लोडसेडिङबाट मुक्त भयो राजधानी

Loading...
Spread the love

काठमाण्डौ: विद्युत प्राधिकरणले जिम्मेवार तहमा रहेका केही अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिजुली लोडसेडिङको दायरामा ल्याइ सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानहरूमा लोडसेडिङ तत्कालका लागि हटेको छ ।

काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपुर्ति कटौती हुँदै आएकोमा त्यसलाई ‘व्यवस्थित’ गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘हामीले समानुपातिक रूपमा बिजुली आपूर्ति मात्र गरेका हौ,’ घिसिङले भने,‘ भाँडोमा भएको बस्तुलाई बराबरी बाड्दा लोडसेडिङ हालका लागि हट्यो ।’ प्राधिकरणको भारप्रेषण केन्द्रले बिजुलीको स्रोत कमी भएको भन्दै केही ठूला उद्योगलाई लोडसेडिङ नहुने गरी अनियमित रूपमा बिजुली आपूर्ति गर्दै आएको थियो । घिसिङले अनवरत बिजुली पाउने उद्योगको नाम नलिईकन व्यवस्थापनु मात्र गरिएको बताए ।

तर प्राधिकरणका एकजना इलेक्ट्रिकल इन्जिनियरका अनुसार केन्द्रका केही कर्मचारीले अदृश्य र अनियमित रूपमा बिजुली वितरण गर्दै आएकोमा तिनलाई धमाधम लोडसेडिङको दायरामा ल्याउने कार्य भइरहेको बताए ।

कार्यकारी निर्देशक घिसिङका अनुसार देशभर २४ घन्टामा २२ घन्टा सात सय मेगावाट बिजुलीको माग हुन्छ । कुल उच्चतम माग एक हजार पाँच सय मेगावाटको बिजुली माग करिब दुई घन्टाका लागि मात्र हुँदै आएको छ । देशभर करिब तीन सय मेगावाटको बिजुली अभावलाई माग व्यवस्थापन र लोड सिफ्ट ९भार स्थानान्तरण० गर्दै व्यवस्थित गरिएको घिसिङले बताए । उचित व्यवस्थापन गर्न सकेको भए गत जेठदेखि नै देशलाई लोडसेडिङमुक्त गर्न सकिन्थ्यो,ु उनले भने ।

उपत्यकामा गत तिहारको बेला उच्चतम माग तीन सय मेगावाट थियो भने आइतबारको माग दुई सय ६० मेगावाट छ । उपत्यकामा राति माग सय मेगावाट हुने र दिउँसो एक सय ५० देखि दुई सय मेगावाटसम्म हुने घिसिङले बताए ।

बेलुकीको उच्चतम विद्युत् माग (पिक आवर) का बेला एकदेखि डेढ घन्टासम्म जलाशययुक्त कुलेखानी सञ्चालन गरिएको छ । सय मेगावाटको पिकिङ (अधिक माग) लाई कुलेखानीले धान्दोरहेछु, उनले भने, कुलेखानीलाई दैनिक डेढ घन्टाका हिसाबले चलाउँदा पनि हिउँदभरि पुग्छ ।

यसअघि प्राधिकरणले कुलेखानी पहिलो र दोस्रो गरी ९२ मेगावाटको बिजुली सिस्टम कोल्याप्स ९देशभर एकसाथ विद्युत्गृह बन्द० हुँदाका बखत र आंशिक मात्र सञ्चालन गर्दै आएको थियो ।

प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले समानुपातिक रूपमा बिजुली वितरण गरिएको र देशभर आइतबारसम्म लोडसेडिङ नभएको बताए ।ुहामीले विगत एक महिनादेखि लोडसेडिङ उल्लेखनीय रूपमा कम हुने गरी काम गर्दै आएका छौुं, श्रेष्ठले आइतबार अन्नपूर्णसित भने, ुत्यसबाहेक भारतबाट थप बिजुली र २५ मेगावाटको माथिल्लो मस्र्याङ्दी ए को बिजुली पनि थपिएकाले लोडसेडिङ अन्त्य गर्न सफल भएको हो ।ु अन्नपूर्ण पोष्ट

Loading...

यसमा तपाइको मत

अभियान सुशासनकाे बाट अन्य

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...

मन्त्रालयका काम र प्रगति विवरणको अनुगमन गर्न सफ्टवेयर निर्माण हुदै

Spread the loveकाठमाण्डौ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयहरूले हरेक दिन गरेको कामको कार्यप्रगति अनुगमन गर्न विवरण गर्नका लागि सफ्टवेयर निर्माण गर्ने भएको छ । सफ्टवेयरमार्फत राष्ट्रिय गौरवका आयोजना सँगै महत्वपूर्ण कामको अनुगमन प्रधानमन्त्री कार्यलयबाट...

आन्दोलन गर्ने स्थानको निर्धारण, उल्लंघन गरे कडा कारवाही

Spread the loveकाठमाडौं: हरेक काम कागहरु प्रति चिक्त नवुझेको खण्डमा नेपालमा सडक तताँउने अभियान सामान्यत जस्तै रहेको छ । व्यस्थ सडकहरुमा आन्दोलन र गरिएका प्रदर्शनले ट्राफिक आवतजावतमा अस्त व्यस्त वन्दै आएको राजधानी काठमाण्डौ अव...

कैदी बन्दीका गुनासोहरु गोप्य ढंगले अव सिधै मन्त्रालयमा

Spread the loveकाठमाण्डौ: गृहमन्त्री राम बहादुर थापा बादलले कारागार सुधारका लागि काठमाण्डौ स्थित जगन्नाथदेवल, डिल्लीबजार कारागार र ललितपुर भैसेपाटी स्थित नख्खु कारागारको प्रत्यक्ष रुपमा निरीक्षण गरि कार्यलयहरुको भौतिक पुर्वाधार, सुरक्षाको अवस्था र कैदी बन्दीहरुका...

अव चेलीबेटी बेचविखनका अपराधी समाउने नयाँ प्रवीधी

Spread the loveनेपालबाट बर्षेनी ११ हजार भन्दा बढी चेलीबेटी भारतमा बेचिन्छन । दलाल आफन्तबाटै समेत बेचिने ती चेलिको खोजीमा माइती नेपालले अझ सक्रियता साथ काम गर्ने भएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा...

दुःख दिने नियतले मुद्दा हालेमा झगडियालाई नै कार्यवाही हुने

Spread the loveअनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःखरहैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने कार्यवाही हुने गरी भएको छ । सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको...

सामाजिक कार्यमा अग्रणी भुमिका निभाँउदै प्रभु बैक

Spread the loveकाठमाण्डौ: प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजउपयोगी क्रियाकलापहरुलाई निरन्तरता दिँदै बॉके जिल्लाको रनियापुर गा.बि.स.का अधिकांश मानिसहरुमा ऑखा सम्बन्धी समस्या रहेको तथ्याङ्क अनुसार उक्त समस्यालाई न्युनिकरण गर्न...

नेपाली कांग्रेस विरुद्ध सर्बोच्चमा अवहेलना मुद्दा दायर

Spread the loveनेपाली कांग्रेसविरुद्ध आज सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यता भन्दा विपरित भएको...

अवैध मदिरा नियन्त्रण गर्न सक्रिय बन्दै विभाग

Spread the loveकाठमाडौं: आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा २०७३ पुस १९ गते अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठक आन्तरिक राजस्व विभागमा सम्पन्न गरिएको छ । अवैध मदिरा र राजस्व छली गरेर बेचिने...