न्यायले समाजलाई बिकास र दिगो शान्ति तर्फ अगाडि बढाउन सक्नु पर्छ :उपाध्याय

  • - लिलाधर उपाध्याय
  • Loading...
    Spread the love

    Liladhar Upadhyayaसंबैधानिक कानुनमा नेपाल ल क्याम्पस, त्रिभुवन बिश्वबिद्यालयबाट प्रथम श्रेणीमा एल.एल.एम उर्तिण गर्नु भएका अधिबक्ता लिलाधर उपाध्याय हालै सम्पन्न साधारण सभावाट संवैधानिक तथा न्यायीक पत्रकार मञ्च(Constitutional and Judicial Journalists’ Forum )को अध्यक्षमा निर्वाचित हुनुभएको छ । मञ्च न्यायपालिकाको क्षेत्रमा कलम चलाउने पत्रकारहरुको छाता संगठन हो । अंग्रेजी बिषयमा त्रि. बि. बाट एम.ए. र अमेरिकाबाट द्धन्द्ध ब्यवस्थापन र शान्ति निर्माणको कोर्स समेत अध्ययन पुरा गर्नुभएका उपाध्याय द राइजिङ्ग नेपाल अंग्रेजी दैनिकका उप–सम्पादक हुनुहुन्छ । उहाँ बिगत १३ बर्ष देखी न्याय क्षेत्रमा कलम चलाउदै आउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्ष पदमा नव निर्वाचित उपाध्यायसंग नेपाल कानुन डट कम ले संक्षिप्त रुपमा गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरीएको छ ।

    कानुनी पत्रकार मञ्चको भरखरै अध्यक्ष निर्बाचित हुनु भएको छ, खास यो मञ्च के हो र के गर्दछ ?

    संवैधानिक तथा न्यायिक पत्रकार मञ्च न्याय क्षेत्रमा कलम चलाउने तथा रेडियो, अनलाइन, दैनिक, साप्ताहिक, टि.भि. आदि मिडियामा नियमित रिर्पोटिङ्ग गर्ने पत्रकार हरुको साझा संस्था हो । यसले यस क्षेत्रमा काम गर्ने पत्रकारहरुको हक हित र अधिकारको संरक्षण, क्षमता र दक्षता अभिबृद्धि गर्ने काम गर्दछ । यस मञ्चको अर्को काम न्यायपालिकामा हुने बिकृति बिसंगति आदिको अन्त्यका लागी पहरेदारको (Watchdog) को रुपमा काम गर्नू हो । यसका अतिरिक्त यस मञ्चले न्यायपालिका र नेपाल बार एशोसियसन संग मिलेर न्याय क्षेत्रको सुधारको लागी बिभिन्न खालका रचनात्मक कार्य गर्दछ ।

    अन्य बिट र कानुन क्षेत्रको समाचार संकलन, रिपोर्टिङ्ग मा के अन्तर पाउनु भएको छ ?

    रिर्पोटिङ तथा अन्य बिधामा प्रयोग हुने बिधि यस बिटमा प्रयोग हुन्छन तर यसका अतिरिक्त कानुनी क्षेत्रको ज्ञान, सिप, आचारसंहिता, नियम र कानुनको ज्ञान हुनु यस क्षत्रमा काम गर्ने पत्रकारमा हुनु जरुरी छ । त्यो कुरा अध्ययन, नियमीत अभ्यास, तालिम आदिले परिपूर्ति गर्दछ । यसको अर्थ कानुनको औपचारिक शिक्षा अनिवार्य हुनुपर्दछ भन्ने होइन हामीकहाँ कानुनको औपचारिक शिक्षा नभएका पत्रकारहरुले पनि न्यायपालिकाको रिर्पोटिङमा जमेका उदाहरण छन् ।

    कानुन क्षेत्रमै सिमीत भएर गरीएको पत्रकारीतालाई लिगल प्रोफेसन भन्न मिल्छ ?

    कानुनको क्षेत्रमा सिमीत भएर गरीएको रिर्पोटिङलाई लिगल प्रोफेसन भन्न मिल्दैन किनकी कानुन ब्यवसाय र पत्रकारीता फरक पेशा हुन । तथापी यि दुई पेशा बिच सम्वन्ध भने बिभिन्न तरीकाले जोड्न सकिन्छ र संबन्ध पनि रहेको छ ।

    कानुन बिटमा समाचार लेख्नेहरु कानुनकै बिद्यार्थी हुनु पर्छ कि पर्दैन ?

    यो बिटमा काम गर्ने पत्रकारहरु कानुनकै बिद्यार्थी हुनु जरुरी छैन तर कानुन क्षेत्रको सामान्य ज्ञान, जस्तै ऐन नियम र प्रक्रियाको सामान्य ज्ञान भएमा त्यो पुर्ण हुन्छ । त्यसको लागी कानुनको औपचारिक शिक्षा भने अनिवार्य छैन ।

    कतिपय अदालतमा बिचाराधिन मुद्दा मिडीयामा चर्को रुपमा आए पश्चात अदालतलाई पनि मिडियामा आएको आधारमा फैसलामा प्रभाव पर्न सक्ब्छ यो कुरालाई पत्रकारले कति ख्याल गर्नु पर्छ ?

    अदालतमा रहेका बिचाराधिन मुद्दा लाई मिडिया ट्रायल गर्ने कार्य भएका उदाहरण हामी कहाँ र बिश्वमा नभएका होइनन । यसरी बिचाराधिन रहेका मुद्दालाई मिडियामा ल्याएर प्रभाव पार्ने कार्य पत्रकारीताको आचारसंहिता र बर्तमान नियम कानुनको बिपरित हो । कोहि पनि पत्रकारले त्यसो गर्नु हुदैन । अदालतको गरीमा, निष्पक्षता, स्वच्छता आदिलाई पत्रकारले सम्मान गर्नु पर्दछ । जहाँ सम्म मिडियाको बिचाराधिन मुद्दामा प्रभाव भन्ने कुरा छ यस किसीमका मिडियाको प्रभावबाट न्यायपालिका टाढा रहनु पर्दछ । अर्थात अदालतको फैसलामा कुनै किसीमको प्रभाव पार्नु वा पारिनु हुदैन ।

    फैसला नआए सम्म कसैलाई पनि निअपराधी ठान्नु पर्छ भनिन्छ । कानुनी मान्यता र पत्रकारिता ठिक उल्टो भएन र ?

    हो हामीकहाँ कोहि मानिस प्रहरीले पक्रिदा उसलाई अपराधि सरह ब्यवहार गर्ने र त्यहि किसीमको सुचना सार्वजनिक गर्ने गरिन्छ । यो अभ्यास आफैमा गलत छ । सक्षम अदालतले उसमाथि फैसला नगर्दा सम्म वा दोषि नठहराउदा सम्म कुनै नागरिकको ब्यक्तिगत स्वतन्त्रता र स्वाभिमानमा आँच आउने कार्य मिडिया र अन्य पक्षबाट पनि हुनु हुदैन । त्यसैले यसमा पत्रकार बढि सचेत हुनु पर्दछ । प्रहरीले पनि त्यस्ता ब्यक्तिलाई पक्रदा, अनुसन्धान गर्दा वा सार्वजनिक गर्दा उनिहरुको ब्यक्तिगत स्वतन्त्रता र स्वाभिमानलाई सम्मान गर्नु पर्दछ । हामीकहाँ प्रहरीले पनि त्यसरी नै सार्वजनिक गर्ने गर्दछ त्यो गलत छ ।

    कतिपय मेनस्ट्रिम मिडियाहरुले पनि कानुन संग सम्वन्धित समाचार प्रकासन गर्दा गलत शब्दको संयोजन गरेको पाईन्छ यस प्रकारको समस्या समाधान गर्न के विकल्प हुन सक्छ ?

    हो, कतिपय मिडियामा कानुनी शब्दहरुको जानेर वा नजानेर गलत प्रयोग भएको हामी पाउँछौ । त्यसको निराकरणको लागी लगातारको अनुभव, अध्ययन, अभ्यास, तालिम, गोष्ठि, अभिमुखिकरण जस्ता कार्य न्यायपालिका, मिडिया हाउस र पत्रकार स्वयंले गर्नु गराउनु पर्ने हुन्छ । त्यो एकदम कम मात्रामा हुने गरेको छ । यस मञ्चले यस बारेमा पर्याप्त मात्रामा छलफल गरी कार्ययोजना अगाडि सार्दैछ ।

    न्याय क्षेत्रको समाचार संकलनको लागी आधारभूत दक्षता तथा कानुनी रिर्पोटिङका अन्य चुनौति के के छन् ?

