सोह्रौं सशस्त्र प्रहरी दिवसको विशेष समारोह

Loading...
Spread the love

काठमाडौं: सोह्रौं सशस्त्र प्रहरी दिवस २०७३ को पुनित अवसरमा कार्तिक ११ गते विहान सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा प्रभातकालीन विशेष समारोहको आयोजना गरिएको छ ।

police-day-program-2सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा अमर सशस्त्र प्रहरी लगायत सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा पु¥याएको त्याग, बलिदान, साहस अनि कर्तव्यपरायणताको स्मरण गर्नुहुँदै अमर सशस्त्र प्रहरीको दिवंगत आत्माको चिरशान्तिको कामना तथा विभिन्न घटनामा परी घाइते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।

प्रभातकालिन विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राईले अमर सशस्त्र प्रहरीको स्मृति बाटिकामा रित चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । यसैगरी सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरु लगायत बलका सकल दर्जाका राष्ट्रसेवकहरुले पुष्पगुच्छा अर्पण गरी अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

त्यसैअवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक लगायत अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शीला राई एवं संघका पदाधिकारीहरु तथा कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानका पदाधिकारीहरु लगाएतका महानुभावहरुले पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि तथा गृहसचिव लोकदर्शन रेग्मीले सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश बाचन गरिएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा ‘वर्ष जवान २०७३’ घोषित भएका वर्षभरिमा सर्वोत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी जवान कृष्णबहादुर तामाङ्गलाई पुरस्कृत गर्नुका साथै ‘वर्ष जवान’ को ट्याग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बलमा २०७० सालबाट ‘वर्ष जवान’ घोषणा गर्ने परम्पराको थालनी भएको हो । ‘वर्ष जवान’ घोषित सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार नगदका साथै निजको एक जना सन्ततीलाई १२ कक्षा अध्ययन गरुञ्जेलसम्म छात्रबृत्ती प्रदान गर्ने तथा एफपीयु मिसनमा अवसर लगायतका सुविधाहरुको व्यवस्था सशस्त्र प्रहरी बलले गरेको छ ।

यसैगरी अमर सशस्त्र प्रहरीका ३१ जना सन्ततीलाई सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले छात्रबृत्ति स्वरुप जनही २४ हजार रुपैयाँको दरले प्रदान गर्नुभयो । यसका साथै चितवनको दारेचोक घोप्टेभिरस्थित त्रिशुली नदीमा सवारी दुर्घटनामा परी पूर्व गृहमन्त्री माधव घिमिरेसँगै निधन भएका उहाँका अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक स्व।रामचन्द्र कार्कीका परिवारलाई सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गणबाट प्राप्त २ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको थियो ।

उहाँले त्यसैअवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यगर्ने १६ जना एपीएफ अधिकृत तथा जवानहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै गएकोे प्रवेशिका परिक्षामा उत्तिर्ण हुने बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततीहरु मध्ये सर्वोत्कृष्ट अंक ल्याउने ३३ जनालाई छात्रबृत्ति स्वरुप जनही १०-१० हजार रुपैयाँ तथा प्रसंसापत्र प्रदान गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले यसवर्ष सर्वोत्कृष्ट हुन सफल गुल्म सशस्त्र प्रहरी बल खप्तड गुल्म अछामका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक राधेश्याम धिमाल तथा सर्वोत्कृष्ट बोर्डर आउट पोष्ट औला पर्साका सशस्त्र प्रहरी निरीक्षक सुरेश लामालाई रनिङ अवार्ड प्रदान गर्नुभयो । सोही अवसरमा यस वर्ष उत्कृष्ट हुन सफल गण, सीमा सुरक्षा कार्यालय, गुल्म, बोर्डर आउट पोष्टका पूर्व पतिहरुलाई प्रसंसापत्र प्रदान गरिएको थियो ।

सोह अवसरमा सशस्त्र प्रहरी बललाई विभिन्न ढंगले सहयोग पु¥याउने ८ जना महानुभावहरुलाई कदरपत्र प्रदान गरिएको थियो । यसैगरी सोही समारोहमा बार्षिक चाँदमारी प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने सशस्त्र प्रहरी कर्मचारीहरु, सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद विद्यामा विजयी हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

