बाँके: उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बाँके राप्ती पारिका वासिन्दाको घर आँगन ५ महिनाभित्र उज्यालो पार्ने बचन दिएका छन ।
राप्ती पारिका स्थानीय जनता र पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा मन्त्री शर्माले यस्तो प्रतिवद्धता जनाउका हुन । हालसम्म विद्युतविहीन अवस्थामा रहेका राप्ती पारिका ७ वटा गाविसका वासिन्दाले अबको ५ महिनाभित्र बिजुलीको स्वाद चाख्न पाउने उनको भनाइ छ ।
ती गाविसहरुमा विद्युत प्रसारण लाईन विस्तार गर्ने काम १५ वर्षअघि शुरु गरिएको भएता पनि हालसम्म सम्पन्न हुन सकेको छैन । राप्ती पारिका बीनौना, बैजापुर, गंगापुर, मटैया, नरैनापुर लक्ष्मणपुर, कालाफाँटा र फत्तेपुर गाविसको आधा भाग हालसम्म बिद्युतविहीन रहेको छ । यस्तै कटकुइया गाविसमा २०५४ सालमै पोल गाडिएको भएपनि अहिलेसम्म बिजुली पुगेको छैन ।
“पन्ध्र वर्षदेखि कछुवा गतिमा घिस्रिरहेको प्रसारण लाईनको कामलाई खरायो गतिमा दौडाएर ५ महिनाभित्र तपाईको बस्ती झलमल्ल पार्छु” मन्त्री शर्माले भन्नुभयो “यस कार्यमा तपाईहरुको पनि सक्रिय सहयोग र सहभागिता चाहिन्छ ।” यो काम सम्पन्न गर्न बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई आवश्यक निर्देशन दिइसकिएको उहाँले जानकारी दिए ।
बिद्युत प्राधिकरणका कर्मचारीहरुले काममा ढिला सुस्ती गरे तुरुन्त आफुलाई खबर गर्न पनि मन्त्री शर्माले स्थानीयलाई आग्रह गर्नुभयो । नेपाल बिद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको उद्घाटन गर्न शुक्रवार बाँके पुग्नुभएका मन्त्री शर्माले बिद्युत प्राधिकरण मध्यपश्चिम क्षेत्रका कर्मचारी, स्थानीय पार्टी कार्यकर्ता र जनतासँग अन्तरक्रिया गरेका थिए ।
यसमा तपाइको मत
कानुन र बिजनेश बाट अन्य

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

Spread the love सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...