संसार छोड्नु अघी छोरीलाई डा. वाग्ले लेखेको मर्मस्पर्शी पत्र

Loading...
Spread the love

श्रावण २, काठमाण्डौ ।  दुर्गम क्षेत्रका जनताको सेवा गर्ने डाः चित्रप्रसाद वाग्ले आफुनो जिन्दगिको जोसपूर्ण र सक्रिय भइन्जेल दुर्गम क्षेत्रका गरिव र दुःखीका पिडामा मलम लगाउदै वित्यो । धेरै दुर्गम क्षेत्रमा रहेका मानिको पुनरजिवनको कारण वनेका उनि आफ्नै जिवन क्यान्सर जस्तो रागको कारण शर्माले संन्सार छोडो । आफुले संसार छोड्नु अघी आफ्ना छोरीहरुलाई डा. वाग्ले लेखेको मर्मस्पर्शी पत्रः

प्रिय छोरी आशिका तथा आरुषि
धेरै धेरै माया र प्रेम अनि सम्झना ।

विषेश छोरीहरु अस्पतालको बेडबाट तिमीहरुको सम्झनाले सताएर यो पत्र लेख्दैछु । मैले गर्ने माया र ममता यो चिठीका पानामा कोरेर व्यक्त गर्ने त्यति शब्दहरु पनि छैनन् । लेख्न पनि सक्दिँन । यो मायालाई नाप्ने यत्रो यन्त्र बनेका छैनन् । नभए यति केजी छ भनेर पठाउँथे । जे होस् तिमीहरुप्रति मेरो माया छ, प्रेम छ र शुभकामना छ ।

स्व. डा. चित्रप्रसाद वाग्ले

स्व. डा. चित्रप्रसाद वाग्ले

छोरीहरु तिमीहरुलाई राम्रो गार्जियनशीप दिएर राम्रो समाजको राम्रा सहयोगी, सुशील तथा देश र जनताप्रति बफादार नागरिक बनाउने तथा नारी सशक्तीकरणमा अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो । चाहे त्यो डाक्टर भएर होस्, चाहे त्यो इन्जिनियर भएर वा हाउस वाइफ नै भएर किन नहोस् । तर, दैवको लीला छोरीहरु, तिमीहरुलाई मेरो रोेगबारे त्यति थाहा छैन । जे थाहा छ, आशिकालाई क्यान्सर भएको भन्ने थाहा छ तर, यसको अन्तबारेमा तिमीहरुलाई थाहा छैन । सायद थाहा पाउनु अगाडि नै मैले यो संसार छाडिसकेको हुनेछु ।

छोरीहरु, मान्छे जन्मन्छ, अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि । यस्तै तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ । तिमीहरुलाई सधैं सहायता गर्ने तिम्री आमा रहने छिन् । अनि तिम्रा हजुरबाबा र हजुरआमाले साथ दिनेछन् । उहाँहरुको सुझाव र सल्लाह सधैं मान्नू ।

जीवनमा आफ्नो लक्ष्य प्राप्तिमा लागि परेर उद्देश्य पूरा गर्नू । बाबुको अभाव महसुस कहिल्यै नगर्नू । तिमीलाई सहयोग र साथ दिने बोल्ड हृदय भएकी आमा छिन् । उनको कुरा सधैं शिरोधार्य पालना गर्नू । उहाँले दिएका वचन तिम्रा मार्गदर्शन हुनेछन् नानीहरु ‘।

नानीहरु, तिमीहरुले एउटा अपाङ्ग बच्चा (भाइ) को पनि रेखदेख गर्नू, जसलाई सहयोगको आवश्यकता छ ।

प्रिय छोरीहरु, तिमीहरु आमाको गर्वमा हुँदा मैले पहिले नै तिमीहरु छोरीहरु हौं भन्ने थाहा थियो । यो पुरुष प्रधान देशमा छोराहरु चाहिन्छ, यसलाई गर्भपतन गरा भन्ने मान्छे तथा इष्टमित्रहरु धेरै थिए । तर, म र तिम्री आमालाई छोरा र छोरीमा कुनै भदभावको अनुभूति नगरी तिमीहरुलाई जन्मायौं, हुर्कायौं । तिमीहरु हाम्रा लागि छोरासरह छौं । छोरा र छोरीप्रति मेरो र तिम्रो आमाको कुनै भेदभाव छैन । एउटा चिन्ता छ कि तिमीहरु यो समाजको उदाहरण कसरी बनाउने बारे, बन्ने बारे ।

