विचौलिया र कार्यलयमा भएको अनियमितता निर्मूल पारेरै छोड्छुः सह–न्यायधिवक्ता डा. घिमिरे

Loading...
Spread the love

असार १३ गते काठमाण्डौ जिल्ला सरकारी वकिलको कार्यलयमा बिशेषवाट विभिन्न गुनासो उजुरी आए पश्चात खटाइनु भएका डा. टेकबहादुर घिमिरे संग नेपाल कानूनले गरेको कुराकानी ।

Dr, Tek Bdr Ghimire

तपाई सरकारी वकिल कार्यलयमा औपचारिक रुपमा आएको कति भयो ?

आज मात्र चार दिन भयो । गत सोमबार असार १३ गते आएको हुँ । म बिशेष सरकारी वकिल कार्यलयमा थिए र अहीले पनि त्यता पनि छु र यता जिल्ला सरकारी वकिल कार्यलयमा पनि जिम्मेवारी सम्हाल्दै छु । मलाई केही विषेस अपेक्षाको साथ पठाएको छ महान्यायधिवक्ताको कार्यलयले सोही अनुसार कार्य प्रारम्भ गर्ने सोच वनाएको छु ।

यहाँ आएर बिगतमा भईरहेका कामहरु बारे कस्तो मुल्याङकन गर्नुभयो कस्तो पाउनु भयो साथै कुन कुराहरु परिवर्तन गर्नु पर्ने पाउनुभयो ?

यसमा अब नेपाल सरकार बादी हुने मुद्दाहरु लगभग देशभरीकै मुद्दाको तिस प्रतिसत जति काठमाण्डौ जिल्ला सरकारी वकिल कार्यलयले हेर्नु परेको अबस्था छ । त्यत्रो ठुलो संख्यामा भएका मुद्दाको फरक फरक प्रकृतिको हिसावले पनि जनशक्ति पनि प्रयाप्त छैन । कार्यलयको भौतिक ब्याबस्थापन पनि आवश्यकता अनुसार नभएको र राजधानी शहर भएकोले पनि यहाँ धेरै प्रकारको प्रभाब र दवाव पनि हुने, र केही हद सम्म यसले सम्पादन गर्नु पर्ने कामहरु प्रभावकारी रुपमा ब्याबस्थापन हुन नसकेको कुरा पनि छ ।

त्यसमा पनि केही जनगुनासोहरु, अनियमिततमका कुराहरु  प्रसस्त सुनिरहेको कुरा छ । त्यो कुरालाई अब अहीले यहाँ बाट प्रवाह हुने सेवालाई एउटा न्यायको प्रत्याभुती र कार्यालय ब्याबस्थापकिय हीसावले पनि सुशासनको प्रत्याभुति दिने गरी नयाँ ढंगले ब्यबस्थापन गर्नु पर्छ भन्ने महान्यायधिवक्ता कार्यलयले बुझेको कुरा हो । र त्यो अनुसार चाही केही सरकारी वकिलहरु, अन्य सहायक कर्मचारी पनि अलि लामो समय बस्नु भएको र उहाँहरु प्रति केही जनगुनासो पनि आएको छ भने तिनीहरुलाई परिवर्तन गरेर एउटा नयाँ टिम बनाउँ र त्यो टिमको नेतृत्व तपाईले गर्नु भयो भने अलि सफल हुन्छ की भनेर महान्याधिबक्ताको कार्यलयले भर गरेको र जिम्मेवारी दिएको अबस्था हो ।

त्यसो भए यहाँ केही परिवर्तन हुने पक्का हो हैन त ?

परिबर्तन गर्नुपर्ने र गर्नै पर्ने पनि बोध महान्यायधिबक्ताको कार्यलयले पनि गरेको छ , र मलाई पनि गर्न सक्छु भन्ने पुर्ण विश्वास छ ।

हीजो सम्म कानुन ब्याबशायी आउदा सरसर्ती छिर्न पाउथे, सबै ठाउँमा पुग्थे तर आज देखी भित्र विनाकारण प्रबेश निशेध गरिएको छ । यो किन आवश्यक भयो, कतिको ब्याबहारिक र न्याय पुर्ण छ र यस्को उपलब्धी के हो ?

