spread the loveयुक्रेनमा भ्रष्टाचारविरोधी आयोगको नेतृत्व २३ वर्षकी महिला वकिल अन्ना कलिनचुकलाई दिएपछि विरोध सुरु भएको छ । पछिल्ला केही दिनयता युक्रेनको सर्वोच्च पदमा नियुक्त भएकी उनी दोस्री महिला हुन् । यसभन्दा अगाडि युक्रेनको आन्तरिक...

कैदीबिच कुटाकुट हुँदा ८ घाइते

Spread the loveमहोत्तरी: जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले...

बाँदरको विषयलाई लिई दुई समुदायबीको झडपमा २० को मृत्यु

Spread the loveएउटा बाँदरका कारण २० जनाले ज्यान गुमाउनु परेको घटना अनौठो लाग्न सक्छ । तर एउटा बाँदरका कारण लिबियामा दुई समुदायबीच हिंस्रक झडप हुँदा २० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । लिबियाको दक्षिणी...

भारु नोटमा प्रतिबन्ध लगाएसँगै कालोधन जम्मा गर्नेको होस गुम्दै

Spread the loveभारतको रायचुरमा भारु पाँच सय र एक हजारका नोट बोकेर गुडिरहेको एक ट्रक बाटोमा पल्टिदा सडकमा पैसाको थुप्रो लागेको छ । घटना सिन्धानर तालुकाको मुन्नातागी क्याम्प नजिकैको हो । सोमबार जब ९ वटा...

प्रेमजोडीको गन्तव्य बन्यो प्रहरी भवन

Spread the loveकाठमाण्डौ: स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान-रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको भवनमा प्रहरी...

टेनिस महिला खेलाडीको सुन्दरताले फिदा भए ट्रम्प

Spread the loveडोनाल्ड ट्रम्पले पछिल्लो दिनमा सबै पूर्वानुमानलाई चुनौति दिँदै अमेरिकी राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएका थिए । महिलाहरुसँगको सम्बन्धले विवादमा आइरहने ट्रम्प एक टेनिस खेलाडीको सुन्दरताले फिदा नै भइसकेका छन् । ट्रम्पका अनुसार अहिलेसम्म...

हाडनाताको करणीले अन्तत पायो कानूनी मान्यता

Spread the loveकाठमाडौं: बाबुछोरीको सम्बन्ध पवित्र भनेको हाडनाताको सम्वन्ध सँगै पवित्रध सम्बन्ध मानिन्छ तर यहाँ एक पुरुषले आफ्नै भतिजीसँग अवैध सम्बन्ध राख्ने गरेको थाहा हुन आएके छ । उक्त घटना सँगै रोचक कुरा अदालतको फैसलालाई...

अनुमति विना तस्विर प्रकाशन गरेको भन्दै मुद्धा दर्ता

Spread the loveकसैको सहमति विना तीसवर खिच्नु पनि गैरकानूनी काम हो । यहाँ यस्तै घटना भएको अमेरिकाको लस एन्जलस प्रहरीले लज्जाजनक तस्वीर लिएको अभियोगमा प्लेव्वाई म्यागजिनकी मोडल डेनी म्यादर्सबिरुद्ध मुद्धा दर्ता गरेको छ । डेनीले...

बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Spread the loveकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद...