गुफलेडीको गोठमा एकाविहानै देखिएको फरक दृश्य

हत्यारा कहील्यै पत्ता नलाग्नुको पिडा

Loading...
Spread the love

nepal kanoonकसैलाई थाहा थिएन, बस्तुभाउ रहने गोठमा एउटी बेहोस महिला पल्टीरहेकी थिईन । सानी एउटा बालिका आमा उठ भन्दै कराई रहेकी थिईन । ति बालिकाले धेरै उठाउने प्रयास गरिन तर महिला उठिनन । ति बेहोस महिला ति बालिकाका मृत आमा थिईन, उनको बाल मस्तिस्कले छुट्याउन सकेको थिएन उनी लासलाई उठाउने प्रयास गर्दै थिईन । राति आमा सँगै सुतेका छोराछोरी आमालाई उठाउन खोज्दै थिए, राति के भयो उनीहरुलाई केही थाहा थिएन ।

त्यो थियो, गुफलेडीको गोठमा एकाविहानै देखिएको फरक दृश्य । आमा नउठे पछि ति बालिकाले छिमेक कि एक महीला पिल्ठु राउत सँग आफ्नी आमालाई उठाई देउ भन्दै गुहार मागिन । उनी उठाउन आईन तर पनि मनी राउत उठिनन, उनी कहील्यै नउठने गरी सुति सकेकि थिईन । पिल्ठुले नउठेपछि मरी सकेको थाहा पाईन । उनका रोईरहेका छोराछोरी लाई आफ्नो गोठमा ल्याएईन तर उनले पनि केही बुझिनन यहाँ के भयो, वा उनी कसरी मरिन वा कस्ले मार्यो ।

घटना हो २०४२।५।५ का राती बाजुरा डोगडीको । त्यति सबै देखे पछि मनिले अरुलाई खबर गरिन । पिल्ठुको टाउकोमा गहीरो घाउ थियो । चारै तिर रतग छचल्कीरहेको थियो । निकै डर लाग्दो हत्या जस्तो पिल्ठुको रक्ताम्य दृश्य देखिएको थियो । मृतकको नाक, कानमा लगाएको सुनको गहना पनि थिएन । मृत्युको कारण र हत्यारा को होला भन्ने कुराको मान्छेको मनको अनुमान बाहेक बाँकी जताततै शुन्य छाएको थियो । सबैलाई अशह्य पिडा थियो आफ्नै गाउमा आफ्नै गोठमा सुतेकी पिल्ठु रातभरमा निजिर्व भईसकेकी थिईन ।

यो सब भएपछि मृतकका देवर चक्रबहादुर राउतले दर्खास्त दिन्छन । प्रहरीले पनि हेर्छ र धारिलो हतियार प्रयोग गरि हत्या गरिएको मुचुल्का बनाउछ अनी सुरु हुन्छ अदालतबाट न्याय खोज्ने प्रक्रिया ।

हत्यारा को हो कसैलाई तोक्न सकिने अबस्था नभएपछि मृतकका परिवारबाट को प्रति शंका छ वा अन्य केही आधारहरु खोज्दै प्रहरीले गाउकै एक जना सेते राउत माथि अनुसन्धान सुरु गर्छ । जस सँग मृतक र उनका श्रीमान सँग गाई भैसीले बाली खाएको निहुमा झगडा भएको पनि रहेछ ।

प्रहरी सँगको बयानमा उनले स्विकार गर्दै बयान दिए । उनकै बयानको आधारमा, उनको गोठ मृतकको गोठदेखि उत्तरतर्फ छ । उनी त्यस रात आफ्नो गोठमा जुने राउतसँग सुतेको थिएँ । मृतकको लोग्ने मृतकको साथमा गोठमा थिएनन । अभियुक्तकी स्वास्नी नभएकाले करणी गर्ने आसयले बन्चरो साथमा लिई मृतकको गोठमा राती १२ बजे गए । पिल्ठुले मानिनन र भोलिपल्ट हल्ला गर्लिन भन्ने डर राउतलाई लाग्यो । त्यसपछि उनले भोली सबैलाई भनेपछि आफुले भोग्नु पर्ने डरका कारण साथमा रहेको बन्चरोले मृतकको टाउकोमा १ चोटी प्रहार गरे । उनी मर्नै लागेको घाईते भए पनि ज्युदै जस्तो माने पछि कति चोटी प्रहार गरे थाहा छैन मात्र बन्चरो प्रहार गरिरहे ।