यो केही हद सम्म कार्यलय प्रतिको जनगुनासो न्युनिकरणको लागि सहायक हुन्छ भन्ने मेरो विश्वास हो । मैले आजै देखि यो ब्यबस्था सुरु गरेको छु ।

कानुन ब्याबशायिलाई विनाकारण प्रबेश निशेध गर्नुको उद्देश्य भिडभाड कम गर्नु हो कि सरकारी वकिल र प्राईभेट कानुन ब्याबशायी बिच भएको अन्तर सम्बन्ध र जस कारण मुद्दा प्रभावित हुने कुरालाई बिचार गरी गरीएको हो ?

मुख्य रुपमा त अनाआवश्यक मान्छेहरु आउने कार्यले निकै भिडभाड हुने र त्यसको प्रतिकुल असर कार्यसम्पादनमा पर्ने भएको गरीएको हो । दोस्रो कुरा मुद्दा प्रभावित हुने सम्भावना पनि रहन्छ त्यसलाई रोक्न पनि अनावश्यक प्रबेश निशेध गरीएको हो । यि दुबै कुराहरु रोक्न नै गरीएको हो । केही जनगुनासोका कुराहरु छन जुन असिमीत र निर्बाध रुपमा काुनन ब्याबशायी पिडीतको नाममा, आफन्तको नाममा, बिभिन्न सम्बन्धको नाममा जुन सुकै मान्छे पनि कार्यलय भित्र आउने र अनेक किसीमका कुराहरु गर्ने कार्यलयका कर्मचारीलाई प्रभाव पार्ने, दबाब दिने कुराहरुलाई पनि न्युनिकरण गर्न खोजिएको हो ।

जन सम्पर्क हुने कार्यलयको प्रबन्ध गर्दाखेरी भौतिक ब्यबस्था त्यस्तै रहेको अबस्थामा त्यस्तो गरीहाल्न त्यति ब्याबहारीक होइन की , कानुन ब्याबशायि र सम्बन्धीत अन्य ब्यक्तिको लागि प्रबेश नै नियन्त्रीत गर्नु ठिक होईनकी भन्ने पनि लागेको छ तर त्यसलाई समाधान गर्न तुरुन्तै बाहीर एउटा प्रतिक्षालयको ब्यबस्था गर्दैछौ । जुन असार भित्रै सम्पन्न भई सक्ने छ । त्यस पछी सबैले त्यहाँ प्रतिक्षा गर्ने, कामको गाम्भीर्यता हेरी प्रबेश गराउने, सके सम्म डिजिटल टोकनको प्रक्रिया अपनाई क्रम निर्धारण गरी पहीले आउनेको पहीला काम गर्ने प्रणाली कायम गर्न खोजेका छौ । आज पनि कामको चौचित्यताका आधारमा प्रबेश दिने र सम्बन्धीत ब्यक्ति संग भेटन सकीने अबस्था छ । अनियमित प्रबेश रोक्नु पर्ने कारण चाही अहीले पनि भईरहेकाछन की कतिपयले यता एक कुरा गर्ने र अन्यत्र अर्को कुरा गर्ने र आतङक फैलाउने काम समेत गर्ने गरेको पाईएको र यसलाई रोक्न पनि यो गरीएको हो ।

अहिले सरकारी वकिलको कार्यलय अन्तरगत हेरीने मुद्दाहरु प्राय बिचौलियाको हातमा रहेको यतिसम्मकी कानून ब्यवसायिको शुल्क समेत यिनैले दिने लगायत अभ्यास छ, यसको नियन्त्रण गर्न के योजना छ ?

