नक्कली डाक्टरका सबै प्रमाणपत्र स्वतः खारेज हुन्छनः डा. पराजुली

Loading...
Spread the love

नक्कली डाक्टरहरुको बिगबिगी बढदै गएको र पक्राउ परि त्यो प्रकरण अदालत सम्म पुगिसकेको छ । अदालतले के फैसला गर्ला भन्ने चाही अनुमानमै सिमीत रहेका बेला, नक्कली डाक्टर को हुन, यस्ता डाक्टरलाई के सजाय हुन्छ वा हुनु पर्छ, साथै नेपालको न्यायलय, सरकार र मेडिकल काउन्सीलको भुमिका कस्तो हुनु पर्छ साथै कस्ता कानुनहरु बनाउनु पर्छ भन्ने बिषयमा मेडिकल सम्बन्धीत कानुनका जानकार डा. रमेश पराजुली संग गरिएको कुराकानी ।

Ramesh Acharya

मेडिकल जुरीसप्रुडेन्स भनेको के हो ?

जति पनि लिगल प्रयाक्टीसमा मेडिसिन संग सम्बन्धीत सिदान्तहरु जुन मेडिकल र न्यायसंग सम्बन्धीत भएर आउछन तिनीहरुको वा सम्पुर्ण चिकित्सकीय बिधिशास्त्र नै मेडिकल जुरीसप्रुडेन्स हो । मेडिको लिगल जस्टीसको प्रयायबाची शब्द यो हो ।

अहीले नेपालमा देखिएका स्वास्थ्य क्षेत्र संग सम्बन्धीत गैह्रकानुनी गतिबिधिको यस सिदान्त संग कस्तो सम्बन्ध पाउनु हुन्छ ?

अहीले देशमा जसरी यतिका मात्रामा नक्कली डाक्टरहरु पक्राउ परे र तिनीहरुले ठगि गरेकोमा मुद्दा चल्दै पनि छ । स्वास्थ्य संग खेलबाड गर्ने सम्म मौका डाक्टरहरुले कसरी पाए, यो आफैमा एक बिचरणीय कुरा हो । हाम्रो देशमा अहीले मेडिकल संग सम्बन्धीत धेरै बिबादहरु आईरहेको पाईन्छ । यस्ता समस्यालाई नियमन गर्ने हाम्रा कानुन हरु चाही प्रयाप्त नभएको देखिएको छ । समाजमा बिबादहरु धेरै आउन थालेको छ जस्तै डाक्टर मथि हातपात, अस्पताल तोडफोड आदी हुन थालेका छन । तर प्रयाप्त कानुनहरु नहुने र भएका कानुनहरु पनि प्रभावकारी रुपमा कार्यान्वयन र पालना हुन नसकेको स्थिती छ र समस्या झनै थपिएको छ । अहिले देशका विभिन्न जिल्लामा नक्कली डाक्टरको विगविगी भऐको र त्यस्ता डाक्टरलाई पक्राउ गरि कारवाही प्रक्रिया सिमेत अघि बढाईसकीएको छ । त्यसकारण व्यक्तिको स्वास्थ्यमा खेलबाड गर्ने जस्तो अति संवेदनशिल कुरामा करी नक्कली चिकित्सकले अभ्यास गर्ने मौका पाए यो करुा आफैमा विचारणीय छ र जससका कारण अहिलेको अवस्थामा अझ मेडिकल जुरिस्पुडेन्सकोे क्षेत्र र आवश्यकता झनै चुलिएको देखिएको छ ।

क्वाएक्स भनेको चाँही के हो ?

संसार भरि प्रचलित क्वाएक्स,जसको अर्थ नक्कली डाक्टर जो मेडिकल काउन्ससीलमा दर्ता नभइइ अस्पताल क्लिनिक खोलेर सेवा सुविधा दिन सक्ने हैसियत नभएका व्यक्ति लाई जनाँउछ । स्वास्थ्य आफैमा सम्वेदनशिल विषय हो, मानव समवेदना सँग जोडिएका विषयलाई पैसा कमाउने नियतले आजकाल यो मेडिकल माल को अभ्यास बढेर गएको देखिन्छ जो खतरनाक स्थिति हो ।

यो मेडिकल माल प्रयाटिक्स वा मेडिकल नेग्लीजेन्स के हो ?

