सहमतिमा संशोधन विधेयक दर्ताका सम्भावना क्षीण हुदै

Loading...
Spread the love

काठमाण्डौ: सहमतिमा संविधान संशोधन विधेयक आउने सम्भावना क्षीण बन्दै गएको छ । सरकारले कात्तिक मसान्तभित्र सहमतिमा संविधान संशोधन विधेयक दर्ता गर्ने बताउँदै आए पनि प्रमुख तीन दलबीच कुरो मिल्न सकेको छैन । सहमति जुटाउन शनिबारका लागि बोलाइएको तीन दलको बैठकसमेत बस्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संशोधन प्रस्ताव तयार भएको जानकारी दिँदै सहमतिमै कात्तिक मसान्तभित्र संसद्मा दर्ता हुने बताएका थिए ।

तीन दलको बैठक बस्न नसके पनि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । अब तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक आज (सोमबार) बोलाउने तयारी छ । तर, प्रमुख प्रतिपक्षी एमालेले भने संविधान संशोधन विधेयकमा सहमति गर्ने सम्भावना देखिएको छैन ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेसम्मको अवस्थाको अध्ययन गर्दा संविधान संशोधन प्रस्तावमा सहमतिको सम्भावना नदेखेको बताए । ‘अध्यक्षसँग कुनै कुरो भएको भए मलाई थाहा भएन नत्र यसमा सहमति भएको मलाई थाहा छैन,’ नेम्वाङले भने ।

प्रधानमन्त्री दाहालले कांग्रेस, एमालेसँग सहमति गरेर संविधान संशोधन विधेयक ल्याउन निकै प्रयास गरेका छन् । सोमबारको बैठकमा सहमति हुने संकेत नदेखिए एकलौटी रूपमै संशोधन दर्ता गराउने सरकारको तयारी छ । संशोधनका विषयमा आइतबारको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो । कांग्रेस र माओवादीकै केही मन्त्रीले सहमतिको कुरालाई फेरि जोड दिदै एक दिन कुरौं भनेपछि मन्त्रिपरिषद्ले संशोधन प्रस्तावमा निर्णय नगरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्की (राम कार्की) ले मन्त्रिपरिद्षमा संविधान संशोधन विधेयकबारे छलफल भएको तर अधिक सहमति गरेर विधेयक लगे राम्रो हुने सुझाव आएकाले रोकिएको बताए ।

मन्त्रिपरिषद्बाट स्वीकृत गराई संविधान संशोधन विधेयक आइतबार नै कानुन मन्त्रालयमा पठाउने प्रधानमन्त्री दाहालको तयारी थियो । मन्त्रिपरिषद्ले संविधान संशोधन विधेयकलाई स्वीकृत गरेपछि त्यसलाई कानुन मन्त्रालयमा पठाउनुपर्दछ । कानुन मन्त्रालयले मस्यौदालाई अन्तिम रूप दिएपछि त्यसलाई संसद्मा दर्ता गरिन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले एकपटक तीन दलको बैठक बसेपछि मात्रै संशोधन विधेयक कसरी र कहिले दर्ता गर्ने निर्णय हुने बताए ।

शनिबार बोलाइएको तीन दलको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा तरुण दलको कार्यक्रममा पोखरा जाने भएका कारण बस्न नसकेको उनले राजधानीलाई जानकारी दिए । सकभर सहमतिमै विधेयक लैजाऔं भनेर सोमबार तीन दलको बैठक बोलाइएको र सहमति नभए सरकारले एकलौटी रूपमा संविधान संशोधन विधेयक दर्ता गर्ने उनले बताए । राजधानी दैनिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...