सेते राउतले गरेको साविती बयान र सरजमीनका व्यक्तिहरुको किटानी समेतबाट धारिलो हतियार प्रयोग गरी सेते राउतले पिल्ठुलाई कर्तव्य गरी मारेको भन्दै सेते राउतलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँ गरिपाउँ भनी प्रहरीले प्रतिबेदन पेस गर्छ ।

तर अदालतमा मुद्दा चल्न सुरु भए पछि सबैका कुरा फरक हुन्छन । सबैले अदालतको अगाडि निकै विवेक र संयमताका साथ बोल्न सुरु गर्ने हाम्रो प्रचलन हो जुन सम्बन्धीत ले सिकाउछन पनि । अभियुक्तले प्रहरीमा डरको कारण मात्र पिल्ठुलाई मारेको हुँ भनी बयान गरेको तर मैले मारेको हैन भनेर बयान दिए । प्राय केसहरुमा यस्तै हुन्छ नै प्रहरीलाई दिएको बयान नै झुटो हो भनेर अदालत सामु भन्ने प्रचलन नै छ ।

तै पनि बाजुरा जिल्ला अदालतले सेते राउतले पिल्ठु राउतलाई करणी गर्न नदिएको कारणबाट फलामको बन्चरो प्रहार गरी मारेकोले अपराध गरेको ठहर्छ भनी फैसला सुनायो ।

तर सेती अञ्चल अदालतले फौजदारी न्याय सिद्धान्त अनुसार शंकाको भरमा कसूरदार ठहर गर्न नमिल्ने तर्क राख्यो । शंकाको आधारमा जिल्ला अदालतले फैसला गरेको भन्दै प्रतिबादी सेते राउतलाई सफाई दिने फैसला गर्यो । कथा यहा नै सकिएन, बाँकी रहेका सबै अदालत सम्म न्याय खोज्न जानै पर्ने हाम्रो कानूनी बाध्यता र अधिकार पनि हो ।

सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतका अनुसार प्रतिबादी सेते राउतले प्रहरीमा गरेको साविती समर्थित हुनसक्ने अन्य कुनै प्रमाण छैन । प्रहरीको साविती प्रमाण मान्न नसकिने । यसकारण सेते राउतलाई सफाई दिने सेती अञ्चल अदालतको फैसला मनासिब छ ।

सर्बोच्चका अनुसार मृत्युको कारण कर्तब्य ज्यान नै हो । तर कर्तव्यवाला को हो भन्ने तर्फ प्रश्न छ । करणी गर्न जाँदा बन्चरो लिई जानु पर्ने अवस्था र मरी सकेपछि गहना लिएको भन्ने बयान सबूद प्रमाणहरुबाट पुष्टि नभएसम्म मिल्दो र पत्यार लाग्दो भन्न मिल्दैन । प्रतिवादीले कसूर गरेको देख्ने प्रत्यक्षदर्शी साक्षीहरु पनि कोही देखिँदैनन् । सरजमीनका व्यक्तिहरुले युक्ति युक्तपूर्ण कानूनसंम्मत रुपमा शंका देखाउन सकेको पाइदैन । दाखेल भएको भनिएको बन्चरो प्रतिवादीकै हो र त्यसैले नै पिल्ठुलाई मार्न प्रयोग गरिएको थियो भन्ने कुरा सबूद प्रमाणबाट समर्थित हुनसकेको छैन ।

त्यस्तै प्रतिवादीले प्रहरी समक्ष गरेको साविती बयान पुष्टि र समर्थित हुनसक्ने कुनै पनि स्वतन्त्र सबूद प्रमाण वादी पक्षबाट पेश गर्न सकेको देखिदैन तसर्थ प्रतिवादीले नै पिल्ठुलाई मारी कर्तव्य गरेको ठहर गर्न सबूद प्रमाणको अभावको कारणबाट नमिल्ने भन्ने समेतको आधारमा सेती अञ्चल अदालतले प्रतिवादी सेते राउतलाई अभियोगबाट सफाई दिने गरी गरेको फैसलालाई सदर गर्ने गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ ।