    हो, यस खालको समाचार संकलन गर्न आधारभूत चुनौतिहरु छन् । अनुभवि ब्यक्ति लामो समय सम्म पत्रकारितामा नटिक्नु, पत्रकारको बिट परिर्वतन हुनु, नयाँ लाई अभ्यस्त हुन समय लाग्नु, पत्रकारिताको आधारभूत ज्ञानको अलावा कानुनी क्षेत्रको पनि सामान्य ज्ञानको अभाव हुनु, मिडिया हाउसले पनि अदालतको गरिमा र यसको प्राबिधिक पक्ष नबुझ्नू, न्यायपालिकाको समाचारले उचित प्राथमिकता नपाउनु आदि यसका चुनौतिहरु हुन ।

    कतिपय प्लस टु सम्म नसकेका र पत्रकारिता नपढेका पनि पत्रकार छन् यो वास्तवमा समस्या हो वा होइन के लाग्छ ?

    पत्रकारिता भनेको ज्ञान, सिप, अध्ययन र निरन्तर अभ्यासको संगम हो । समय क्रम संगै पत्रकार हरुले आफुलाई आवश्यक पर्ने औपचारिक, अनौपचारिक ज्ञान, सिप, तालिम आदि प्राप्त गर्नु पर्दछ । अवका दिनहरुमा त्यस्ता ब्यक्ती औपचारिक मिडियामा कम हुदै गइरहेकाछन वा उनिहरुले आफुलाई चाहिने शिक्षा प्राप्त गर्ने प्रयासलाई निरन्तरता दिएको हामी पाउँछौ समय क्रममा यस्ता समस्या आफै समाधान हुदै जानेछन ।

    नेपालको न्यायप्रणालि र न्याय निरुपणका पक्षमा तपाँईले देख्नु भएका समस्या के के हुन ?

    पत्रकारिता सँधै स्वतन्त्र, सक्षम र समय अनुसार सुधारिएको न्यायपालिकाको पक्षमा छ । उनिहरु यस क्षेत्रमा निरन्तर लाग्नु पनि सिङ्गो न्यायपालिकाको सुधारको लागी हो भनि बुझ्नु पर्छ । न्यायका धेरै आयामहरु छन् यि मध्ये अदालतबाट मुद्दा फैसला गर्नु मात्र न्याय होइन, न्याय त अनूभुति गर्ने खालको हुनुपर्छ । न्यायले समाजलाई प्रगति बिकास र दिगो शान्ति तर्फ देशलाई अगाडि बढाउन सक्नु पर्छ । न्यायपालिका त्यसको लागी सशक्त एक माध्यम हो । यो साधन हो साध्य होइन । यि सवै कुरालाई आम जनता, पत्रकार, बुद्दिजिवी, शिक्षक, वकिल आदि सवैले योगदान गरेमा मात्र समाजमा वास्तविक न्याय स्थापित गर्न सकिन्छ ।

    Loading...

    यसमा तपाइको मत

    अन्र्तवार्ता बाट अन्य

    मधेसी समुदायका नेपाली र सरकार विच संधै बिचौलियाले मात्र खेलिरहे: डा. अहिराज

    Spread the loveसंविधान घोषणा संगै चर्कियो मधेस आन्दोलन, मधेसी जनताका उपयुक्त मागहरु सम्बोधन गर्न सरकारले पटक पटक प्रयास गर्यो तर समाधान हुन सकिरहेको छैन । हालै सरकारले फेरी संविधान संशोधन गरेर मधेशबादी दलहरुको माग...

    कारवाहीको क्रममा राजिनामा दिएर भागेका लोकमान कसरी वन्न सक्छन अख्तियार आयुक्त: अर्याल

    Spread the loveअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिहं कार्कीको नियुक्ति गैह्र कानुनी भएको विषय अदालतमा विचाराभिन र सर्बत्र चर्चामा छ । कार्कीले गर्ने र गरेका काम पनि रिस–ईवी जोडिएको भन्ने आरोप पनी...

