यसरी हुन्छ नाचघरमा नाटक प्रर्दशन सितैमा

Loading...
Spread the love

कतिपय रंगमञ्चको कलाकार छन वा कतिपय सास्कृतिक उत्थान तथा सामाजिक कार्यको लागि नाटक पस्तुत गर्न चाहान्छन । राजधानीमा नाटक प्रदर्शन, त्यसमा पनि नेपालको राष्ट्रिय नाचघरमा अनी सित्तैमा । कमाउनका लागि नाटक देखाउदा त पैसा तिरेर नै थ्रिएटर पाए पनि ठिकै हो तर सामाजिक कामको लागि वा सास्कृतिक जागरणको लागि नाटक प्रर्दशन गर्नुपर्ने हुन सक्छ, त्यस्तो बेला सित्तैमा ठाँउ भएको भए वा सित्तैमा थ्रिएटर पाएको भए भन्ने पनि कयौ होलान ।

त्यति मात्र हैन कसरी नाचघरमा नाटक देखाउने, का जाने, कसरी पाउने,  कस्ता नियम होला सोच्दै हुनुहुन्छ भने यस सम्बन्धी रहेको कानुनी ब्यबस्था यहाँ प्रस्तुत गरिएको छ । नाचघरको बहाल सम्बन्धमा ब्यबस्था गर्न बनेको नाट्यशाला (बहाल नियन्त्रण) नियम २०१७ मा यस सम्बन्धी प्रक्रिया र नियमहरु उल्लेख गरिएको छ ।

नाचघरमा नाटक प्रर्दशन गर्न सबै भन्दा पहीला इजाजतपत्र लिनु पर्छ । नाट्यशालामा नाटकको प्रदर्शन गर्न गराउन चाहने व्यक्तिले नाटक बारे सबै कुरा स्पष्ट खुलाइ नाटकको प्रदर्शन गर्नुभन्दा सात दिन अगावै दरखास्त दिनु पर्छ । निबेदनमा नाटक के का लागि वा कुन उद्देश्यको लागि जस्तो: सास्कृतिक उत्थानको निमित्त वा ब्यावशाय वा मनोरन्जनको लागी हो भन्ने खुलाउनु पर्छ । त्यस्तै टिकट लगाई वा नलगाई देखाइने, सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोष जम्मा गर्नलाई देखाइने, वा व्यवसाय वा मनोरञ्जनको निमित्त टिकट लगाएर देखाइने हो त्यो पनि निबेदनमै खुलाएर दिनु पर्छ ।

साथै नाटक प्रदर्शन गर्ने अवधि र समयको बारेमा पनि उल्लेख गर्नुपर्छ । यसरी दिईएको दर्खास्त अनुसार अधिकारीले कानुन बमोजिम निश्चीत समयको निमित्त इजाजतपत्र दिनेछन ।

सामान्यतया इजाजतपत्र लिने व्यक्तिले दैनिक ने.रु. ५०।– का दरले बहाल बुझाउनु पर्छ । तर सास्कृतिक उत्थानको निमित्त टिकट नलगाई वा सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोषमा जम्मा गर्नलाई देखाइने नाटकको निमित्त बहाल लाग्दैन वा निशुल्क नै पाईन्छ ।

त्यस्तै सास्कृतिक उत्थानको निमित्त टिकट लगाई देखाइने नाटकको हकमा भने दैनिक ने.रु. २५।– का दरले मात्र बहाल तिर्नुपर्छ । यसरी बुझाउनु पर्ने बहाल वापतको रुपैयाको ५० प्रतिशत इजाजतपत्र प्राप्त गर्नु अगावै र बाँकी रहेको रुपैयाँ नाटक प्रदर्शनको अवधि समाप्त भएको सात दिन भित्र बुझाउनु पर्छ ।

तर निशुल्क पाउन चाहेको भएमा तोकिएको अधिकारीलाई सामाजिक उत्थानको लागि भएको विश्वास चाही हुनुपर्छ । नाट्यशालाको वा त्यसको कुनै माल हिनामिना वा नोक्सान भए गरेमा वा गराएमा सो कुराहरूको जवाफदेही नाटक प्रदर्शन गर्ने गराउने व्यक्तिको हुन्छ ।

Loading...

यसमा तपाइको मत

मसिनो कार्यविधि बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...