यो नक्कली डाक्टरको बिगबिगी हुनु चाँही मेडिकल माल प्रयाटिक्स हो । यि दुई उस्तै उस्तै भएपनि फरक छ । मेडिकल नेग्लीजेन्समा डाक्टर या नर्स होस उसको आफ्नो कर्तव्य हुन्छ जसबाट उनीहरु चुकेको कारणले विरामीलाई पर्न गएको असर या क्षति मेडिकल नेग्लीजेन्स हो यसमा ३ वटा तत्वहरु हुन्छन ।

ड्युटि टु टेक केयर जसमा ड्युटिको भाईलेसन गरेको हुन्छ । जसको कारण बिरामीलाई मानसकि शारिरिक क्षति भई ज्यानै जान सक्न सम्भावना समेत रहेको हुन्छ । मेडिकल माल प्रयाटिक्स भन्नाले चाँही आफ्ना दायरा जति हो कानूनले तोकको क्षेत्राधिकार भन्दा पर पर गएर काम गर्नु मेडिकल माल प्रयाटिक्स हो । मेडिकल माल प्रयाटिक्समा आँउछ विना दर्ता अभ्यासमा जानु मेडिकल माल प्रयाटिक्स दर्ता भएर मात्रै काम गर भनेर कानूनले भनेको हुन्छ । यसलाई लापरबाहीसमेत भनेर भन्न सकिन्छ सरकारको प्रसासनिक लापरबाही जस अन्र्तगत अस्पताल र क्लिनकले कस्तो सेवा सुविधा प्रवाह गरेका छन त्यसको उचित अनुगमन छैन जुन कर्तव्यबाट सरकार चुकेको छ यस्तो अवस्थामा सरकारको तर्फबाट यसलाई मेडिकल नेग्लजिेन्स भन्न सकिन्छ भने डाक्टर र नर्सको तर्फबाट हेर्दा मेडिकल माल प्रयाक्टीस नै हो ।

अहिले डाक्टरहरुलाई विभिन्न जिल्लामा पक्राउ गरि विभिन्न जिल्लामा कारवाहिको प्रक्रिया अगाडि बढाइएको छ यसलाई कसरी लिईरहनु भएको छ ?

मेडिकल माल प्रयाटिक्स र मेडिकल नेग्लीजेन्ससँग सम्वन्धित मुद्धाहरु नेपालमा अत्यन्तै न्युन छन । जव उपभोक्ता संरक्षण ऐन आइसकेपछि मेडिकल नेग्लीजेन्स सम्वन्धी उजुर गर्नको लागि सिडयो कार्यलयमा जिल्ला क्षतिपुर्तिसंघको स्थापना भयो त्यसपछि डाक्टर धेरै उजुरी अस्पताल र नर्सीङ होमको विरुद्धमा आँउने गरेको छ जसका पछाडि विभिन्न कारणहरुले आउने गरेका छन । मेडिकल माल प्रयाटिक्स र मेडिकल नेग्लीजेन्ससँग सम्वन्धित मुद्धाहरु नेपालमा भर्खरै मात्र आँउन थालेकाले सरकारी वकिल एवं अदालतलाई कार्य सम्पादन गर्न अलि असहज भएको छ ।