यो फैसला न्यायधिस रुद्रबहादुर सिंहको ईजलासले गरेको थियो । वि.सं. २०४६ साल जेष्ठ १७ गते यो फैसला भएको थियो ।

यहाँ साविती बयानलाई इन्कार गरे पनि प्रहरीले कुटपीट नगरी बयान गराएको भनेकाले उक्त बयान स्वइच्छाको हुँदा प्रमाण लिनु पर्ने भन्ने तर्कलाई गलत भन्न सकिदैन । त्यस्तै प्रतिवादीले कुटपीट नगरी बयान गराएका हुन् भनी अदालतमा बयान गरेकाले प्रहरी समक्ष निजले गरेको बयान स्वेच्छाले गरेको भन्ने देखिएको र मृतकको लोग्नेले प्रतिवादीले मारेकोमा विश्वास प्रकट गरेको र सरजमीन समेतले गडाउ गरेको र लाश प्रकृति मुचुल्का समेतबाट प्रतिवादीलाई सफाई दिन नमिल्ने भन्ने पुनरावेदन जिकिर पनि यसै मुद्दामा भेटिन्छ ।

यि कुराहरुले पनि फैसलामा कतै भुमिका लिनु पर्ने होईन र ? त्यस्तै एक जना माथि कारवाही सुरु गरियो तर उ अदालत मार्फत निर्दोस पुष्टि भयो । हो अभियुक्त निर्दोस होलान तर कोही त दोषी छ नै । पत्ता लगाएर सजाय गर्नु पर्ने काम कस्को ? सर्बोच्च सम्म न्याय खोज्दै पुगेका पिडितहरु अब के न्याय पाएको अबस्थामा छन त ? मुद्दा लडदा लडदै भएको केही गुमाएका र झन पिडित भएका पिडीत पनि रहन्छन भने राज्यले के सोच्न पर्दैन ? न्याय दिने निकायले पनि यो बिषयमा केही पिडितलाई राहात दिने काम गर्न सक्छ कि ? तर जे होस त्यो घटना भएकै हो, कसैले हत्या गरेकै हो, मान्छे मारिएकै हुन, अपराध भएकै छ, अपराधले कसैलाई अन्यायमा पारेकै छ ।  तर न्याय पाएका छैनन,  न्यायको अनुभव गरेका छैनन यो घटनामापिडितले, यि सबै कुरा सत्य हुन ।

फौजदारी कानुनको सिदान्तले पनि जेल सजाय लगायतका कडा सजायहरु गर्नलाई स्विकार गर्नुको उद्देश्य पनि गम्भीर सामाजिक असर पर्ने अपराधहरु रोक्नु र फेरी दोहोरीन नदीनकै लागि हो । प्रमाण बाट पुष्टि नहुदा सम्म कसैलाई सजाय गर्न पाईदैन तर कसैलाई दोषि पुष्टि गरी कारवाही गर्न सक्नु पर्छ यदि सजायको डर देखाई अपराध रोक्ने उद्देश्य राज्य वा न्यायलयको भएपनि । त्यस्तै पिडितलाई न्यायको अनुभुति दिन दोषि प्रमाणीत र सजाय मुख्य कार्य हो त्यो सकिएन तर पिडितको पिडालाई ध्यानमा राखि कुनै पनि उपचार गर्दा मात्र पिडित परिवारले अनुभव गर्ने किसिमको न्याय हुन्थ्यो, भन्ने कुरा अवको आवश्यकता रहेको बिबिध घटनाहरुले देखाउछन ।

Loading...

यसमा तपाइको मत

फैसला विश्लेशण बाट अन्य

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो …

Spread the loveसम्माननीय बलत्कारी ज्युँ । तपाईंका यस्ता कार्यको सम्मान स्वरूप मलाई केही शब्द लेख्नु मन लाग्यो । बलत्कार पछि हत्या हुनु मेरो विचारमा राम्रै हो । तपाईं त बलत्कार गरेर फरार हुनु होला , माथि माथि चिनेका...

गाली बेइज्जती र अपमानजनक शब्द प्रयोग गरेमा जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...

नेपाली नोट वा सिक्कामा केरमेट गरे जेल

Spread the loveकाठमाडौं: देशमा कानूनी शासन स्थापित गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै राज्यले यो संहिता ल्याएको हो । संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका...