
प्रेमबहादुर शाही: भक्तपुर
नेपालका विश्व सम्पदाहरुको सूचीमा सूचीकृत सम्पदाहरु मध्य भक्तपुर दरवार पनि एक हो । भक्तपुर सम्दाहरुको सवैभन्दा धनी जिल्ला हो । युनेस्कोले तयार परोको ‘म्याप अफ वल्र्ड हेरिटज’ मा भक्तपुर दरवार र चाँगुनारायण दरवार वरिपरीको क्षेत्र समेत समेटिएको छ । यसले गर्दा आज भक्तपुर नेपालको सवैभन्दा सानो जिल्ला भएपनि विश्वमाज ठूलो पहिचान दिन सफल भएको छ । लिच्छवी राजा नरेन्द्रदेवले (६९१-७२८) को पालादेखि नै भक्तपुरलाई ३७५ वर्ष नेपाल मण्डको राजधानी बनाएका थिए ।
त्यहि समयदेखि भक्तपुरमा विभिन्न प्रकारका सम्पदाहरुको निर्माण हुन थालेका थिए । यहाँ सुनको ढोका समेत रहेको लालवैंठको नयाँ भवन मल्लकालीन शैलीमा वनेका भवनहरु छन । भक्तपुरमा राजमान सिंहले (१८४४) मा सिसाकलमले बनाएको बसन्तपुर दरवारलाई अर्थात अहिले ५५ झ्याले दरवार यहाँको सवैभन्दा महत्वपूर्ण, धार्मिक र ऐतिहासिक दरवार हो । पछिल्लो समयमा जिल्लाम रहेका ऐतिहासिक, धार्मिक तथा सँस्कृतिलाई राष्ट्रिय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरमासम्म चिनिन पुगेको छ । भक्तपुरको दरबार स्क्वायर, पाँचतले मन्दिर र दत्तात्रय मन्दिर आसपास दिनहुँ हजार भन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक आउँछन ।
उनीहरुले त्यस क्षेत्रमा रहेका मौलिक काल, सँस्कृतिलाको विशेष अवलोकसँगै अनुसन्धान गरिरहका हुन्छन । कलात्मक रुपमा कुदीएका विभिन्न आकारका चित्रहरुले मन लोभ्याउन गर्दछ । सम्पदा क्षेत्रमा भित्रने वित्तिकै मानिसहरु ढुङ्गेयुगमा पुगेको भान हुने गर्दछ । जसले गर्दा उनीहरुको सोचमा नै परिर्वतन ल्याउने गर्दछ । यस्तो कलात्मक सीप भएका मानिसहरुलाई भेटपाएको भए जीवनमा गर्नु पर्ने एक काम पूरा भएको अनुभूर्तिहुने गर्दछ । भक्तपुरको केन्द्र दरबार स्क्वायरले सिङ्गो जिल्लाको अतित्वलाई बचाएको छ । त्यसैल भक्तपुर मुलुकका ७५ जिल्लामध्यय सबैभन्दा उत्कृष्टमा जिल्लामा दरिएको छ ।
भक्तपुरालाई सम्पदाको खुल्ला संग्रहालय उपनामले पनि चिनिने गरिएको छ । क्षेत्रफलको हिसावले १ सय १९ वर्ग किलोमिटर मात्र छ । वि.स. २०६८ सालको तथ्य अनुसार यहाँको जनसंख्या ३,०३,०२७ रहको छ । जस मध्येय ९७०१ जनसंख्या विदेशमा रहेका छन । वाषिर्क जनसंख्या वृद्धिदर २.९६ जनघनत्व २५४६ घरधुरी ५०,०८६ घरपरिवार ७३,०८४ साक्षरता ८८ प्रतिशत गरिबीको रेखामुनिको जनसंख्या २९.९ प्रतिशत मानव गरिबी सूचाङ्क २९.९ जिल्ला आयस्रोत बालुवा र ढुङ्गा खानी औसत आयु ७१.३३ अस्पताल संख्या १० रहेको छन ।