    न्यायलय सुधारका लागि नेपाल बारको भुमिका कमजोर भयो: रजिस्टार पन्थी

    Spread the loveअदालत भित्रका समस्याहरु, सेवाग्राहीका गुनासाहरु र कुन अदालतमा कसरी काम भईरहेको छ भन्ने जानकारी पाठक सामु राख्ने उद्देश्यका साथ बिभिन्न अदालतहरुमा पुगेर अदालतमा काम कारवाही कस्तो भईरहेको छ, कस्ता कस्ता योजनाहरु मार्फत...

    अनियमितता गर्ने कर्मचारीलाई तुरुन्त सुईक्याई दिन्छुः श्रेस्तेदार उप्रेती

    Spread the loveन्याय दिने निकाय पनि भ्रष्टचारबाट मुक्त नहुनु, अदालतमा न्याय खोज्न गएका पिडित फैसला कुर्दा कुर्दै उल्टै पिडाको महसुस गर्नु, कर्मचारीहरुद्धारा सेवाग्राही प्रति वेवास्ता गरिनु, गुनासाहरु सुनाएपनि कुनै अर्थ नराख्नु जस्ता समस्या अदालतमा...

    अदालतमा भ्रष्टाचार रोक्न जस्तोसुकै काम कारवाहीको लागि म पुर्ण प्रतिबद्ध छुः श्रेस्तेदार दाहाल

    Spread the love भनिन्छ, लामो समय पछि वा घटनाको बर्षौ पछि दिईने न्याय पिडितलाई न्यायपाएको अनुभुती दिन सक्दैन । त्यसैले अदालतमा न्याय खोज्दै पुगेका पिडीतले समयमै न्याय पाउनुपर्छ वा समयमै मुद्दाको फैसला हुनुपर्छ । नेपालका...

    कानूनको नक्कली हिरो मर्नै पर्छ

    Spread the loveअधिवक्ता इन्जिनियर दिनेश चौधरी सामाजिक न्यायसँग सम्वन्धित विभिन्न विषयलाई अदालत र विभिन्न निकायमा उठाइरहने सामाजिक अभियानता हुन । उनले गरेका कार्य लगायत अन्य विषयमा नेपाल कानून सँग गर्नुभएको कुराकानी । तपाई सर्वोच्च अदालतमाथि...

    कानूनी शासनको महत्वपुर्ण निकाय वन्दैछ महान्यायधिबक्ताको कार्यलय : फुयाल

    Spread the loveहरि फुयाल बिगत तिन महीना देखी महान्याधिबक्ताको कार्यलयका प्रमुखको कार्यभार सम्हाल्दै आएका छन । तपाई यहाँ आए देखि अहीले सम्म के के कामहरु गर्नु भयो र के के महत्वपुर्ण कार्यहरु हुदैछन त...

    नक्कली डाक्टरका सबै प्रमाणपत्र स्वतः खारेज हुन्छनः डा. पराजुली

    Spread the loveनक्कली डाक्टरहरुको बिगबिगी बढदै गएको र पक्राउ परि त्यो प्रकरण अदालत सम्म पुगिसकेको छ । अदालतले के फैसला गर्ला भन्ने चाही अनुमानमै सिमीत रहेका बेला, नक्कली डाक्टर को हुन, यस्ता डाक्टरलाई के...

    खारेज मात्र गर्न मिल्ने सन्धीलाई सुधारबारे सल्लाह दिने जिम्मेवारी दिईएको प्रबुद्ध समुह नै अबैधानिक छः श्रेष्ठ

    Spread the loveनेपाल भारत बिचको सिमा बिबाद, अन्य सम्बन्ध र सुधार साथै १९५० को सन्धी र हालै यसबारे चलिरहेको बहस, यस्को सुधार गर्न जिम्मेवारी दिईएको प्रबुद्ध समुह लगायतका सम्बन्धमा, यो सन्धी संशोधन, पुनरावलोकन, यथावत...

    विचौलिया र कार्यलयमा भएको अनियमितता निर्मूल पारेरै छोड्छुः सह–न्यायधिवक्ता डा. घिमिरे

    Spread the loveअसार १३ गते काठमाण्डौ जिल्ला सरकारी वकिलको कार्यलयमा बिशेषवाट विभिन्न गुनासो उजुरी आए पश्चात खटाइनु भएका डा. टेकबहादुर घिमिरे संग नेपाल कानूनले गरेको कुराकानी । तपाई सरकारी वकिल कार्यलयमा औपचारिक रुपमा आएको कति...