संविधान संशोधनका विरुद्ध एमाले, कानूनी उपचारदेखि सदन सडकबाट प्रतिवाद गर्ने

Loading...
Spread the love

काठमाडौं: प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक राष्ट्रहितविपरीत भएको ठहर गर्दै संशोधनले मुलुकमा साम्प्रदायिक द्वन्द्व निम्त्याउने बताएको छ । एमालेले विधेयकलाई पारित हुन नदिने उद्घोषसमेत गरेको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले सरकारको प्रस्ताव राष्ट्रहितविपरीत र साम्प्रदायिक द्वन्द्व फैलाउने खालको भएको भन्दै संसद्बाट पारित हुन नदिने पक्षमा एमाले उभिने बताए । उनले प्रस्ताव पारित हुन नदिन एमालेले कानुनी उपचारका साथै सदन र सडकबाट सशक्त रूपमा प्रतिवाद गर्ने जानकारी पनि दिए । ‘सरकारको संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा छैन, यसले साम्प्रदायिक द्वन्द्व निम्त्याउँछ,’ ज्ञवालीले  भने, ‘एमालेले यसको कानूनी उपचारका साथै सदन र सडकबाट सशक्त रूपमा प्रतिवाद गर्छ ।’

एमाले स्थायी कमिटीको बैठकले यसअघि नै सरकारले राष्ट्रिय हितविपरीत र साम्प्रदायिक द्वन्द्व निम्त्याउने किसिमको संविधान संशोधन प्रस्ताव गर्ने तयारी गरेको बताउँदै त्यसलाई सफल हुन नदिन राष्ट्रभक्त जनता, राजनीतिक दलका साथै आमजनसमुदायमा आह्वान गरिसकेको छ । एमालेले सरकारलाई संविधान कार्यान्वयनमा जुट्न पटक÷पटक सुझाव दिँदै आएको छ ।

आफूहरूको सुझाव सरकारले नसुनेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावको डटेर प्रतिवाद गर्न सार्वजनिक रूपमै आह्वान गरिसकेका छन् । सरकारले एमालेको असहमतिबीच पहाड र तराई अलग गर्दै संशोधन विधेयक ल्याएपछि एमालेले असफल पार्न सबै रणनीतिको अवलम्बन गर्ने जनाएको छ । संविधानमा प्रदेश सभाको सहमतिविना सीमांकन हेरफेर गर्न नपाउने व्यवस्था भए पनि सरकारले संविधान मिचेर संशोधन ल्याएको भन्दै एमालेले कानुनी उपचारसमेत खोज्ने बताएको हो ।

मधेसी मोर्चा खुसी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन प्रस्तावप्रति खुसी व्यक्त गर्दै आलोचनात्मक समर्थन गर्ने जनाएको छ । उसले सरकारलाई बुझाएको २६ बुँदे मागअनुसार संविधान संशोधन प्रस्ताव अघि नबढे पनि प्राप्त उपलब्धि संस्थागत गर्ने र बाँकी रहेका माग पूरा गराउन प्रस्तावले सकारात्मक भूमिका खेल्ने जनाएको छ ।

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले बैठक बसेर सरकारको प्रस्तावका विषयमा आधिकारिक धारणा तय गर्ने बताए ।

सद्भावना पार्टीका महासचिव मनीष सुमनले सरकारले पारित गरेको प्रस्ताव संसद्मा दर्ता भइसकेकाले त्यसमाथि पुनः अर्को प्रस्ताव दर्ता गरी सहमतिको प्रयास खोजिने बताए । ‘अब आन्दोलनरत गठबन्धनको बैठक बसेर यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिनेछ,’ उनले भने । राजधानी दैनिक

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...