आफ्नै प्रमीले नाटकिय शैलीमा गरे एलिसाको हत्या

Loading...
Spread the love

काठमाण्डौ: डेराबाट निस्किएकी २३ वर्षीया छोरी एलिसा नेपाली नफर्किएपछि उनको परिवार छोरी हराएको निवेदन लिएर कात्तिक १३ मा महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय टेकु पुग्यो । अघिल्लो दिन बिहान डेराबाट निस्किएकी छोरी ‘खोजी गरिपाउँ’ भन्ने निवेदन दिन प्रहरी कार्यालय पुगेका एलिसाको परिवारसँगै थिए १९ वर्षीय मुक्तिनाथ लामिछाने ।

एलिसाको परिवार आत्तिएको थियो, लामिछाने दुस्खी थिए । युवती हराएको निवेदन आइरहने भएकाले प्रहरीले यो केसलाई पनि खास ठानेन । र, फोटो लिएर खोजीका लागि सर्कुलर गर्छौं भन्दै उनीहरूलाई फिर्ता पठायो ।

निवेदन दिएकै दिन एलिसाको मोबाइलबाट उनका बुबालाई फोन आयो । छोरी फेला परिन् भनेर दंग परेर मोबाइल उठाएका उनी झसंग भए । छोरीको फोनबाट एक युवक बोलिरहेको थियो, त्यो पनि हिन्दीमा । उसले छोरी चाहिने भए १ करोड ५० लाख रुपैयाँ फिरौती माग्यो । उनले तत्काल प्रहरी महाशाखामा फोन गरेर यसबारे जानकारी दिए । यसपछि पनि परिवार प्रहरी कार्यालय पुग्यो । यसरी जाँदा हरेक पटक परिवारसँग लामिछानेसँगै हुन्थे ।

बोरामा फेला परिन् एलिसा

कात्तिक २० मा भक्तपुर बोडेको सडक किनारामा बोराभित्र युवतीको शव फेला परेको सूचना आएलगत्तै महाशाखाको टोली घटनास्थल पुग्यो । टाउकोका गम्भीर चोट लागेको अवस्थामा फेला परेको शवको अनुमानित उमेर र हुलिया हराएकी भनिएकी एलिसासँग मिलेपछि महाशाखाले उनको परिवारलाई खबर गर्‍यो ।

खबर आएको तेस्रो दिन अस्पतालमा रहेको शव हेर्न पुगेका एलिसाको परिवारले शवको पहिचान गरे । त्यसको दोस्रो दिन एलिसाको हत्यामा संलग्न रहेको आरोपमा तिनै लामिछाने पक्राउ परे । हत्याको कारण देखियो सम्बन्धमा उब्जिएको शंका ।

अुनसन्धानमा संलग्न महाशाखाका प्रहरी अधिकारीका अनुसार ठिमी बस्ने लामिछाने र एलिसा बूढानीलकण्ठमा रहेको रिफ वाटर प्रोसेस नामको पानी फ्याक्ट्रीमा काम गर्थे । सँगै काम गर्ने क्रममा यी दुवैबीच प्रेम सम्बन्ध बन्यो । यो कुरा थाहा भए पनि उनी हराएदेखि नै खोजीमा युवतीको परिवारसँगै रहेकाले प्रहरीले तत्काल उनलाई अनुसन्धानको दायरामा नल्याई शंकाको घेरामा मात्रै राखेको थियो ।

‘युवती हराएको दिनदेखि नै उनको खोजीमा खटिएर लामिछानेले प्रहरीलाई छक्याइरहेका थिए,’ महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले भने, ‘उनले जति चलाखी गरे पनि जोगिन भने सकेनन् ।’

शंकाले लियो ज्यान

आचरण ठीक नभएको भन्दै लामिछानेलाई कम्पनीले कामबाट निकालेपछि उनको एलिसासँग खटपट सुरु भएको थियो । यसबीचमा एलिसा अर्का युवकसँग निकट भइन् । आफू बेरोजगार भएपछि एलिसाले अर्कै युवकसँग सम्बन्ध गाँसेको भन्दै उनी मुर्मुरिएका थिए । तर, यसबारे एलिसालाई सोधेका थिएनन् । कान्तिपुर दैनिक

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...