यसको परिचय यतिमै सीमित छैन । ऐतिहासिक सम्पदा र संस्कृतिले चिनाएको भक्तपुरलाई मन्दिरको सहर समेत भन्ने गरिएको छ । यहाँको जिब्रो छेड्ने, सिन्दूर जात्रा, बिस्केट जात्रा भक्तपुरको अर्को मौलिकता हो । जुजुधौँको अन्तर्राष्ट्रिय रूपमा चर्चा रहेको छ । भक्तपुर र मध्यपुरको कुमालेले बनाएका माटाका भाँडा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ । स्वदेशी माटोले विदेशी डलर भित्रयाएको छ । भादगाउँले टोपी भन्ने बित्तिकै जो कोहिले भक्तपुर जिल्लालाई सम्झने गर्दछन । काठमा कुँदिने बुट्टाले भक्तपुरलाई सिंगो काष्टकलाको रूपमा चिनाएको छ । त्यसैले पछिल्लो समयमा भक्तपुरमा बसाइँ सरेर आउने मानिसहरुको संख्या निकै बढेर गएको छ ।
तीन दशक अघि चीन सरकारले विस्तार गरिदिएको अरनिको राजमार्गलाई जापान सरकारले फराकिलो बनाई दिएपछि झनै भक्तपुरमा हैसेमा होस्टे थपिएको थियो । दुई लेनमात्रै भएको सडक विस्तारपछि ६ लेन गरिएको थियो । सडक बिस्तारपछि झनै आर्थिक प्रगति उच्च स्थानमा पुगेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मानिसहरुको पहिलो अवलोकन रोजाइँको स्थान बनेको छ । घाम उदाएर अस्ताएको हिमाली दृश्यमा रमाउँन पाउँनु पर्यटकहरूको अर्को रोजाइँ रहको छ । यसरी सम्पदाहरुको सहर मनेर विश्वमा कहलिरहेको भक्तपुर जिल्लालाई पटक.पटक वि.स. १८६६, वि.स. १८९१, वि.स. १९९० र वि.स. २०७२ सालमा आएको भूकम्पले धेरै नै क्षती पुर्याएको छ । पुरातत्व विभागका अनुसार भक्तपुरका ७८ साँस्कृतिक सम्पदा ध्वस्त भएका तथ्य रहेको छ । तर पनि ती सम्दाहरुको महत्वमा कुनै कमि आएको छैन । भक्तपुर सम्पदाको सहर मात्र नभएर देशकै सुन्दर सहर पनि भन्ने गरिएको छ ।
कानूनमा पनी समाजमा प्रचलित प्रथा परम्परा, रितिस्थिती लगायत कानूनका स्रोत वा समाजका परापुर्वकालवाट अभ्यास गरिएका समनजले भुल्न नसक्ने त्यागन नसक्ने जिवित कानूनको रुपमा रहेका हुन्छन । यस्ता निवित ऐतिहाँसिक प्रथा परम्परा जो समाज र संस्कृतिको माहान पहिचानको रुपमा रहेका छन तिनको सम्रक्षण पनी राज्यको सामजको जिवित प्रथागत कानूनको पनी सम्रक्षण सरह हुने छ ।
जिवित इतिहाँस, कानून र सो साँग सम्वन्धित संरचनाको अस्तित्व संकटमा पर्दा कतै संस्कृतिक संपतीको रुपमा भएका प्रथागत कानून र संरचना लोप हुने त होइनन भन्ने पनी अवस्था वनेको छ । पुराना संरचना मर्दा समाजमा कानून पनी मरिरहेको हुन्छ, जो राज्यले बुझ्न पर्दछ ।
लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन
यसमा तपाइको मत
लेख/अनुसन्धान बाट अन्य