अवैधानिक अभ्यास र नक्कली सर्टीफिकेट जस्ता दुई ढंगले काम भई रहेका छन । विना दर्ता कुनै पनि व्यक्तिले म डाक्टर हुँ भनेर नाकको अगाडि डाक्टर थपेर सेवा प्रवाह गर्नु हुँदैन भने अर्को नक्कली सर्टीफिकेट बनाई प्रयोग गर्ने कामका कारण सर्वसाधारणलाई पिडित बनाँउदै गएका छन । त्यसै गरि आफुले प्राप्त नै नगरेको उपाधी पाए भनि बिरामीलाई ठगेर पैसा असुल गर्ने ठगि धन्दाको रुपमा छ जससलाई चिटिङ भनेर भनिन्छ । अहिले नक्कली डाक्टरको विगविगि छ जसलाई एउटा मात्रै मेडिकल माल प्रयाटिक्सको रुपमा मात्रै हेर्नु भन्दा दुई तिनवटा अपराध उनिहरुले गरिरहेका छन भन्ने बुन्नु जरुरी छ । जस अन्र्तगत नेपाल मेडिकल काउन्सिलमा विना दर्ता चिकित्सक पेशा सन्चालन गर्नु, बिरामीलाई ठगि पैसा असुल्ने कारण ठगि गरि लुटेर लगेको देखिन्छ र तेस्रोमा नक्कली नक्कली प्रमाणपत्रको आधारमा योग्यता देखाई काठमाण्डौका नाम चलेका अस्पतालमा नक्कली डाक्टर फेला परेको पाइएकोले यो विषलाई यि तिन विषय भित्र रहेर कारवाही गर्नु जरुरी छ ।

 नक्कली डाक्टरको सर्टिफिकेटहरुको हकमा यो कसरी लागु हुन्छ वा के हुन्छ अब ?

यदि प्लस टु नक्कली सर्टिफिकेट बनाएर मास्टरस गरेको खण्डमा पनि स्वत नै त्यो मास्टरसको सर्टिफिकेट पनि खारेज हुन्छ । किनभने जस्तो तपाईको दश तले घर बनाउदा सुरुको दुइ तले घर नै नक्कली, गैरकानुनी रहेछ सो दुइ तल्लाको आधारमा टेकेर बनाइएको घरको कुनै औचित्य रहदैन । त्यसैले नक्कली डक्टरका सबै प्रमाण पत्रहरु स्वतः खारेज हुन्छन । जुन सुकै पनि प्रमाणपत्र नक्कली प्रमाण पत्रको आधारमा प्राप्त भएकाछन ति सबै सारेज हुनुपर्छ ।

बजारमा उपलब्ध औषधिहरु डाक्टरको सल्लाह सिफारिस विना विक्रि वितरण गर्ने कार्यलाई भईरहेको पाईन्छ, यस्को कारण वा कमजोरी कस्को हो जस्तो लाग्छ ?

नेपालको औषधि ऐन अनुसार डाक्टरको सल्लाह विना विक्रि वितरण गर्ने हुने र नहुने भनेर छुट्याएको नै छ । डाक्टरको सिफारिस विना वा सिफारिस लिएर औषधिहरु किन्न आएको खण्डमा के कारणले चाहिएको, कुन मितिमा कति परिणाममा कसलाई बेचियो भन्ने कुराको औषधि पसलेले अभिलेख गरेर मात्र दिनु पर्छ भन्ने औषधि ऐनमा व्यवस्था छ । यदि त्यस्तो नगरेमा कानुन अनुसार कारवाही हुने पनि व्यवस्था छ । तर हाम्रो देशमा कानुनको कार्यान्वयन प्रभावकारी ढंगले हुन नसक्नु संस्कारको रुपमा विकास भइसकेको छ ।

नक्कली डाक्टर क्वाएक्र्स को प्रभावहरु केके हुन सक्दछन् ?

