प्रकाश वस्ती यस वर्ष पनि धेरै मुद्दा छिन्ने न्यायाधीश

Loading...
Spread the love

श्रावण ७, काठमाण्डौ । पाँच वर्षसम्म अस्थायी न्यायाधीश भएर पनि न्यायपरिषदले स्थायी नियुक्ति नदिएका पूर्वन्यायाधीश प्रकाश वस्ती यस वर्ष पनि सर्वोच्च अदालतमा सबैभन्दा धेरै मुद्दा छिन्ने न्यायाधीश भएका छन्।

supreme court of nepalसर्वोच्च अदालतले सार्वजनिक गरेको न्यायाधीशहरुको वार्षिक मुद्दा फर्छ्यौट विवरणमा वस्ती नै वर्ष भरिमा सबभन्दा धेरै मुद्दा छिन्ने न्यायाधीश भएको देखिन्छ।

गत साउन देखि चैत २८ गतेसम्म उनले १ सय ८३ दिनमा २१ सय ७ वटा मुद्दामा निर्णय गरेका थिए। उनले ४सय ०५ वटा मुद्दा, २ सय ९६ रिट,पुनरावलोकन, दोहोराइपाँउजस्ता निवेदन १ हजार २ सय ६५ फुठकर १ सय १४ वटा मुद्दा छिनेका थिए। उनी एक्लैले २७ वटा मुद्दा किनारा लगाएका थिए। उनी अघिल्लो वर्ष पनि सबै भन्दा धेरै मुद्दा छिन्ने न्यायाधीश हुन्। चैतको २८ गते सर्वोच्च अदालतको अस्थायी न्यायाधीशको पदावधि सकिएको थियो।

वहालवाला न्यायाधीशहरु मध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गर्ने न्यायाधीश सुशीला कार्की भएकी छिन। उनले वर्ष भरिमा १हजार ५ सय ८७ मुद्दाको अन्तिम किनारा लगाएकी छन्। उनीहरु दुवै धेरै दिन काम गर्ने न्यायाधीशमा गनिन्छन्।

कार्कीले काम गरेको २ सय २० दिनमा ३०१ वटा मुद्दा, २३१ वटा रिट, ९४२ वटा दोहोराइपाउँ, पुनरावलोकन निवेदन र अनुमति दिने मुद्दाहरु, ८६ वटा फुटकर मुद्दा छिनेकी थिइन। उनले पनि २७ वटा मुद्दामा एक्लैले छिनेकी छन्।

“प्रकाश वस्ती यस वर्ष पनि सर्वोच्च अदालतमा सबैभन्दा धेरै मुद्दा छिन्ने न्यायाधीश

उनलाई पाँच वर्षसम्म अस्थायी न्यायाधीश भएर पनि न्यायपरिषदले स्थायी नियुक्ति नदिएको

यो वर्षमा प्रधानन्यायाधीश एक्लैले कुनै पनि मुद्दा छिनेनन

प्रधान्यायाधीशको रोलक्रममा भएका रामकुमार साहले १सय ६२ दिनमा ५ सय २५ वटा मुद्दा सकाए

पछिल्लो नियुक्त पाएका न्यायाधीश मध्ये ओमप्रकाश मिश्र सबै भन्दा धेरै मुद्दा छिनेका छन्”

विवरण अनुसार, वर्ष भरिमा सबै भन्दा थोरै दिन काम गरेर धेरै मुद्दा छिन्ने न्यायाधीश भने कल्याण श्रेष्ठ हुन्। उनले १ सय ८६ दिन काम गरेर १२ सय ९ वटा मुद्दा छिनेका छन्।

प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा मुद्दा फछ्र्यौटका हिसाबले तेस्रो नम्बरमा छन्। कार्यदिन भने उनको सबैभन्दा धेरै २सय २१ दिन छ। प्रधानन्यायाधीश शर्माले पनि अरु न्यायाधीशले झैँ सबैभन्दा धेरै दोहोराइपाउँ, पुनरावलोकन निवेदनहरु फछ्र्यौट गरेका छन्। यस्ता मुद्दा उनले ६ सय ३ वटा छिनेका छन् । प्रधानन्यायाधीश शर्माले सार्वजनिक चासो र मौलिक हक हनन्का विरुद्ध आउने रिट भने २ सय ६४वटा फछ्र्यौट गरेको विवरणमा उल्लेख छ। उनले १ सय ७१ वटा फुटकर मुद्दा फछ्र्यौट गरे।

यो वर्षमा प्रधानन्यायाधीश एक्लैले कुनै पनि मुद्दा सकाएका छैनन्।

शर्मा पछि प्रधान्यायाधीशको रोलक्रममा भएका रामकुमार साहले १सय ६२ दिनमा ५ सय २५ वटा मुद्दा सकाए।

उपस्थिति प्रधानन्यायाधीश झैँ २ सय २१ दिन नै भए पनि न्यायाधीश गिरिशचन्द्र लालको मुद्दा फछ्र्यौट दर निकै कम छ। उनले वर्षभरिमा ६ सय ३४ वटा मुद्दा मात्रै छिनेका छन्।

वर्षको पछिल्लो महिना मा नियुक्त पाएका न्यायाधीश मध्ये ओमप्रकाश मिश्र सबै भन्दा धेरै मुद्दा छिनेका छन्। उनले नियुक्ति पाएपछि ३७ दिन काम गरेका छन् भने १ सय ७८ वटा मुद्दा छिनेका छन्। नियुक्ती पछि धेरै दिन काम गर्ने न्यायाधीश भने गोपाल प्रसाद पराजुली हुन्। उनले ४० दिन काम गरे भने, १ सय ४६ वटा मुद्दा छिने।

नवनियुक्त न्यायाधीश मध्येसार्वजनिक चासोका सबभन्दा धेरै मुद्दा छिन्ने न्यायाधीश भने चोलेन्द्र शमसेर जबरा हुन्। उनले ३८ दिनमा ५० वटा रिटमा निर्णय दिएका छन्। उनले जम्मा जम्मी १ सय ३८ वटा मुद्दा फछ्र्यौट गरेको विवरण छ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...