बाँचुन्जेल बाटो खन्ने ७२ वर्षीय साहासी वृद्ध ओली

Loading...
Spread the love

chandra-bir-oliकाठमाण्डौ: परिवारमा सात सदस्यमध्ये ६ जना दृष्टिविहीन । काम गर्न सक्ने उनी मात्रै एक्लो सदस्य, त्यो पनि सात दशक काटेका वृद्ध । श्रीमतीसहित परिवारका सदस्यको हेरचाह अनि चौपायालाई घाँसपात गर्दैमा उनलाई फुर्सद हुन्न । ती सबै चुनौतीलाई जितेर एक्लै सडक खन्न पनि तम्सिएका छन् । उनी हुन्, दाङको तुलसीपुर नगरपालिका १ स्थित परेखोला निवासी ७२ वर्षीय वृद्ध चन्द्रवीर वली ।

शनिबार बिहानै घरमा पुग्दा वृद्ध वली आफ्नै सुरमा काम गरिरहेका थिए । कसैले बोलाउँदा अलमलिएर बात गर्ने समय पनि उनीसँग थिएन । एकोहोरो काममै व्यस्त देखिन्थे । हामीले नजिकै गएर आवाज दियौं, यसो हेर्दै फेरि काममै लागे । सामुन्नेमै पुगेर पहिला भेटघाट भएको सम्झाएपछि भने उनले ‘ए बाबु पो आउनुभाको’ भन्दै आफ्नो काममा ब्रेक लगाए । उनको शैली हेर्दा लाग्थ्यो, कामविना उनी बस्नै सक्दैनन् ।

सायद उनको त्यही शैलीको परिणाम थियो, एक वर्षमा एक्लै खनेको दुई किलोमिटर बाटो ।
सातजना परिवारका सदस्यमा एक मात्र आँखा देख्ने वलीले परिवारका सदस्यकै पीडा मेट्न दुई वर्षदेखि एक्लै गाउँको बाटो खनिरहेका छन् । उनको एक्लो मिहिनेतको फल गाउँले पाएको पनि छ, उनी एक्लैले दुई किलोमिटर बाटो गाडी गुड्नयोग्य बनाइछाडेका छन् । वृद्ध वलीको यो साहसिलो कथा प्रकाशित भएपछि सहयोगी मनहरूले वलीलाई पछ्याउन थालेका छन् । उनको साहसको कथाले मन छोएका लन्डन बस्दै आएका कृष्णप्रसाद शर्माले राप्रपा नेपालका केन्द्रीय सदस्य अञ्जना शाह रावलमार्फत उपलब्ध गराएको ३० हजार रुपैयाँ उपलब्ध गराउन वलीको आँगनमा पुग्दा उनमा बेग्लै जोस देखियो । सामान्य अभिवादनपछि रकम हस्तान्तरण गरेलगत्तै उनी एकाएक हौसिए ।

अनि अठोट गरे, प्राण रहँदासम्म बाटो खनिरहने । ‘मरेको भोलिपल्टको कुरा नगरम, नत्र बाँचुन्जेल बाटो खनिरहन्छु,’ पैसा गन्दै वलीले राजधानीसँग भने, ‘गरे सकिन्छ, म नमर्दासम्म यहाँसम्म जसरी भए पनि जिप त ल्याउँछु–ल्याउँछु ।’ उनले खनेको बाटो हुँदै अहिले उनको आँगनसम्म मोटरसाइकल पुग्ने भएको छ । दृष्टिविहीन श्रीमती र सन्तानका कारण खाना पकाउने, पानी ल्याउने, जुठा भाँडा सफा गर्ने, वस्तुभाउ चराउनेदेखि घाँसपातसम्मका सबै काम उनी एक्लै गर्दै आएका छन् । त्यसबाट पनि समय बचाएर उनले बाटो खन्दै आएका हुन् ।

स्थानीय रायपानी सामुदायिक वन समूहका अध्यक्ष कलीभान रोकाले आयोजना गरेको सामान्य कार्यक्रममा वृद्ध वलीलाई सहयोग रकम हस्तान्तरण गरिएपछि उनको अनुहारमा एकाएक चमक आएको थियो । उनको अनुहारमा खुसीको हाँसो छायो । अनि जोसिलो पारामा हौसिँदै भने, ‘घरको आँगनमा एकाबिहानै हजार÷हजारका नोट पाउँदा भगवान्ले पठाइदिएको जस्तो लागेको छ, पैसा दिने मान्छे मेरा लागि भगवान् नै हुन्, तर मैले पैसा पाउनका लागि चाहिँ बाटो खनेको होइन ।’

उनी एक्लैले राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकको साततलेदेखि परेखोला हुँदै राम्रीको तल्लो भेगसम्म बाटो पु¥याएका छन् । एक मिटर चौडाइ बाटो खनेका वलीले अहिले त्यही बाटोलाई चौडा गर्ने र वर्षाको समयमा भत्किएका र जीर्ण भएका ठाउँमा पुनः मर्मत गर्ने कार्य गरिरहेका छन् । परिवारका सदस्यको पीडा मेट्नका लागि थालिएको यो कामलाई अहिले सबैले प्रशंसा गरिरहेका छन् । यसले वृद्ध शरीरमा पनि जोस भरिदिएको अनुभूति उनले गरेका छन् । राजधानी दैनिक

Loading...

यसमा तपाइको मत

रोचक प्रसंग बाट अन्य

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

Spread the loveकाठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

Spread the loveकाठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली,...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

Spread the loveकाठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले...