करोडौ रुपैयाका माग दावी सहित ग्रान्डी र बी एन्ड बी विरुद्ध मुद्धा

Loading...
Spread the love

काठमाडौं: उपचारका क्रममा अस्पताल र चिकित्सकबाट गम्भीर लापर्बाही भएको भन्दै उपत्यकाका नाम चलेका दुई ठूला अस्पतालविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ । राजधानीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र ललितपुरको ग्वार्कास्थित बी एन्ड बी अस्पतालविरुद्ध क्षतिपूर्तिको मागदाबीसहित मुद्दा दर्ता भएको हो ।

ग्रान्डीविरुद्ध १० करोड रुपैयाँ र बी एन्ड बी अस्पतालविरुद्ध १ करोड रुपैयाँको क्षतिपूर्ति मागदाबीसहित मुद्दा दर्ता भएको हो । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको सहयोगमा पीडित पक्षले अस्पतालहरूले उपचारमा लापरबाही गरी ज्यान जोखिममा पारेको तथा उपभोक्ताको आर्थिक हानि गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।

मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा ग्रान्डीमा उपचारका क्रममा मृत्यु भएका काठमाडौं ग्रिनल्यान्ड निवासी ३० वर्षीय सुदीप विष्टकी आमा चूडाकुमारी विष्टले छाती दुख्यो भनेर मोटरसाइकलको पछि बसेर ग्रान्डी अस्पताल पुगेको छोरा चिकित्सकका लापरबाहीका कारण आफूले गुमाउनुपरेको बताइन् ।

गत ६ कात्तिकमा ग्रान्डी अस्पतालको आईसीयूमा भर्ना भएका भोलिपल्टै सुदीपको मृत्यु भएको थियो । त्यसबेला उपचारका लागि भनेर अस्पताललाई ९४ हजार रुपैयाँ बुझाइसकेपछि ७ गते मृत घोषणा गरिएको थियो ।

मृतक सुदीपकी आमा चूडाकुमारीले हृदयाघातको आशंका भएकाले आफूहरूले त्यसको उपचारका लागि आग्रह गर्दा पनि डाक्टरले ग्यास्ट्रिकको उपचार गर्नु, उपचारका क्रममा पनि सही सूचना नदिनु र मृत्युपछि पनि रिपोर्ट दिन अस्पतालले आनाकानी गर्नुले उपचारमा लापरबाही भएको पुष्टि भएको बताइन् । ‘मेरो छोराको त अस्पतालको लापरबाहीले ज्यान गयो, मेरो छोराजस्तो अन्य कसैले पनि ज्यान गुमाउनु नपरोस् भनेर न्याय माग्न जिल्ला प्रशासन कार्यालयमा अस्पतालविरुद्ध मुद्दा दर्ता गरेकी हुँ,’ मृतककी आमाले भनिन् ।

उनीहरूले ग्रान्डी अस्पतालका सीईओ डा. अशोक बर्दन, मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे, डाक्टरहरू सजिन सिंह, डा. शंकर रावत, डा. मिलनप्रकाश श्रेष्ठ र डा. विवेक शर्माविरुद्ध उजुरी दिएका हुन् । त्यसैगरी, डा. दीपेश अर्याल, डा. अविनाश गुरुङ, डा. एलिना घिमिरेविरुद्ध पनि उनीहरूले उजुरी दिएका छन् ।

त्यसैगरी, ललितपुर ग्वार्कोस्थित बी एन्ड बी अस्पतालविरुद्ध भने इन्द्रकुमारी राईको उपचारमा लापरबाही भएको भन्दै मुद्दा दायर गरिएको छ । खाना नरुच्ने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या देखिएपछि २७ कात्तिक २०७१ मा उपचारका लागि अस्पताल पुगेकी श्रीमती इन्द्रकुमारी राईको उपचारमा डाक्टरले गलत औषधि चलाउँदा त्यसको रियाक्सनले झन्डै ज्यान गएको र अहिले पनि श्रीमती कमजोर भएको भन्दै क्षतिपूर्ति माग गरेको पीडितका पति अञ्चल राईले बताए ।

राईले अस्पतालका डाक्टर कृष्णप्रसाद शर्मा तथा फार्मेसीविरुद्ध उजुरी दिएको बताए । उनले उपचारकै क्रममा सो अस्पतालमा पटक पटक गरी १७ लाख ५८ हजार ९ सय ७० रुपैयाँ खर्च भएको तर सही उपचार नगरेको भन्दै १ करोडको क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेको बताए ।
‘एउटा समस्याका लागि अन्दाजको भरमा ५÷६ वटा रोगको औषधि दिएका कारण छालामा फोका र घाउले आज मेरी पत्नी कुरूप हुनुपर्ने अवस्था छ, त्यसलाई ठीक हुन वर्षौं या जीवनभर पनि लाग्न सक्ने भएकाले क्षतिपूर्तिको मागसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी हालेको हुँ,’ पति अञ्चलले भने ।

Loading...

यसमा तपाइको मत

अपराध र कानुन बाट अन्य

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...