अहिले जुन यो नक्कली डक्टरहरुको विगविगी भइरहेको छ जसमा चर्चित हस्पिटल देखि चिर्चित डाक्टर, विशेषज्ञ सम्म तानिएका छन् । बाहिर चर्चित हस्पिटल, डाक्टर सम्मको बोर्डहरुको राखिएको हुन्छन, जव सिकिस्त भएसकेको विरामीहरु जव उपचार गर्न जान्छन विरामीले उपचार खर्चमा जसरी पनि खर्च जुटाउछन् तर विरामीको अवस्था सुध्रनुको सट्टामा झन खराब बनाइदिने गर्दछन । नक्कली डाक्टरहरु सँग त्यस सम्बन्धमा पर्याप्त ज्ञान नभएको कारणले गर्दा औषधिको सही प्रयोग नगर्दा, मनपरी एन्टीबायोटिक प्रयोग गर्दा, लामो समय सम्म औषधिको प्रयोग गर्ने सल्लाह दिने कुरा रिस्की भई साइड इफेक्ट पर्न गई कतिपय विरामीमा एडिक्सन हुने, दुव्र्यसनमा फस्न सक्ने समस्याहरु पनि हुन सक्छन् ।

स्ट्यान्डर्ड मेडिकल साइन्सको रिमेडिजहरु भन्दा पनि उनीहरुले आफ्नै कमनसेन्स, आइडिया प्रयोग गरेर पनि उपचार गर्दछन् । यसले अर्काै के असर पार्छ भने डेट एक्सपाएर एन्टीबायोटिकहरु पनि सस्तोमा किनेर पनि चलाउने गर्दा पनि विरामीलाई झन बढी पिडा हुने , अरु रोगहरु थपिने गरेको देखिएको छ । अनावश्यक रुपमा पनि एन्टीबायोटिक प्रयोग गर्ने कारणले गर्दा जसको कारणले हाई लेवल अफ ड्रग रेजिष्ट्रेनस भएको छ जस्तो आजकल एन्टीबायोटिकले पनि रेरिष्ट गरेर नसकिरहेको व्याक्टेरियाहरु धेरै भन्दा धेरै शक्तिशाली हुदै गइरहेको अवस्था छ ।

ग्लोबल फाइट ड्रग एजेन्स भन्ने डब्लु एच ओ को मिसनलाई पनि असर पु¥याईरहेको छ , त्यो बाहेक यो पबिलक हेल्थको लागी पनि गम्भीर खतराको चिन्ह हो, त्यो बाहेक विरामीहरुलाई लुटिरहनु, विरामीको ज्यानै पनि जान सक्ने स्थिति हुन्छ ।

नेपालको सन्दर्भमा यसलाई रोक्न अदालतको भुमिका के हुन सक्छ वा कस्तो हुन आवश्यक छ ?

अदालतको भुमिकाको बारेमा भन्दा अदालत भनेको नागरिकको अभिभावक हो । यसको भुमिका रहन्छ नै । नेपालको संविधानमै स्वास्थ्य सम्बन्धी हक भनी राखेको छ । जस अन्तर्गत हरेक नागरिकले आकश्मीक स्वास्थ्य सेवा पाउनुपर्छ । त्यसै गरी बिरामीले आफ्नो बिराम वा रोग बारे र कुन औषधी प्रयो भईरहेको छ त्यसको पनि जानकारी पाउने पनि हक छ । यो परिवेशमा न्यायपालिकाको भुमिका महत्वपुर्ण नै रहेको हुन्छ । अहीले सम्म हाम्रो देशमा नक्कली डक्टर भनेको के हो कसलाई भन्ने परिभाषा नै कानुनी रुपमा गरीएको पाईदैन । भारतमा गरिएको परिभाष अनुसार आफ्नो ज्ञान भन्दा बाहीरको ज्ञान भएको भनी औषधी दीन थाल्नु वा कार्य गर्नलाई नक्कली डाक्टर वा क्वाएक्स भनिएको छ । त्यो भन्दा हाम्रो देशमा त डक्टर नै नपढेकाले पनि बोर्ड लगाएर डक्टर हु भनेको पाईन्छ । सुट टाई लगाएको भरमा डक्टर हु भनेको पाईन्छ, यस्तालाई पनि क्वाएक्स भन्नु पर्छ । यसरी स्पष्ट परिभाषित गरी यसको छुट्टै कानुन बनाई लागु गराउने र नागरिकको हक स्थापित गराउनु पर्दछ ।

अन्त्यमा केही छ भन्नै पर्ने वा सरकार वा सम्बन्धीत पक्षले गर्नै पर्ने ?