सोही अवसरमा विभिन्न मितिमा अनिवार्य अवकाश प्राप्त गर्नुभएका सशस्त्र प्रहरी अधिकृतहरुलाई मायाको चिनो प्रदान गरी हार्दिक विदाई गरिएको थियो । यसैगरी आर्थिक अभावका कारण उपचारमा कठिनाई भएका २ जना सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी परिवार महिला संघकोतर्फबाट प्रदान गरिएको जनही २५ हजार रुपैयाँ संघकी केन्द्रीय अध्यक्ष श्रीमती शिला राईले प्रदान गर्नुभयो । साथै सोही अवसरमा तीन जना सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी महानिरीक्षक राईले सहायता रकम उपलब्ध गराउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलका सकल दर्जाका राष्ट्रसेवकहरुलाई शुभकामना सन्देश दिनुहुँदै संगठनले आजसम्मको दिनमा प्राप्त गरेको उपलब्धीको रक्षा गर्दै आगामी दिनहरुमा समेत संगठनलाई अझ प्रभावकारी तुल्याउँदै जनताको मनमस्तिष्कमा अमिट छाप छोड्ने तुल्याउन सवै आवद्ध राष्ट्रसेवकहरु अझ बढि उत्साहका साथ कर्तव्य पथमा निरन्तर लागिरहन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो–‘सुरक्षा स्थिति आफैमा देश, काल र परिस्थिति अनुसार फेरबदल भईरहने विषय हो जस्तोसुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनु अहिलेको अपरिहार्यता हो ।’ भन्नुहुँदै संगठनलाई कसरी अगाडि बढाउने भोलिको दिनमा संगठनको मान प्रतिष्ठा र साखलाई कसरी जोगाउने भन्ने चिन्तन संगठनका प्रत्येक सदस्यमा हुनु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

सबै सेवाहरु एकै गतिमा चुनौतिपूर्ण हुन सक्दैनन् तर हामीले रोजेको सेवा, प्रवाह गर्ने कर्तब्य भने चुनौतीहरुले भरिएको हुन्छन् भन्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राईले जुन सुकै अवस्थामा पनि चौबिसै घण्टा तयार भएर बस्नु आफैंमा धेरै जोखिमयुक्त पेशा हो तर पनि हामीले शिरोधार्य गरेको पेशाले देश र जनताको लागि उल्लेखनीय योगदान दिइरहेको कुरा व्यक्त गर्नुभयो ।
police-day-program-1

police-day-program-2 police-day-program-3 police-day-program-4 police-day-program-5 police-day-program-6 police-day-program-7 police-day-program-8

Loading...

यसमा तपाइको मत

तश्विरहरु बाट अन्य

उच्च वारको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम (फोेटोफिचर)

Spread the loveकाठमाण्डौ: उच्च अदालत पाटन वार एशोशिएसनको २४ औ वार्षिक साधारण सभा तथा पद हस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । वुद्धनगर स्थित क्वालीटी व्याङकोएटमा भएको कार्यक्रममा उच्च अदालत वारका पुर्व अध्यक्षहरु सँगै...

संविधान दिवसको दिन मण्डलामा देशकै ठुलो राष्ट्रिय झन्डा स्थापना (फोटोपिचर)

Spread the loveकाठमाण्डौ: संविधान दिवसको अवसर पारेर बुधबार माइतिघर मण्डलामा देशकै सवै भन्दा ठुलो राष्ट्रिय झन्डा स्थापना गरिएको छ । १५० पिट अग्लो स्तम्भमा ८ मिटर लामो झन्डा स्थापना गरिएको छ । उक्त भण्डा...

उच्च अदालत पाटन वार निर्वाचन (फोटो फिचर)

Spread the loveकाठमाण्डौ: उच्च अदालत पाटन वार एशोसिएसनको कार्यसमितिको निर्वाचन आज सम्पन्न भएको छ । शनिबार विहान ७ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ वजे सम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनको प्रतिस्पर्धामा...

संविधान कार्यान्वयन तथा निर्वाचनको सुनिश्चितताका लागि एमालेको मेची महाकाली अभियान

Spread the loveझपाा:  मेची-महाकाली राष्ट्रिय अभियान’ नाम दिइएको मधेस केन्द्रित एमालेको अभियानको उद्‌घाटन शनिबार झापाको काँकडभिट्टाबाट भएको छ । १५ दिनसम्म लगातार चल्ने अभियानमा पार्टीका सबै शीर्ष नेता सहभागी हुने एमालेले जनाएको छ । दुई...

सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावको विरोधमा नौ दलको बृहत् प्रदर्शनी (फोटोफिचर)

Spread the loveकाठमाडौं: सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएक प्रमुख प्रतिपक्षी दल एमालेसहित नौ राजनीतिक दलले शुक्रबार राजधानीमा बृहत् प्रदर्शनी गरेको छ । प्रचण्ड नेतृत्वको सरकारले संसदमा दर्ता गरेको संविधान...

संशोधन प्रक्रियामा दुतावासले हस्तक्षेप गरेको भन्दै युवा विद्याथीहरु आन्दोलित

Spread the loveकाठमाडौँ: संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि आज प्रदर्शन गरेका छन् । प्रदर्शनमा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी तथा नेकपा...

लोकमान प्रकरण: सभामुखलाई ध्यानाकर्षण पत्र बुझाउदै विद्यार्थी नेताहरु

Spread the loveसंयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट सभामुख ओनसरी घर्तीलाई सिंहदरबार स्थित उहांकै कार्यकक्षमा लोकमान महाअभियोग तत्काल अघि वढाउन ध्यानाकर्षण पत्र बुझाउदै विद्यार्थी नेताहरु । ...