काठमाण्डौ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरंकुश तरिकाले चल्न थालेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको आडभरोसामा उभिए पनि प्रधानमन्त्री दाहाल एकलौटी रूपमा अधि बढेको उनको आरोप छ ।
बुधबार काभ्रेको बनेपामा नेपाली कांग्रेस प्रथम राष्ट्रिय नगर सभापतिको सम्मेलनको उद्घाटनका क्रममा नेता पौडेलले यस्तो बताएका हुन् । प्रचन्डजी आफ्नै ढंगबाट अघि बढ्दै जानुभयो, कुनै काम हुन सकेनु, उनले भने, सरकारले जनताले आशा गरेबमोजिम काम गर्न सकेको छैन । यसबाट कांग्रेसलाई कुनै उपलब्धि छैन ।
केही समयमै विभिन्न तहको निर्वाचन हुन लागेकाले त्यसको तयारीमा लाग्न आफ्ना कार्यकर्तालाई आग्रहसमेत गरे । केही समयमै हामीले अग्निपरीक्षाको सामना गर्नुपर्छ । यसका लागि तपाईंहरू तयार हुनुहोस् । हामी पहिलो हुनुपर्छु, उनले भने, एमाले र माओवादीको गठबन्धन तोडेर कांग्रेसलाई सरकारमा पुर्याएका छौं ।
अब चुनावका लागि सोहीअनुरूपको तयारीमा लाग्नुपर्छ । कार्यक्रममा शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादवले माओवादीको सशस्त्र दसवर्षे युद्धबाट देश पछि पर्नुका साथै तत्कालीन समयमा ध्वस्त भएका संरचनको ३५ प्रतिशत पनि काम हुन नसकेको बताइन् । भौतिक संरचनाको त कुरा परै जाओस्, मृतक बेपत्ता र टुहुरा बालबालिकाका परिवारले अझै राम्ररी राहत पाउन सकेका छैनन् । यसका लागि म लागिरहेकी छु । पुनर्निर्माणका लागि मात्र ३० अर्ब रुपैयाँ आवश्यक पर्ने उनको भनाइ छ । हामीले बेपत्ता तथा मृतकका परिवारका लागि ३२ करोड रुपैयाँ छुट्ट्याएका छौं ।
बुधबार र बिहीबार हुने सम्मेलनमा नगर सभापतिसहित करिब २ सय १७ प्रतिनिधिको सहभागिता रहेको नेपाली कांग्रेस बनेपा नगर समिति सभापति राम जोशीले जानकारी दिए । सम्मेलनमा स्थानीय निकाय पुनर्संरचनाबारे धारणा बनाउन र चैतमा हुने भनिएको स्थानीय निकाय निर्वाचन, प्रादेशिक व्यवस्था, पार्टी सुदृढीकरणलगायत एजेन्डामा छलफल गर्न भेला बोलाएको उनले बताए । अन्नपूर्ण पोयट
यसमा तपाइको मत
अन्य समाचार बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...