अदालतमा अनियमितता रोक्‍न प्रभावकारी संयन्त्र

Loading...
Spread the love
असार ३१, काठमाण्डौ ।  न्यायपालिकामा अनियमितता भएको व्यापक गुनासो आउन थालेपछि नियन्त्रणका लागि तीनै तहमा प्रभावकारी संयन्त्र स्थापना गरिने भएको छ। यही साउन १ गतेदेखि लागू हुने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनामा अनियमितता नियन्त्रणका लागि सर्वोच्च अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतमा संयन्त्र स्थापना गरिने उल्लेख छ। आजको अन्नपूर्णमा खबर छापिएको छ ।
supreme court of nepal
विगत योजनाको समीक्षासहित न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना लागू हुने भएको हो। सर्वोच्च अदालतका प्रवक्ता श्रीकान्त पौडेलले बुधबार बस्ने फुलकोर्टले रणनीतिक योजना पारित गर्ने जानकारी दिए ।
योजनाको मस्यौदा तयार गर्ने एक अधिकारीका अनुसार यस्तो संयन्त्र निर्माण गर्दा कार्यविधि भने अदालतका तीनै तहले आफैं बनाउनेछन्।  अदालतमा अनियमितता बढेको व्यापक गुनासो आएका कारण सेवाग्राहीको हितलाई ध्यानमा राखी यस्तो संयन्त्र बनाउन प्रस्ताव गरिएको ती अधिकारीले बताए । मस्यौदामा गुनासो सुन्‍ने प्रभावकारी संयन्त्र पनि स्थापना गरिने उल्लेख छ। सर्वोच्च अदालतमा गुनासो सुन्न अधिकृतस्तरमा संयन्त्र भए पनि यो त्यति प्रभावकारी छैन ।
योजना कार्यान्वयनका लागि २० अर्ब ६१ करोड ३२ लाख ४४ हजार रुपैयाँ आवश्यक पर्ने अनुमान छ। २०६१ सालदेखि पहिलो र २०६६ देखि दोस्रो योजना लागू भएको थियो। यही असार मसान्तदेखि दोस्रो योजना सकिँदैछ ।
नयाँ योजनाअनुसार आर्थिक रूपले विपन्न वर्गका लागि न्यायिक सेवा दस्तुरमा पुनरावलोकन गरिनेछ। योजनाले झन्झटिलो न्यायिक कार्यविधिमा सुधार गर्ने लक्ष्य पनि लिएको छ। पिछडिएको वर्गका लागि अदालतले दिने गरेको कानुनी सहायता थप प्रभावकारी बनाइने योजनामा उल्लेख छ। यस्तै विवाद समाधानको वैकल्पिक मार्ग मेलमिलाप पद्धतिलाई पनि योजनाले जोड दिएको छ ।
आधुनिक मापदण्डअनुरूप भौतिक संरचना खडा गर्ने र फैसला कार्यान्वयन प्रक्रिया प्रभावकारी बनाउन विशेष अभियान अघि बढाइने पनि योजनामा उल्लेख छ । यसैगरी न्याय सम्पादन छिटोछरितो गर्ने तथा न्यायिक प्रक्रिया अनुमान योग्य बनाउने योजना छ। न्यायमा पहुँच बढाउँदै जनआस्था अभिवृद्धि गर्ने कार्यक्रम पनि योजनामा छन्। योजना कार्यान्वयनका लागि ‘छिटोछरितो न्याय, सबैका लागि न्याय’ नारा तय गरिएको छ। योजनाले उत्तरदायित्व र उत्पादकत्वमा जोड दिएको छ। न्यायको गुणस्तरीयता योजनाको मूल लक्ष्य छ ।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...