मुद्दाहरु बिचौलियाको हातमा हुन्छन भन्ने पनि महसुस पनि गरीएको छ । त्यसलाई नियन्त्रण गर्न सरकारी वकिल कार्यलयले मात्रैले सोचेर पुग्दैन । हामीले सके सम्म पिडीत कक्ष, बयान कक्ष लगाएतका फरक कामहरु गर्ने त्यसमा कसैको मानव अधिकार हनन नहुने गरी कार्यलयले प्रबन्ध गर्ने, अनुसन्धान अधिकृत अनिबार्य सरकारी वकिल कार्यलय आउनु पर्ने, हाम्रै तर्फबाट उसलाई कानुनी जानकारी पनि दिने, र कोही ब्याबशायी राखेको भएमा उनलाईलाई बस्न दिने खालको प्रबन्ध गर्ने योजना वनाएको छु । निकट भविश्यमै कार्यन्वयन गर्ने योजना छ ।

Tek Bdr. Ghimire

यस्तो बिचौलिया नियन्त्रण गर्न तपाईहरु र प्रहरी बिच कस्तो सहकार्यको योजना बनाउनु भएको छ ?

अब छिटै असार भित्रै काठमाण्डौ जिल्ला सरकारी वकिल कार्यलयको पहलमा यहाँ रहेका विक्रिती जन्य कुरालाई सकेसम्म बस्तुगत ढङगले केही सुचनाहरु संकलन गरेर त्यो सुचना समस्यामुलक सवालमा सबै अनुसन्धानका अधिकृत, महान्याधिबक्ता, सिनीयर वकिलहरु, न्याधिसहरु र हामी सबैको बिच अनुभव साटासाट र साझेदारी गर्ने काम, समाधानका उपायहरु खोज्ने गरी एक दिवसिय अन्तक्रिया कार्यक्रम गर्ने तयारी गरीरहेकाछौ । कार्यलय ब्याबस्थापनका सन्दर्भमा साउन १ देखी पहीला आउनेको पहीले काम हुने, बिचौलियालाई बहीस्कार तथा हतोत्साही गर्नमा हाम्रो भुमिका कस्तो हुन्छ भन्नेबारे हामी कार्य प्रारम्भ गछौ । यसरी स्वच्छ न्याय निरुपणमा सक्रियता अव यस कार्यलयले देखाउने छ ।

बिचौलिया छन भन्नेमा विमती नै रहेन तपाई म निर्मुल गररै छाड्छु भन्नेमा कति बिश्वस्त हुनुहुन्छ ?

असम्भव केनै हुन्छ र ? सकारात्मक उदैश्यले कार्य थाल्ने हो । आँट सहीतको विबेक प्रयोग गर्छु, म प्रतिबद्ध छु । म माथि आएका प्रतिकुलतालाई महान्यायधिबक्ताको कार्यलयले, अनुसन्धान अधिकृतको कार्यलयले सहयोग गर्ने र आड भरोसा दीने बुझेको छु । सो अनुसार भएमा मबाट यो काम सम्भव छ भन्नेमा म विश्वस्त छु ।

Loading...

यसमा तपाइको मत

अन्र्तवार्ता बाट अन्य

मधेसी समुदायका नेपाली र सरकार विच संधै बिचौलियाले मात्र खेलिरहे: डा. अहिराज

Spread the loveसंविधान घोषणा संगै चर्कियो मधेस आन्दोलन, मधेसी जनताका उपयुक्त मागहरु सम्बोधन गर्न सरकारले पटक पटक प्रयास गर्यो तर समाधान हुन सकिरहेको छैन । हालै सरकारले फेरी संविधान संशोधन गरेर मधेशबादी दलहरुको माग...

कारवाहीको क्रममा राजिनामा दिएर भागेका लोकमान कसरी वन्न सक्छन अख्तियार आयुक्त: अर्याल

Spread the loveअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीको नियुक्ति गैह्र कानुनी भएको विषय अदालतमा विचाराभिन र सर्बत्र चर्चामा छ । कार्कीले गर्ने र गरेका काम पनि रिस–ईवी जोडिएको भन्ने आरोप पनी...

न्यायलय सुधारका लागि नेपाल बारको भुमिका कमजोर भयो: रजिस्टार पन्थी

Spread the loveअदालत भित्रका समस्याहरु, सेवाग्राहीका गुनासाहरु र कुन अदालतमा कसरी काम भईरहेको छ भन्ने जानकारी पाठक सामु राख्ने उद्देश्यका साथ बिभिन्न अदालतहरुमा पुगेर अदालतमा काम कारवाही कस्तो भईरहेको छ, कस्ता कस्ता योजनाहरु मार्फत...

