महिला क्रिकेटरमाथि दुव्र्यवहार गरेको प्रशिक्षक बस्न्यात माथि आरोप

Loading...
Spread the love

काठमाण्डौ: अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई प्रशिक्षक राजु बस्न्यातले दुव्र्यवहार गरेको आरोप लागेको छ । हङकङमा सम्पन्न आइसिसी विश्वकप महिलाअन्तर्गत एसिया छनोटमा सहभागी हुन गएका नेपाली खेलाडीले नै प्रशिक्षकविरुद्ध लिखित उजुरी दिएका छन् ।

हङकङको प्रतियोगितामा सहभागीमध्ये ६ खेलाडी (हामीले नाम गोप्य राखेका छौँ) ले उजुरी गरेपछि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन सुरु गरेको छ । सदस्यसचिव केशवकुमार विष्टलाई सम्बोधन गरी आएको उजुरीमाथि क्रिकेट समन्वय समितिले छानबिन गरिरहेको छ ।
विष्टले छानबिन गरी प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिइसकेका छन् । विष्टले छानबिन भइरहेको र दोषीमाथि कारबाही हुने बताए । ‘मैले सुन्नचाहिँ सुनेको छु, क्रिकेट समन्वय समितिलाई घटनाबारे बुझेर प्रतिवेदन बुझाउन निर्देशन दिइसकेको छु,’ विष्टले नयाँ पत्रिकालाई भने, ‘समितिले छिटै छानबिनको प्रतिवदेन बुझाउनेछ । कोही दोषी भए तत्कालै कारबाही हुनेछ ।’

यस्तो छ आरोप

१. महिला टोलीकी एक सदस्यलाई जबर्जस्ती मदिरा खुवाएको र सुतिरहेको अवस्थामा यौन दुव्र्यवहारको प्रयास गरेको
२. घटनापछि राति नै अन्य खेलाडीले मुख्य प्रशिक्षक बस्न्यातसँग झगडा गरे, झगडाकै क्रममा प्रशिक्षकबाट एक खेलाडीलाई आक्रमण प्रयास गरेको
३. वादविवाद हुँदा प्रशिक्षकद्वारा खेलाडीलाई अश्लील गालीगलौज गरेको
४. टोलीकै अर्की एक खेलाडीलाई पनि मदिरा खुवाई पटक–पटक यौन दुव्र्यवहारको प्रयास गरेको

नखाएको विष लाग्दैनः प्रशिक्षक

प्रशिक्षक बस्न्यातले भने आफूमाथि आरोप लागेको पुष्टि गरे पनि त्यो आरोप झुटो भएको दाबी गरेका छन् । हङकङमा प्रतियोगिता चलिरहँदा अनुशासनहीन खेलाडीलाई गाली गरेको उनले बताए । तर, यस विषयलाई ती खेलाडीले नै अनावश्यक मोड दिएको दाबी उनले गरेका छन् । ‘नेपालको नतिजा राम्रो आओस् भनी अनुशासनभन्दा बाहिर गएका केही खेलाडीलाई गाली गरेको थिएँ, तर त्यसैलाई उनीहरूले नकारात्मक रूपमा प्रचार गरे,’ बस्न्यातले भने ।

राष्ट्रिय टोलीमा छनोट नभएका खेलाडीसँग मिलेर ती खेलाडीले हल्ला फिँजाएको आरोप उनले लगाए । नेपाली क्रिकेटलाई लामो समयदेखि दिएको योगदानको नकारात्मक प्रतिफल पाएको भन्दै उनले दुःख व्यक्त गरे । ‘सबै खेलाडीलाई सम्मान गर्छु, मैले कसैलाई पनि दुव्र्यवहार गरेको छैन, गाली गर्नुलाई नै दुव्र्यवहार भन्ने हो भने मेरो केही भन्नु छैन, तर नखाएको विष कहिल्यै लाग्दैन,’ बस्न्यातले भने ।

केही व्यक्तिले निजी स्वार्थ पूरा गर्न खेलाडीलार्ई हतियार बनाएको पनि उनले दाबी गरेका छन् । ‘कुनै व्यक्तिविशेषको स्वार्थका लागि यस्तो आरोप लगाइएको हो, यो मेरो करिअर नै समाप्त पार्ने योजना हो,’ उनले भने, ‘मेरो आफ्नो परिवार छ, त्यस्तो काम गरी हिँड्ने मान्छे होइन ।’ नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

Spread the loveकाठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

Spread the loveकाठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली,...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

Spread the loveकाठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले...