नेताहरुमाथिको छानविन गोप्य रहन्छ: अख्तियार

Loading...
Spread the love

काठमाण्डौ: एमाले र माओवादी केन्द्रका नेताहरुमाथि कारवाही प्रक्रिया थालेकाले आफूमाथि महाभियोग लगाएको भन्ने लोकमानसिंह कार्कीको भनाईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक रुपमा खण्डन गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति सार्वजनिक गरि कुनै नेताहरुमाथि छानविन नभएको र भएको भए पनि त्यसलाई अत्यन्त गोप्य राखिने जनाएको छ ।

‘आफूले केही दलका नेताहरुमाथि भ्रष्टाचारको मुद्दा अघि बढाउन थालेकाले महाभियोग लागेको भनेर लोकमानजीको टिमले प्रचारबाजी गर्न थालेको रहेछ,’ अख्तियारका एक आयुक्तले भने, ‘तर आयोगमा त्यस्तो प्रकृतिको कुनै पनि फाइलको विस्तृत अनुसन्धान समेत नभएकाले झुटो प्रचारबाजीलाई चिर्नुपरेको हो ।’

निलम्बित अवस्थामा रहेका लोकमानले केही सञ्चारमाध्यममा आफूले कारवाही प्रक्रिया अघि बढाएको भन्दै माओवादी केन्द्र र एमाले नेताहरुको सूची समेत सार्वजनिक गरेका थिए। अख्तियारले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा सामाजिक सञ्चाल र अन्य माध्यममा प्रकाशित सूची यथार्थपरक नभएको बताइएको छ। आयोगले सार्वजनिक पदमा रहेका जो कोहीमाथि छानविन गर्नसक्ने भए पनि प्रचार गरिएको विवरणमा भने सत्यता नभएको आयोगले स्पष्ट पारेको छ ।

अख्तियारका प्रवक्ता गणेशराज कार्कीले आयोगको हवाला दिएर विभिन्न दलका पूर्वमन्त्री तथा नेताहरुको सूची नै सार्वजनिक गरेर समाजमा गलत सन्देश प्रवाह गरिएको बताए। ‘यी नेताहरुमाथि कारबाही हुँदै थियो, यसरी मुद्दा चल्दै थियो भनेर हल्ला र प्रचारबाजी गर्ने काम भयो, आयोगको बारेमा सही सूचना प्रवाह भएन,’ कार्कीले भने, ‘ती सूची र विवरणमा कुनै सत्यता छैन भनेर स्पष्ट पार्नुपरेको हो ।’

स्रोतका अनुसार, प्रमुख आयुक्तमा बहाल रहेको अवस्थामा लोकमानसिंह कार्की र अर्का आयुक्त राजनारायण पाठकले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा एमाले र माओवादी केन्द्रका केही नेताहरुको सम्पत्ति छानविन गरेका थिए । तर त्यस्तो छानविन विस्तृत तहमा पुगिसकेको थिएन ।

‘नेतामाथिको अनुसन्धान विस्तृत तहमा पुगिसकेको भए हामीलाई थाह भइहाल्थ्यो,’ कान्तिपुरको सम्पर्कमा आएका ती आयुक्तले भने, ‘प्रारम्भिक अनुसन्धानकै क्रममा दुई आयुक्तले सूची सार्वजनिक गरेर राजनीतिक र अन्य ढंगको मोलमोलाई र सौदाबाजी गरेका रहेछन् ।’
विस्तृत अनुसन्धानमा नगई कुनै पनि भ्रष्टाचारको उजुरीको छानविन टुंगिदैन । आफूमाथि कारबाही प्रक्रिया अघि बढाएपछि भने केही नेता र सार्वजनिक पदमा रहेका व्यक्तिहरुलाई प्रतिशोधस्वरुप जवर्जस्ती फाइल तयार गर्ने तयारीमा भने प्रमुख आयुक्त कार्की सहित आयुक्त पाठकले तयारी गरेका थिए ।

महाभियोग प्रस्तावसँगै उक्त योजना भने तुहिइसकेको छ । आयोगको बोर्ड बैठकबाट बहुमतका आधारमा मुद्दा चलाउने निर्णय गर्नुपर्नेमा त्यसबारे तयारी नै नगरी कार्कीले मुद्दाको प्रचारबाजी मात्रै गरेको निष्कर्ष निकाल्दै आयुक्तहरुको सामूहिक छलफलपछि अख्तियारले विज्ञप्ति प्रकाशित गरेको हो। कान्तिपुर

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...