सर्बप्रथम हामीको मा नक्कली डक्टरको स्थिती पता लगाउनु पर्छ । त्यस पछी कस्तो रणनिती बनाएर अघि बढने भन्ने निर्णय गर्नुपर्छ त्यसै अनुसार अघि बढनुपर्छ । यसमा मेरो सुझाव के भने पहीला यसमा अध्ययन अनुसन्धान हुन आवश्यक छ । दोस्रो मेडिकल काउन्सीलले पनि सरकारलाई सहयोग गर्नुपर्छ । जस्तो कसैले अब म डक्टर बन्दीन भनेर राजिनामा दीन चाहेमा पनि किन गर्न खोज्दैछ भन्ने खोजी हुनु पर्ने देखिन्छ । कसैलाई कारवाही हुने भएपछी हतार हतार बच्न त्यस्तो गर्न लागेको भएमा राजिनामा लिनु भएन । गल्ती रहेछ भने सरकारलाई कारवाही गर्न सिफारीस सम् मगर्न सक्नु पर्ने हुन्छ । तेस्रो के गर्न सकिन्छ भने एउटा बायोमेट्रीक रजिस्टर प्रणाली लागु गर्न सकिन्छ । यो भनेको डक्टरहरुको अनलाईन दर्ता कार्य हो ।यसो गरेका कसैले पनि कुनै पनि डक्टर दर्ता भएको छ वा छैन हेर्न सक्छ । त्यस्तै एउटा गाईडलाईन बनाउन सकिन्छ । जस्तो महीनाको एक पटक भएपनि सबै अस्पतालहरुमा तलासी वा चेक गर्ने नियम बनाउन सकिन्छ र त्यसबाट प्राप्त परिणामको आधारमा अघि बढने काम सुरु गर्नु पर्छ ।

डा. रमेश पराजुली नेपालका एक मात्र मेडिकल जुरिसप्रुडेन्समा पिएचडि गरेका मेडिकल संग सम्बन्धीत कानुनका ज्ञाता नै मानिने कानुन ब्याबशायि हुन ।

Loading...

यसमा तपाइको मत

अन्र्तवार्ता बाट अन्य

मधेसी समुदायका नेपाली र सरकार विच संधै बिचौलियाले मात्र खेलिरहे: डा. अहिराज

Spread the loveसंविधान घोषणा संगै चर्कियो मधेस आन्दोलन, मधेसी जनताका उपयुक्त मागहरु सम्बोधन गर्न सरकारले पटक पटक प्रयास गर्यो तर समाधान हुन सकिरहेको छैन । हालै सरकारले फेरी संविधान संशोधन गरेर मधेशबादी दलहरुको माग...

कारवाहीको क्रममा राजिनामा दिएर भागेका लोकमान कसरी वन्न सक्छन अख्तियार आयुक्त: अर्याल

Spread the loveअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीको नियुक्ति गैह्र कानुनी भएको विषय अदालतमा विचाराभिन र सर्बत्र चर्चामा छ । कार्कीले गर्ने र गरेका काम पनि रिस–ईवी जोडिएको भन्ने आरोप पनी...

न्यायलय सुधारका लागि नेपाल बारको भुमिका कमजोर भयो: रजिस्टार पन्थी

Spread the loveअदालत भित्रका समस्याहरु, सेवाग्राहीका गुनासाहरु र कुन अदालतमा कसरी काम भईरहेको छ भन्ने जानकारी पाठक सामु राख्ने उद्देश्यका साथ बिभिन्न अदालतहरुमा पुगेर अदालतमा काम कारवाही कस्तो भईरहेको छ, कस्ता कस्ता योजनाहरु मार्फत...

