भारतीय दूतावास कर छल्न भारतीय लगानीकर्ताको सेल्टर

Loading...
Spread the love

असार २३, काठमाण्डौ । नेपालमा रहेको भारतीय दूतावास नेपाल सरकारलाई कर छल्ने भारतीय लगानीकर्ताहरुको सेल्टर बन्न थालेको छ । दूतावासको नाम लिएर नेपालमा व्यवसाय गरिरहेका भारतीय नागरिकहरुले नेपाल सरकारलाई तिर्नुपर्ने कर बुझाउन अटेर गर्दै आएका छन् ।

काठमाडौंको दरबार मार्गमा रहेको सीटी वाग भारतीय दूतावासको जमानीमा भारतीय नागरिक रोहितकुमार सरावगीले सञ्चालन गर्दै आएका हुन् । तर, सरावगीले आन्तरिक राजस्व कार्यालयलाई तिर्नुपर्ने करको बक्यौता ३ करोड २६ लाख ४१ हजार १७ रुपैयाँ पुगिसक्दा पनि उनले हालसम्म कर तिरेका छैनन् । आन्तरिक राजस्व कार्यालयले कर तिर्न ताकेता गर्दा पनि नमानेको भन्दै सात दिनमा कर बुझाउन भनेको छ ।

काठमाडौंको बत्तीसपुतलीमा खोलिएको ड्यु सफ्ट ओभरसिज प्रालिका सञ्चालक ऋषि सहदेव पनि भारतीय नागरिक हुन् । आफ्नो ठेगानामा ‘भारतीय दूतावास’ उल्लेख गरेका छन् । उनले पनि नेपाल सरकारलाई बुझाउनुपर्ने ८ करोड १७ लाख ४३ हजार ४ सय ७० रुपैया तिरेका छैनन् । कोटेश्वरमा अर्किट इन्टरनेशनल प्रालि सञ्चालन गर्ने शरदकुमार गर्गले पनि नेपाल सरकारको तथ्यांकमा आफ्नो ठेगाना ‘भारतीय दूतावास’ उल्लेख गरेका छन् । गर्गले नेपाल सरकारलाई १४ लाख ४६ हजार ९ सय ७३ रुपैयाँ तिरेका छैनन् ।

त्यस्तै भारतीय दूतावासको नाम लिएर कमलेस कुमार जैनले सञ्चालन गरेको देवयानी इन्टरनेशनल नेपाल प्रालिले पनि सरकारलाई बुझाउनुपर्ने १ करोड ६४ लाख ५१ हजार ४ सय ७२ रुपैयाँ तिरेका छैनन् । भारतीय निर्वाचन आयोगको नाम लिएर काठमाडौंमा सञ्चालन गरेको गुजरात फेसन मेलावापत नेपाल सरकारले पाउनुपर्ने २१ लाख ३६ हजार १ सय ४९ रुपैयाँ राजस्व अहिलेसम्म दाखिला भएको छैन । त्यस्तै भारतीय नागरिक रेनु सराफले कमलादीमा सञ्चालन गरेको विनायक कम्लेक्सले राज्यलाई १८ लाख ७७ हजार ५८ रुपैयाँ कर तिरेको छैन ।

अरु देश पनि के कम ?

भारतीयहरुले जस्तै अन्य मुलुकका व्यवसायीले पनि नेपालमा व्यवसाय सञ्चालन गरेवापत तिर्नुपर्ने कर बुझाएका छै्रनन् । यसरी कर नतिनेृ नागरिकहरु चीन, कोरिया, बेलायत र टर्कीका व्यवसायीहरु रहेका छन् ।कमलादीमा रहेको चाइना माउन्टेन रेष्टुरेन्ट एण्ड बारका सञ्चालकचाहा मिङ चिनियाँ नागरिक हुन् । उनले नेपाल सरकारलाई तिर्नुपर्ने ८७ लाख ३१ हजार ९ सय ९३ रुपैयाँ तिरेका छैनन् ।

त्यस्तै कमलपोखरीमा कोरियाली नागरिक डेई नियोन किमले सञ्चालन गरेको कोरिया इञ्जिनियरिङ कन्सल्टेन्ट कर्पोरेशनबाट पन निेलाल सरकारले ४९ लाख ९१ हजार ५ सय ८३ रुपैयाँ बक्यौता असुलउपर गर्न सकेको छैन । बेलायतका स्टुअर्ड लिल पाकले अनामनगरमा खोलेको केर्न इनर्जी धनगढी लिमिटेडले ५ करोड ६१ लाख ६९ हजार ६ सय ८६ रुपैयाँ नेपाल सरकारलाई कर बुझाएको छैन ।

त्यस्तै बानेश्वरमा टर्कीका भोल्कान ओज्टासले खोलेको मोविकन टेलि नेटवर्क प्रालिले नेपाल सरकारलाई १ करोड ११ लाख ७३ हजार २ सय ७४ रुपैयाँ तिर्न बाँकी रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । onlinekhabar.com

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...