तरकारीमा बिषादी हाल्ने किसानहरुलाई घरघरमा गएर जनचेतना जगाउने

Loading...
Spread the love

श्रावण ७, काठमाण्डौ ।  तरकारीमा बिषादी हाल्ने क्रम बढेपछि सरकारले किसानहरुलाई जनचेतना जगाउने भएको छ।

बाली संरक्षण निर्देशनालयले जिल्ला कृषि कार्यालय मार्फत तरकारीमा बिषादी हाल्ने जिल्लाका किसानहरुलाई घरघरमा गएर जनचेतना जगाउने अभियान थाल्ने निर्देशनालयका कार्यक्रम प्रमुख डिल्लीराम शर्माले जानकारी दिए।

निर्देशनालयले बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, भक्तपुर, काठमाडौं, काभ्रेलगायतका जिल्लाका किसानलाई बिषादी प्रयोग लगायतका विषयमा जनचेतना जगाउन लागेको हो।

निर्देशनालयले कालीमाटीमा गत असार ४ गतेदेखि ३२ गतेसम्म १ सय ८७ वटा तरकारीको नमूना चेक गरेको थियो। जसमध्ये २६ वटा नमूनामा बढी देखिएको थियो। १ सय ५५ वटा खान योप्य रहेको पाइएको थियो।

६ वटा नमूना चार पाँच दिन स्टोर गरेर खान मिल्ने पनि भेटिएको थियो। तरकारीमा बिषादी भेटिएपछि निर्देशनालयले अभियान थाल्न लागेको शर्माले बताए।

फाट्टफुट्ट तरकारीमा विष देखिएको बताउँदै कार्यक्रम प्रमुख शर्माले डराउनुपर्ने अवस्था नआएको बताए । जनचेतनाको अभावले किसानहरुले तरकारीमा अन्धाधुन्ध विषादी प्रयोग गरेका हुन्, उनले भने बढी बिषादी भेटिएका स्थानका किसानहरुलाई जिल्ला कृषि कार्यालयमार्फत जनचेतना फैलाउने काम हुन्छ।ु

साथै उनले एग्रोभेटहरुलाई पनि जथाभावी किटनाशक औषधि नबेच्न आग्रह गरिएको बताए। निर्देशनालयले एग्रोभेटहरुमा मोनिटरिङ गर्ने काम समेत गरिरहेको उनले बताए। जथाभावी किटनाशक औषधि बेचे कारबाही गर्ने उनले चेतावनी दिए।

किसानहरुले किटनाशक औषधि प्रयोग गर्ने तर त्यसबारे अपनाउनुपर्ने कुराहरु थाहा नभएको कारण समस्या आएको उनले बताए। ुतरकारीमा रोग लागे किटनाशक औषधी हाल्ने हो तर, औषधि हालेपछि पनि त्यो केहि दिन पछि खान मिल्ने हुन्छ। तर, किसानहरुले चाडै बजारमा भित्र्याएका कारण समस्या आएको हो, उनीहरुलाई यसबारे ज्ञान छैन उनले भने।

अत्याधुनिक उपकरणबाट बिषादी मापन गर्दा ३५ प्रतिशत भन्दा तल देखाए त्यो खान मिल्ने उनले बताए। ३५ देखि ४५ प्रतिशत देखाए चार पाँच दिन स्टोर गरेर खान सकिने र ४५ प्रतिशत भन्दा माथि देखाए त्यो खान नमिल्ने उनले बताए।

निर्देशनालयले ३५ प्रतिशत भन्दा मुनिकालाई ग्रिन, ३५ देखि ४५ सम्मको लागि एलो र ४५ प्रतिशतभन्दा माथिकोलाई रेड जोनमा राखेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका तरकारीहरुमा परिक्षण गर्दा आलु, भेडेखुर्सानी, पिरो खुर्सानी, हात्तीसुढे खुर्सानी, केरा, बोडी, पालुगों, काउली गाँजर र प्याजमा सबैभन्दा बढी बिषादी फेला परेको थियो। काभ्रे, भक्तपुर, धादिङ, काठमाडौं, र भारतबाट कालीमाटी आएका तरकारीहरुमा बढी मात्रामा बिषादी भेटिएको थियो। बारा, चितवन, मकवानपुर, पर्साका तरकारीमा पनि केही मात्रामा विषादी भेटिएको छ।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...