मधेसका कार्यकर्तालाई जोगाउनकै लागि संविधान संशोधनमा गर्नुपर्छ: काँग्रेस

"एमालेको अवरोधका कारण संविधान संशोधनमा ढिलाइ: पौडेल"

Loading...
Spread the love

बारा: कार्यकर्ता भेटघाट कार्यक्रमका लागि बारा आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिल्लाका स्थानीय नेता तथा कार्यकर्ताहरुले मधेसी मोर्चासँग भएको सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाई बारे प्रश्न सोधेर हैरान पारेका छन् ।

काँग्रेस बाराको पार्टी कार्यालय कलैयामा शक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै जिल्ला कार्य समितिका कोषअध्यक्ष चन्द्रशेखर यादवले मेधसी मोर्चाले काँग्रेस एमालेजस्तै मधेस विरोधी रहेको भन्दै प्रचार गरिएको अवस्थामा मधेसी मोर्चासँग भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अगाडी बढाउनुमा काँग्रेसले किन ढिलाई गरेको भनेर प्रश्न गरेका थिए ।

मोर्चासँग भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया संसदमा अगाडी नबढाउँदा काँग्रेस पनि मधेसीलाई अधिकार दिने पक्षमा नरहेको भन्दै नराम्रो कुराहरु काँग्रेसका बारेमा भइरहेकोले काँग्रेसले नेतृत्व गरेर संविधान संशोधन गर्ने कार्यमा अगाडी बढनु पर्ने सुझाव यादवले दिए ।

कार्यक्रममा बोल्दै अर्का काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले मधेसको जनता जहिले पनि काँग्रेसको साथमा रहेकोले गर्दौ काँग्रेसले मधेसका आफना कार्यकर्तालाई जोगाउनको लागि संविधान संशोधनमा ढिलाई गर्न नहुने तर्क गरे ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यहरु रमेश रिजाल, अफताब आलम, बारा सभापति जयचन्द चौरसियालगायतकाले मधेसका जिल्लाहरुमा एमाले कमजोर रहेकोले काँग्रेसलाई पनि कमजोर बनाउने खेलमा एमाले लागेकोले त्यसमा सर्तक हुनु पर्ने बताएका छन् ।

स्थानीय नेता तथा कार्याकर्ताहरुको प्रश्नको जवाफमा नेता पौडेलले हाल एमालेको अवरोधका कारण मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधनमा ढिलाइ भएको आफनो तर्क राखे । नागरिक न्युज

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...

फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियारमा निवेदन

Spread the loveकाठमाण्डौ: इन्जिनियर एवं अधिवक्ता दिनेश चौधरी फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निवेदन पेश गरेका छन । चौधरीले निवेदनमा निवेदन दिने आफ्नो चाहाना नभएर बाध्यता...

गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार सरकारले निःशुल्क गर्ने

Spread the loveकाठमाण्डौ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको...

मुलुकी फौजदारी कार्यविधि नियमावली: कारबाही सम्बन्धी नयाँ व्यवस्था

Spread the loveकाठमाण्डौ: मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएकाे छ । यस नियमावलीमा यो ऐन भन्नाले मुलुकी फौजदारी कार्यविधि (संहिता), ऐन २०७४ लाइ जनाँउदछ ।  मुलुकी फौजदारी कार्यविधि नियमावली,...

इन्जिनियरिङको फैसला कार्यान्वयनमा सहयोग गर्न चौधरीको अपिल

Spread the loveकाठमाण्डौ:  अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले आफुले धेरै नै मेहनतले उब्जाएको सर्वोच्च अदालतले मिति २०७४।१२।१९ गरेको फैसलाको पुर्ण पाठ जसलाई कार्यान्वयन गर्नको लागि सहयोगको अपेक्षाका साथ अपिल गरेका छन । सम्पुर्णको सहयोगले...