संविधान विपरीत नागरिकको व्यक्तिगत सूचना संकलन गर्दै अख्तियार

Loading...
Spread the love

काठमाण्डौ: राज्यका विभिन्न निकायबाट हुने अख्तियार दुरुपयोग रोक्न सक्रिय हुनुपर्ने संवैधानिक आयोगबाटै संविधानका प्रावधान कुल्चिने गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानप्रदत्त नागरिकको गोपनीयताको हकविपरीत अत्याधुनिक जासुसी उपकरणमार्फत व्यक्तिका सूचना संकलन गर्दै पाइएको हो ।

निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग दर्ता भएको केही दिनपछि आयोगले व्यक्तिका गोप्य सूचना संकलन बन्द गरेको जनाएको थियो । आयोग उच्च स्रोतका अनुसार यस्तो कार्य अझै पनि जारी छ जसमा उसले प्रहरीबाट ल्याएका र आफूले खरिद गरेका उपकरण प्रयोग गरिरहेको छ ।

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले प्रयोग गर्ने गुप्तचरी उपकरण प्रयोग गर्दै आयोगले संवैधानिक निकायका प्रमुखदेखि मन्त्रीसम्मका सूचना संकलन गर्दै आएको स्रोत बताउँछ। कार्कीकै दबाबमा संवैधानिक अधिकार उल्लंघन गर्दै अत्याधुनिक उपकरणबाट व्यक्तिका गोप्य सूचना संकलन भइरहेका छन् ।

एफबिआईले आतंकवादी र गम्भीर प्रकृतिका आरोपीको स्थान, सम्पर्कसूत्र र सामाजिक सञ्जाल प्रयोगसम्मका गोप्य सूचना निकाल्न प्रयोग गर्ने सफ्टवेयरसहितको उपकरण आयोगले व्यक्तिका सूचना निकाल्न प्रयोग गरिरहेको छ ।

आयोगमा रहेको प्रहरी महाशाखाले कार्कीको निर्देशनअनुसार एक प्रहरी निरीक्षक र दुई नायब निरीक्षकले अत्याधुनिक उपकरणमार्फत सम्बन्धित व्यक्तिको तत्कालको भौतिक अवस्थिति, सम्पर्कमा रहेका व्यक्ति र उसले गरेका कुराकानी सुन्दै आएका थिए । महाशाखामा काम गरिसकेका एक प्रहरी अधिकारीका अनुसार आयोगले अनुसन्धान गर्ने मुद्दासँग कुनै सरोकार नभएका व्यक्तिको कल डिटेल रिपोर्टअनुसारको विश्लेषणका लागि उपकरण प्रयोग हँदै आएको थियो ।

दूतावासले उपलब्ध गराएको आईबिएम आई टु सफ्टवेयरसहितका दुई ल्यापटपबाट प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी (हाल शान्ति मिसन), नायब निरीक्षक पूर्ण चन्द र श्यामसुन्दर घिमिरेले निर्देशनअनुसार व्यक्तिको गुप्तचरी गर्दै आएका थिए । अख्तियार उच्चस्रोतका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका दुवै ल्यापटप कार्कीले प्रहरी नेतृत्वलाई दबाब दिएर दक्ष जनशक्तिसहित आयोगमा लगेका थिए ।

आयोगमा आएका उजुरी अनुसन्धानभन्दा कार्कीले भनेका व्यक्ति कहाँ जान्छन्, कसलाई भेट्छन्, को कोसँग के कुरा हुन्छ, त्यसको निगरानी गर्न उपकरण प्रयोग भइरहेको थियो। कार्कीको निर्देशनमा व्यक्ति व्यक्तिको निगरानी हुन थालेपछि आयोगकै आयुक्त, कर्मचारी, सुरक्षा निकायका प्रमुख र सरकारी कर्मचारी आयोगभन्दा कार्कीप्रति नतमस्तक हुन बाध्य थिए ।

भेटघाट, कुराकानी र बासस्थानसमेत पहिचान हुन थालेपछि केही भन्ने र गर्ने अवस्था नै थिएन, ठेकेदारदेखि मन्त्रीसम्मका सूचना सबै कार्कीसम्म पुग्दै आएको हो, आयोगका एक आयुक्तले भने । प्रहरीलाई सहयोगस्वरुप प्राप्त भ्वाइस स्पेक्ट्रोम मेसिन (स्वर पहिचान गर्ने उपकरण) समेत आयोगले नै प्रयोग गर्दै आएको थियो ।

तत्कालीन अमेरिकी राजदूत पिटर डब्लु बोडेले एकसाथ उपलब्ध गराएका ९० लाख रुपैयाँ बराबरका ती उपकरणमध्ये दुई अत्याधुनिक ल्यापटप आयोगले साढे दुई वर्षदेखि प्रयोग गर्दै आएको छ । नागरीक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...