काठमाडौं: पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडालाई ‘अयोग्य भनेर हटाइएका’ बर्हिगमित लडाकुहरुले घेराबन्दी सुरु गरेका छन् । राष्ट्रिय अन्तर्राष्र्टिय कानुन अनुसार आफुहरुलाई अझै पनि न्याय नदिइएको भन्दै बर्हिगमित लडाकुहरुले पेरिसडाँडालाई घेराबन्दी गरेका हुन् ।
यसरी पेरिसडाँडा घेराबन्दी गरिएको यो दोस्रो पटक हो। पेरिसडाँडाघेराउ कार्यक्रमका लागि देशभरीवाट पूर्व लडाकुहरु काठमाडौं आएका छन्। बर्हिगमित जनमुक्ति सेना, नेपालका अध्यक्ष लेनिन बिष्टका अनुसार आफनो माग पूरा नभएसम्म घेराबन्दी कार्यक्रम जारी रहनेछ ।
‘आफनै पार्टीका अध्यक्ष प्रधानमन्त्री भएको अवसरमा यो घेराबन्दी सुरु गरेर न्याय माग्न काठमाडौं आएका हौं,’ बिष्टले भने, ‘जबसम्म राष्ट्रिय रअन्तर्राष्ट्र्रिय कानुन अनुसार न्याय पाउँदैनौं, तबसम्म मुख्यालय घेराउ जारी राख्ने छौं ।’ उनका अनुसार सोमबारबाट सुरु भएको घेराउ कार्यक्रम अनिश्चितकालसम्म जानेछ ।
उमेर नपुगेको, अपांग भएको भन्दै पहिलो चरणमा लडाकु शिविरबाट बिना क्षतिपूर्ति निकालिएका माओवादी लडाकुहरुको उक्त समूहले तीन वर्ष अघि यसैगरी घेराउ गरेको थियो । माओवादी नेताहरुलाईसमेत कार्यालयमा पस्न नदिएपछि माओवादीको केन्द्रीय समिति बैठक दरवारमार्गस्थित रोयल सिंगे होटलमा बस्नु परेको थियो ।
सोही समूहले आफूलाई राज्यले क्षतिपूर्ति नदिएको तथा बाल सैन्यको रुपमा प्रयोग गरेर अन्तर्राष्ट्रिय कानुनको उलङ्घन गरेको भन्दै आक्रोश पोखेका छन् । बिभिन्न जिल्लावाट बस नै रिर्जभ गरेर न्यायका लागि काठमाडौं आउने बर्हिगमित लडाकुमध्ये करिब १ हजार लडाकु पेरिसडाँडा घेराऊमा सक्रिय छन् । नागरिक न्युज
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...