न्यायले समाजलाई बिकास र दिगो शान्ति तर्फ अगाडि बढाउन सक्नु पर्छ :उपाध्याय

Spread the loveसंबैधानिक कानुनमा नेपाल ल क्याम्पस, त्रिभुवन बिश्वबिद्यालयबाट प्रथम श्रेणीमा एल.एल.एम उर्तिण गर्नु भएका अधिबक्ता लिलाधर उपाध्याय हालै सम्पन्न साधारण सभावाट संवैधानिक तथा न्यायीक पत्रकार मञ्च(Constitutional and Judicial Journalists’ Forum )को अध्यक्षमा निर्वाचित...

अनियमितता गर्ने कर्मचारीलाई तुरुन्त सुईक्याई दिन्छुः श्रेस्तेदार उप्रेती

Spread the loveन्याय दिने निकाय पनि भ्रष्टचारबाट मुक्त नहुनु, अदालतमा न्याय खोज्न गएका पिडित फैसला कुर्दा कुर्दै उल्टै पिडाको महसुस गर्नु, कर्मचारीहरुद्धारा सेवाग्राही प्रति वेवास्ता गरिनु, गुनासाहरु सुनाएपनि कुनै अर्थ नराख्नु जस्ता समस्या अदालतमा...

अदालतमा भ्रष्टाचार रोक्न जस्तोसुकै काम कारवाहीको लागि म पुर्ण प्रतिबद्ध छुः श्रेस्तेदार दाहाल

Spread the love भनिन्छ, लामो समय पछि वा घटनाको बर्षौ पछि दिईने न्याय पिडितलाई न्यायपाएको अनुभुती दिन सक्दैन । त्यसैले अदालतमा न्याय खोज्दै पुगेका पिडीतले समयमै न्याय पाउनुपर्छ वा समयमै मुद्दाको फैसला हुनुपर्छ । नेपालका...

कानूनको नक्कली हिरो मर्नै पर्छ

Spread the loveअधिवक्ता इन्जिनियर दिनेश चौधरी सामाजिक न्यायसँग सम्वन्धित विभिन्न विषयलाई अदालत र विभिन्न निकायमा उठाइरहने सामाजिक अभियानता हुन । उनले गरेका कार्य लगायत अन्य विषयमा नेपाल कानून सँग गर्नुभएको कुराकानी । तपाई सर्वोच्च अदालतमाथि...

कानूनी शासनको महत्वपुर्ण निकाय वन्दैछ महान्यायधिबक्ताको कार्यलय : फुयाल

Spread the loveहरि फुयाल बिगत तिन महीना देखी महान्याधिबक्ताको कार्यलयका प्रमुखको कार्यभार सम्हाल्दै आएका छन । तपाई यहाँ आए देखि अहीले सम्म के के कामहरु गर्नु भयो र के के महत्वपुर्ण कार्यहरु हुदैछन त...

नक्कली डाक्टरका सबै प्रमाणपत्र स्वतः खारेज हुन्छनः डा. पराजुली

Spread the loveनक्कली डाक्टरहरुको बिगबिगी बढदै गएको र पक्राउ परि त्यो प्रकरण अदालत सम्म पुगिसकेको छ । अदालतले के फैसला गर्ला भन्ने चाही अनुमानमै सिमीत रहेका बेला, नक्कली डाक्टर को हुन, यस्ता डाक्टरलाई के...

खारेज मात्र गर्न मिल्ने सन्धीलाई सुधारबारे सल्लाह दिने जिम्मेवारी दिईएको प्रबुद्ध समुह नै अबैधानिक छः श्रेष्ठ

Spread the loveनेपाल भारत बिचको सिमा बिबाद, अन्य सम्बन्ध र सुधार साथै १९५० को सन्धी र हालै यसबारे चलिरहेको बहस, यस्को सुधार गर्न जिम्मेवारी दिईएको प्रबुद्ध समुह लगायतका सम्बन्धमा, यो सन्धी संशोधन, पुनरावलोकन, यथावत...