१६ वर्ष नाघेका नेपालीलाई दुई वर्षे राहदनी

Loading...
Spread the love
श्रावण ६, काठमाण्डौ ।   सरकारले लामो समय विदेशमा रही नागरिकता बनाउन नभ्याएका १६ वर्ष नाघेका नेपालीलाई जन्मदर्ता प्रमाणपत्र तथा नाबालक परिचयपत्रका आधारमा दुई वर्षका लागि राहदनी दिने भएको छ।
passport
विदेशमा रहेका नेपालीले राहदानी बनाउँदा आइपरेका समस्या सम्बोधन गर्न सरकारले राहदानी निर्देशिका, २०६७ लाई पहिलोपटक संशोधन गरेर १६ वर्ष नाघेकालाई नागरिकताको प्रमाणपत्रबिना राहदानी उपलब्ध गराउने व्यवस्था गरेको हो। यो नियम विदेशमा रही राहदानीका लागि आवेदन दिने नेपालीलाई मात्र लागु हुनेछ। यसरी जारी हुने राहदानीको नागरिकता प्रमाणपत्र महलमा नाबालक परिचयपत्रको नम्बर वा जन्मदर्ता प्रमाणपत्रको नम्बर उल्लेख गरिनेछ। आजको नागरिकमा खबर छापिएको छ।
‘विदेशमा रहेका नेपालीले सहज रूपमा राहदानी पाउन सकून् भनेर निर्देशिका संशोधन गरिएको हो,’ परराष्ट्रमन्त्रालय राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने, ‘राहदानीका लागि पेस गरिने नाबालक परिचयपत्र तथा जन्मदर्ताको अभिलेख नेपाली दूतावासमा राख्ने व्यवस्था गरिएको छ।’
संशोधित राहदानी निर्देशिका, २०७१ मा ‘व्यावहारिक कारण’ भन्दै एकपटकका लागि मात्र विदेशमा रही १६ वर्ष नाघेका नेपालीलाई नाबालक परिचयपत्र तथा जन्मदर्ताका आधारमा राहादानी उपलब्ध गराइने उल्लेख छ। यसरी राहदानी लिएको दुई वर्षभित्र उसले नेपाल फर्केर नागरिकता बनाइसक्नुपर्नेछ।
यसअघि नेपाली बाबुको विदेशमा जन्मिएका छोरा–छोरीलाई पहिलोपटक राहादानी जारी गर्दा जन्म प्रमाणपत्रलाई मुख्य आधार मानी बाबुको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी प्रतिलिपि लिई नयाँ राहदानी जारी गर्ने व्यवस्था थियो। यो नियम १६ वर्षमुनिका बालबालिकालाई मात्र लागु हुन्थ्यो। १६ वर्ष पुगेकाले नागरिकता पाउने हुनाले सरकारले यो उमेरभन्दा माथिकाले राहदानी लिँदा अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था गरेको थियो। तर, विदेशमा रहेका नेपालीलाई यसले समस्या पारेपछि १६ वर्ष नाघेकालाई जन्मदर्ता प्रमाणपत्र तथा नाबालक परिचयपत्रका आधारमा एकपटक दुईवर्षे राहदानी जारी गर्ने निर्णय गरिएको हो।
विदेशमा जन्मिएका नेपाली बाबुको सन्तानका हकमा भने नियोगले दर्ता अभिलेख खडा गरी (त्यसमा अभिलेख गरिएको नम्बर उल्लेख गरी) राहदानी जारी गर्न सक्ने व्यवस्था गरिएको छ। ‘यसरी राहदानी प्राप्त गर्ने नेपाली नागरिकको सन्तानले दुई वर्षभित्र अनिवार्य रूपमा नेपाल आई नागरिकताको प्रमाणपत्र बनाएपछि मात्र त्यसका आधारमा दोस्रोपटक १० वर्षको म्याद राखी राहदानी जारी गर्न सकिनेछ,’ संशोधन गरिएको निर्देशिकामा उल्लेख छ।
निर्देशिकाको दफा २३ ‘विदेशमा रहेका नेपाली नागरिकलाई राहदानी दिनेसम्बन्धी थप व्यवस्था’ मा संशोधन गर्दै सरकारले ९ उपदफा थपेर १७ वटा पुर्याकएको छ। केही दिनअघि संशोधनमार्फत थप गरिएका उपदफामा विदेशमा रहेका १६ वर्ष उमेर नपुगेका नाबालिग सन्तानलाई राहदानी उपलब्ध गराउन पनि सहज बनाइएको छ।
‘नेपाली नागरिकको १६ वर्ष उमेर नपुगेका नाबालिग सन्तानलाई राहदानी उपलब्ध गराउनुपर्दा आवेदन फारमका साथ पुरानो हस्तलिखित राहदानी (लिएको भए), नाबालिग परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्र,’ संशोधन गरिएको निर्देशिकामा उल्लेख छ, ‘निजको बाबु वा आमा वा संरक्षक भएको बेहोरा खुल्ने लिखित तथा नागरिकताको प्रमाणपत्रसहित आवेदन प्राप्त भए त्यसका आधारमा नियोगले एमआरपी जारी गर्न सक्ने।’
विदेशमा रहेका नेपालीले आफ्नो जन्ममिति नागरिकता प्रमाणपत्रका आधारमा नभई शैक्षिक प्रमाणपत्र, पेन्सन पट्टाका आधारमा पनि राख्न सक्ने व्यवस्था नयाँ संशोधनले गरेको छ। तर, यो उनीहरूको जन्मदर्ताको अभिलेख विदेशमा खडा भइसकेको अवस्थामा मात्र लागु हुनेछ। नागरिकता र विदेशमा प्राप्त शैक्षिक प्रमाणपत्र तथा पेन्सन पट्टामा जन्ममिति फरक–फरक पर्दा नेपाली नगारिक सम्बन्धित देशमा अवैध बसोबास गरेको ठहरिने हुँदा यस्तो व्यवस्था गरिएको महानिर्देशक खनालले बताए।
Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...