न्यायले समाजलाई बिकास र दिगो शान्ति तर्फ अगाडि बढाउन सक्नु पर्छ :उपाध्याय

Spread the loveसंबैधानिक कानुनमा नेपाल ल क्याम्पस, त्रिभुवन बिश्वबिद्यालयबाट प्रथम श्रेणीमा एल.एल.एम उर्तिण गर्नु भएका अधिबक्ता लिलाधर उपाध्याय हालै सम्पन्न साधारण सभावाट संवैधानिक तथा न्यायीक पत्रकार मञ्च(Constitutional and Judicial Journalists’ Forum )को अध्यक्षमा निर्वाचित...

अनियमितता गर्ने कर्मचारीलाई तुरुन्त सुईक्याई दिन्छुः श्रेस्तेदार उप्रेती

Spread the loveन्याय दिने निकाय पनि भ्रष्टचारबाट मुक्त नहुनु, अदालतमा न्याय खोज्न गएका पिडित फैसला कुर्दा कुर्दै उल्टै पिडाको महसुस गर्नु, कर्मचारीहरुद्धारा सेवाग्राही प्रति वेवास्ता गरिनु, गुनासाहरु सुनाएपनि कुनै अर्थ नराख्नु जस्ता समस्या अदालतमा...

अदालतमा भ्रष्टाचार रोक्न जस्तोसुकै काम कारवाहीको लागि म पुर्ण प्रतिबद्ध छुः श्रेस्तेदार दाहाल

Spread the love भनिन्छ, लामो समय पछि वा घटनाको बर्षौ पछि दिईने न्याय पिडितलाई न्यायपाएको अनुभुती दिन सक्दैन । त्यसैले अदालतमा न्याय खोज्दै पुगेका पिडीतले समयमै न्याय पाउनुपर्छ वा समयमै मुद्दाको फैसला हुनुपर्छ । नेपालका...

कानूनको नक्कली हिरो मर्नै पर्छ

Spread the loveअधिवक्ता इन्जिनियर दिनेश चौधरी सामाजिक न्यायसँग सम्वन्धित विभिन्न विषयलाई अदालत र विभिन्न निकायमा उठाइरहने सामाजिक अभियानता हुन । उनले गरेका कार्य लगायत अन्य विषयमा नेपाल कानून सँग गर्नुभएको कुराकानी । तपाई सर्वोच्च अदालतमाथि...

कानूनी शासनको महत्वपुर्ण निकाय वन्दैछ महान्यायधिबक्ताको कार्यलय : फुयाल

Spread the loveहरि फुयाल बिगत तिन महीना देखी महान्याधिबक्ताको कार्यलयका प्रमुखको कार्यभार सम्हाल्दै आएका छन । तपाई यहाँ आए देखि अहीले सम्म के के कामहरु गर्नु भयो र के के महत्वपुर्ण कार्यहरु हुदैछन त...

खारेज मात्र गर्न मिल्ने सन्धीलाई सुधारबारे सल्लाह दिने जिम्मेवारी दिईएको प्रबुद्ध समुह नै अबैधानिक छः श्रेष्ठ

Spread the loveनेपाल भारत बिचको सिमा बिबाद, अन्य सम्बन्ध र सुधार साथै १९५० को सन्धी र हालै यसबारे चलिरहेको बहस, यस्को सुधार गर्न जिम्मेवारी दिईएको प्रबुद्ध समुह लगायतका सम्बन्धमा, यो सन्धी संशोधन, पुनरावलोकन, यथावत...

विचौलिया र कार्यलयमा भएको अनियमितता निर्मूल पारेरै छोड्छुः सह–न्यायधिवक्ता डा. घिमिरे

Spread the loveअसार १३ गते काठमाण्डौ जिल्ला सरकारी वकिलको कार्यलयमा बिशेषवाट विभिन्न गुनासो उजुरी आए पश्चात खटाइनु भएका डा. टेकबहादुर घिमिरे संग नेपाल कानूनले गरेको कुराकानी । तपाई सरकारी वकिल कार्यलयमा औपचारिक रुपमा आएको कति...