चारवटा विषयमा संविधान संशोधनको गृहकार्य

Loading...
Spread the love

काठमाण्डौ: सरकारले प्रादेशिक सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्व प्रणालीमा हेरफेर गर्ने गरी चारवटा विषयमा संविधान संशोधन गर्न गृहकार्यलाई तीव्रता दिएको छ । संविधानको अन्तरवस्तुमा असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले ती विषयमा संशोधन प्रक्रिया अघि बढाउन लागेको हो ।

संशोधनका विषयमा सहमति जुटाउन मधेसी मोर्चा र प्रमुख विपक्षी एमालेसँग प्रधानमन्त्रीसहित सत्तापक्षका प्रमुख नेताहरूबीच अनौपचारिक छलफल भइरहेको छ । प्रधानमन्त्री दाहालले दुई दिनअघि एमाले अध्यक्ष केपी ओलीसँग छुट्टै कुराकानी गरी सहमतिमा आउन आग्रह गरेका थिए ।
‘राजनीतिक दलहरूबीच सहमति बनिसकेको छैन ।

जतिसक्दो छिटो सहमति जुटाउने गरी सरकारले सरोकारवाला दलहरूसँगको छलफललाई तीव्रता दिएको छ,’ कानुनमन्त्री अजयशंकर नायकले भने, ‘शीर्ष नेताहरूबीच सहमति जुट्नेबित्तिकै विधेयक संसद्मा पेस हुन्छ ।’

तीनबुँदे सहमति गरेर प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाललाई संसद्मा समर्थन गरेका मधेसी दलहरूले प्रतिबद्धताअनुसार काम नभएको भन्दै असन्तुष्टि व्यक्त गर्न थालेपछि सरकारले संविधान संशोधनको गृहकार्य थालेको हो । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले कांग्रेस र माओवादीका केही नेतालाई संशोधनको प्रस्ताव तयार गरी मधेसी दलसँगको अनौपचारिक कुराकानी गर्ने जिम्मेवारी दिएका छन् ।

भारत भ्रमणमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा फर्केलगत्तै संशोधन प्रस्तावमाथि औपचारिक रूपमा सहमतिको प्रयास सुरु हुने कांग्रेसका एक नेताले बताए । दुवै पक्षबीच अनौपचारिक तहमा कुराकानी भने भइरहेको छ।

‘सीमांकन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्वलगायत विषयमा संशोधन प्रस्ताव तयार गर्नेबारे लामो समयदेखि छलफल भइरहेको छ, तर यसैगरी टुंग्याउने भन्ने स्थिति बनिसकेको छैन,’ परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने । उनले संशोधनबारे कुनै व्यक्ति विशेषले केही कुराकानी गरेको हुन सक्ने भए पनि पार्टीमा आधिकारिक रूपमा धारणा तयार नभइसकेको जानकारी दिए ।
आइतबार सञ्चारमाध्यममा सरकारले तयारी गरिरहेको भनिएका चारवटा विषय समेटिएको संशोधन प्रस्तावसम्बन्धी विधेयकको मस्यौदा ‘ननपेपर’ का रूपमा सार्वजनिक भएको थियो । कानूनमन्त्री नायकले उक्त मस्यौदा सरकारले तयारी गरेको आधिकारिक दस्तावेज नभएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत त्यसमा सत्यता नरहेको भन्दै प्रतिक्रिया दिएका छन् ।

‘राजनीतिक सहमति भएपछि मात्र प्रस्ताव तयार गरिने हो, सञ्चारमाध्यममा आएजस्तो प्रस्ताव बनेको छैन,’ मन्त्री नायकले भने । असन्तुष्ट मधेसी मोर्चासहितको संघीय गठबन्धनले पनि सार्वजनिक भएको मस्यौदा आधिकारिक नभएको बताएको छ । ‘कुनै पनि मस्यौदा हामीसँग आएको छैन,’ संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, ‘हामीले पनि कुनै मस्यौदामा सहमति जनाएका छैनौं।’

संविधान संशोधनमा प्रमुख विपक्षी दल एमालेको समेत सहमति आवश्यक पर्छ । संसद्मा दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन । एमालेले संविधान संशोधनभन्दा पनि अहिले भएकै प्रावधानहरूलाई समेटेर कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै आएको छ । ‘संविधान संशोधन होइन, कार्यान्वयन गर्नुपर्छ,’ एमाले उपाध्यक्ष भीम रावलले भने, ‘कसैको इसारामा होइन, हाम्रो आवश्यकताअनुसार के गर्नेरनगर्ने निर्धारण हुन्छ । कान्तिपुर

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...