Daughter

अब २–४ वर्ष आमाले पढ्न भनेको पनि गाली गरेको झै लाग्नेछ, किनकि पढाइको महत्व तिमीहरुलाई थाहा छैन । तर, उमेर बढ्नेछ, तिमीहरु ठूली हुनेछौ । ८–१० क्लासमा जाँदा तिम्रो पढाइसँगै अन्य कुराहरुमा तिमीहरुको ध्यान जानसक्छ, त्यसैले त्यस समयमा तिमीप्रतिको भावना र सुझाव यस्तो रहनेछः

तिम्रो किशोर अवस्था र वरपरको वातावरण :

प्रिय छोरीहरु, समयले तिमीहरुलाई किशोरी अवस्थामा लैजानेछ, जहाँ तिमीहरुको आवाजदेखि शारीरिक परिर्वतन आउनेछ । तिमीहरुलाई लाजशरम लाग्ने पनि छ । यो परिवर्तनलाई लुकाउन सक्ने छैनौं । यो सँगसँगै तिम्रा भित्रका स्वभावमा परिवर्तन आउनेछन् । केटा केटीप्रति, केटी केटाप्रति आकर्षण बढ्ने समय हो । यो स्वभाविक पनि हो तर, यस उमेरमा बिग्रिएर आफ्नो भविश्य बिगारेका कयौं उदाहरणहरु छन् मसँग । त्यसैले यसबाट सतर्क रहनू ।

यस परिर्वतनमा तिमीहरु बिग्रने छैन । आफ्नो पढाइका साथै चरित्रलाई ख्याल गर्नेछौ । बाबाको इज्जत राख्ने छौं । यही स्कुल अवधिभरिमा पढाइका साथै एक्ट्रा एक्टिभिटिजमा भाग लिनेछौ । राम्रा नृत्य सिक्ने छौं, जो मेरी छोरीहरु नाचेको हेर्न चाहन्छु र चाहन्थें पनि । स्कुलबाट मेरा छोरीहरु साह्रै राम्रा, परिश्रमी, मेहनती छन् भन्ने देख्न चाहन्थें । सायद यो इच्छा पूरा गराउने छौ ।

तिम्रा भविश्यबारे (मेरा मनका कुरा)

एसएलसी तिमीहरुको आइरन गेट भन्ने गर्छन् । मेरा छोरीहरु यो गेट इजिली पास गर्नेछौ । मेरो चाहना तिमीहरु राम्रो अंकका साथमा यो गेटबाट निस्कने छौ ।

तिमीहरुको आफ्नो इच्छा होला, के बन्ने र ? जे बन, त्यसमा मेरो केही गुनासो रहने छैन । तर, तिमीहरु समाजको असल मान्छे बन । समाजले तिमीहरुको उदाहरण दिउन् । डाक्टर, इन्जिनियर, पत्रकार वा हाउसवाइफ बन तर, राम्रो बन । तिमी आफ्नो पेशामा राम्रो मान्छे भएनौ भने डाक्टर, इन्जिनियर वा राजनीतिज्ञ बने पनि त्यो समाजबाट केही पाउने छैन । त्यसैले असल मान्छे बन्नु ।

एउटा नारी भएकाले नारी सशक्तीकरणमा तिमीहरुको ठूलो हात रहोस् । किन, नेपालमा नारी झै पुरुषको दाँजोमा कम नै छ । तर, नानीहरु, म डाक्टर भएकाले त्यो क्षेत्रमा धेरै कठिनाइ भएता पनि इमान्दार भएर काम गर्ने हो भने, जनताको सेवा पनि हुने, इज्जत सम्मान पनि पाइन्छ ।

शहरमा त जो कोही बसेर सेवा दिइरहेको हुन्छ तर, दुर्गम र विकटमा कोही जान चाहँदैन । मेरा छोरीहरु । स्वास्थ्य सेवामा अहिले नै व्यापारीकरण भइसक्न थालेको छ । तिमीहरुको पालामा यसले ठूलो विकृति दिने र ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।

डाक्टर भएर तिम्रो बाबाका समाज सेवामा अधुरा सपना साकार पार्नेछौ । तिमीहरु दीनदुःखीको सेवामा सँधै जीवन समर्पित गर्नेछौ । ता कि तिमीहरुको उपस्थितिमा ती असहायः गरीब तथा सबैथरिका मान्छे खुसी हुनेछन् ।

सबैभन्दा ठूलो कमाइ भनेको त्यही हो नानी । यो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । त्यो त मन जितेर लिने कुरा हो । चिकित्सकको सेवाबाट बच्चित रहेको समाजमा गएर सेवा गर्नु ।

शहरमा त जो कोही बसेर सेवा दिइरहेको हुन्छ तर, दुर्गम र विकटमा कोही जान चाहँदैन । मेरा छोरीहरु । स्वास्थ्य सेवामा अहिले नै व्यापारीकरण भइसक्न थालेको छ । तिमीहरुको पालामा यसले ठूलो विकृति दिने र ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । गरीब अझ गरीब हुनेछन् । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।

तिम्रो यौवन, विवाह र दाम्पत्य जीवन :

प्रिय छोरी, समयले कसैलाई पर्खेर बस्दैन । समयको दौरान तिमी किशोरी अवस्था पार गरेर युवा अवस्थामा जानेछौ । यो परिर्वतन तिमी, हामीले रोकेर रोकिने छैन । पढाइ सकिएर वा उच्च शिक्षा लिइरहेका बेलामा तिमीहरुको कुनै साथी मन पर्ला, जससँग जीन्दगी राम्रो हुनेछ भन्ने सोच्नेछौ । त्यो नराम्रो कुरा पनि होइन । म जीवीत भएको भए पनि स्वीकार गर्ने थिएँ । त्यसलाई अन्यथा तिम्रो बाबाले कहिल्यै पनि लिने थिएन । तर, समय खराब छ, तिम्रो जीवनसाथी त्यस्तो हुनुपर्छ, जसले तिमीलाई बुझ्न सकोस् । तिमीले उसलाई बुझ्न सक । फ्युचर प्लान मिलेको होस्, जहाँ जीवनभरि एकले अर्कालाई दुःख र सुखमा साथ दिन सक ।

तिम्रो विवाहको चयन गर्ने अधिकार तिमीहरुको हुनेछ । निर्णय धेरै सोचविचारबाट गर्नू । प्यार गर्नु नराम्रो कुरा होइन । त्यसलाई माया गर्नु, जसबाट बाँकी जीवन सुखमय होस् ।

हेर न, तिम्रो मम्मी र मैले लभ म्यारिज सीडीओ कार्यालयमा गरेको हो । हामीले एकले अर्कालाई खोजेका हौं । दुर्भाग्य, मैले उनलाई लामो समय साथ दिन सकिँन । जे होस्, तिमीहरु पनि हाम्रो च्वाइसमा लिन थोरै ध्यान दिने छौ । साथै परिवारको सल्लाहलाई पनि नजरअन्दाज गर्ने छैनौ ।

मेरो मतलव, यो होइन कि तिमीहरु आफ्नो मायालाई कुर्वानी दिनू भनेर । इच्छा, चाहना, आकांक्षा अनुसार चल्नू । तिम्रा मनले जे राम्रो मान्छ, त्यसलाई मान्नू । तर, तिम्रो मनले गर्दा समाजलाई अपच हुने कुरा नगर्नू किनकि यो समाजमा बस्नु छ ।

तिमीहरु ठूलो हुने बेलासम्म यो समाज धेरै परिर्वतन भइसक्ने छ । मेरा छोरीहरु, यो समाजको रुढीवादीलाई पछि पार्दै आधुनिक समाजका उदाहरण बन्ने छौ । जसरी हामीले पनि आफ्नो पालामा सीडीओको आफिसमा गएर विवाह गरेका थियौं । दाइजो र जन्ती लगेर ठूलो भतेर गरेका थिएनौं । हाम्रो विवाहमा पार्टी भएको थिएन । तर, त्यो समयको दौरानमा सबै ठीक भएर गयो । हामीले छोरा र छोरीमा भेद गरेनौं, जो तिमीहरुलाई थाहा छ ।

छोरीहरु, यो कुरा मैले किन लेखेको भने यी उमेरसम्म यस धर्तीलाई धेरै अघि छोडिसकेको हुनेछु ।
ल नानीहरु, चिठी यहीँ बन्द गर्न चाहन्छु ।

तिमीहरु माया गर्ने बा (बाबा)
दिल्ली, राजीव गान्धी बेडबाट

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...