Spread the loveविवाह मानिस परिवार प्रणालीमा प्रबेश गरे संगै विकाश भएको परिवार प्रणालीको एक महत्वपूर्ण र सुन्दर पक्ष विवाहित जोडीको विचको एक महत्वपूर्ण करार हो । यसको ऐतिहासिकता कानूनको भन्दा पुराना ेछ जसकारण हामी...

Spread the loveभारतको वर्तमान प्रधान न्यायाधिशले चढेको मोटरसाईकलको फोटो, मुल्य र त्यस्को मालिकको सम्वन्धमा आम संचार माध्यममा आफ्नो टिप्पनी लेखेका थिए । सोही लेख लेखेको भनेर भारतको जानेमाने वकिल प्रशान्त भुषण विरुद्द भारतको सर्वोच...

Spread the loveप्रकरण १ नेपाल बार एशोशिएसनका पुर्व अध्यक्ष बरिष्ठ अधिवक्ता शम्भु थापाले एक अन्र्ताबार्तामा वकिल नै न्यायधिश कहाँ घुुस पुर्याउछन् भनि भन्नु भएकोछ । वकिल र न्यायधिशको नाम भन्नको लागि अन्तर्वाता लिने व्यक्तिले अनुरोध...

Spread the loveप्रकृति र विनाश सन्दर्भः विश्व वातावरण दिवस प्रकृति त वरदान हो, विनाश किन वनायौ । प्रकृति त जीवन हो, मृत्यु किन वोलायौ ।। प्रकृति त स्वर्ग हो, नर्क किन वनायौ ।। प्रकृति त...

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...

Spread the loveमैले बुझेअनुसार बहस थरिथरिका हुन्छन् । पक्षले वकीललाई नियुक्त गर्दा गरिने वहस, बैतनिक वकील वा सरकारी वकीलले गर्ने वहस, कानूनी सहायता वा प्रो बोनोको स्वरुपमा वा एमिकस क्यूरीको रुपमा गरिने वहस, कुनै...

Spread the loveशहरका हुने खाने सम्भ्रान्तहरुः आफ्ना शरीरमा हात्ति पाली अरुका शरीरको जुम्रा देख्ने स्वनामधन्य सर्वज्ञहरुको स्थायी जागिर भएको छ आजको मानवअधिकार । नवधनाड्य हुन शहर पसेकाहरुको माछो नखाने प्रायश्चित्त सहित बकुल्लाव्रत बसेकाहरुको बेलाबखत जप्ने मन्त्र भएको छ आजको मानव अधिकार । लम्बेचौडे कागजी नाटक...

Spread the loveविजयादशमी पारिवारीक र मान्यजनसँगको जमघट, सामिप्यता, आदर÷सत्कार र सुख दुःख साटासाट गर्दै सुख शान्ति र समृद्धिको कामना सहित मनाईने हिन्द धर्मावलम्वीहरुको राष्ट्रिय चाडको रुपमा रहेको महत्वपूर्ण पर्व हो । दशैं घटस्थापना अर्थात...

Spread the loveन्याय आजकाल न्याय अदालतको ढोकामा चिच्याई रहेको देख्छु मैले भने , खै किन भित्र नपसेको ? अदालतको ढोका र झ्याल त खुल्यै छन् १ न्याय म सँग झोक्किदै भन्यो म झ्याल र ढोका बाट छिर्ने होईन दिमागबाट छिर्ने हुँ त्याहाँ बाक्लो...

Spread the love२०७२ साल आश्विन ३ गते संविधान नेपाली जनताले पहिलो पटक आफैले चुनेका प्रतिनिधीहरु मार्फत बनाएको प्रथम संविधान हो । अर्थात, यो जनताको संविधान हो । सर्वस्वीकार्यताको प्रश्न निर्वाचन आयोगका अनुसार पछिल्लो संविधानसभाको चुनावमा नेपालको...