श्रीमान देखि लिएर नजिकका व्यक्तिबाटै पिडित छन महिलाहरु

Loading...
Spread the love

काठमाण्डौ: लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहँदा ६२ प्रतिशत लैङ्गिक हिंसाका घटना श्रीमान् वा नजिकका व्यक्तिबाट गरिने तथ्याङ्क सार्वजनिक भएको छ ।

हरेक वर्षझैँ यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा शुक्रबार राष्ट्रिय महिला आयोगद्वारा राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कले उक्त कुरा देखाएको हो ।

आयोगद्वारा लैङ्गिक हिंसा–न्यूनीकरण–प्रयास र सम्भावना शीर्षकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा लैङ्गिकतामा आधारित हिंसाको सूचना व्यवस्थापन प्रणाली ९जीबीभीआईएमएस० मा सन् २०१५ र २०१६ को जुनसम्म सङ्कलित तथ्याङ्कले समाजमा महिलाले आफ्नो रक्षक वा आफ्नो सबैभन्दा नजिक मानिएको सम्बन्धभित्रबाट हिंसा भइरहेको देखाएको हो ।

लैङ्गिकतामा आधारित हिंसाको केन्द्रीकृत तथ्याङ्कको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सन् २०११ मा राष्ट्रिय महिला आयोगको प्रमुख नेतृत्वमा ‘लैङ्गिकतामा आधारित हिंसाको सूचना व्यवस्थापन प्रणाली’को सुरुवात गरिएको थियो।

त्यसमा महिला हिंसाविरुद्ध काम गरिरहेका विभिन्न दश संस्थाले लैङ्गिकतामा आधारित हिंसाका पीडितहरूको उजुरीका आधारमा तथ्याङ्क सङ्कलन एवम् भण्डारण गर्न जीबीभीआईएमएस प्रणाली अपनाएकोले ती संस्थाको समन्वयमा तयार पारिएको लैङ्गिक हिंसाका दुई हजार ३७५ उजुरीमध्ये ७८ प्रतिशत पीडितहरू विवाहित वा लिभिङ्ग टुगेदर जस्ता सम्बन्धमा रहेकाहरू पाइएको छ, ती घटना ४८ प्रतिशत साँझ वा रातको समयमा भएको पनि तथ्याङ्कले देखाएको छ ।

कार्यक्रममा पूर्वमन्त्री चन्द्रप्रकाश मैनालीले शिक्षित, आर्थिक रूपमा सबल, राजनीतिलगायत अन्य विविध क्षेत्रमा पहुँच भएपछि समाजबाट लैङ्गिक हिंसा न्यूनीकरण हुँदै जाने धारणा राखे ।

उनले संविधान प्रदत्त महिला–पुरुष समान भन्ने बुँदाको कार्यान्वयनका लागि महिलाको पहुँच सबै क्षेत्रमा समान हुनु आवश्यक छ, त्यसबाट लैङ्गिक हिंसामा न्यूनीकरणका लागि बल पुग्ने विश्वास व्यक्त गरे ।

महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेको सभापतित्वमा आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत महिला हिंसा निवारण शाखा प्रमुख उपसचिव विनिता भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै महिला हिंसा न्यूनीकरणका लागि शाखाले गरिरहेको विविध कार्यको जानकारी दिइन् ।

त्यसैगरी केयर नेपालका लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम संयोजक विसिका थापाले कार्यपत्र प्रस्तुत गर्दै लैङ्गिक हिंसा न्यूनीकरणका लागि हरेक व्यक्तिले आफ्नै घरबाटै सुरु गर्नुपर्ने भएकोले केयर नेपालले घरको काममा महिला–पुरुषले समान सहभागिता जनाउन प्रयोगात्मक कार्यक्रम विभिन्न स्थानहरूमा सञ्चालन नै गर्ने गरेकोबारे प्रस्ट पारिन् ।

कार्यक्रममा महिला आयोगका सविच रामप्रसाद भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै घरभित्रै महिला–पुरुषले समान अवसर पाएका क्षेत्रमा महिला हिंसाको घटना नभएको बताए । घर शान्ति नै विश्व शान्तिको आधार र दिगो विकासका लागि लैङ्किक हिंसारहित समाजको नारासहित सुरु भएको महिला हिंसाविरुद्ध यस वर्षको १६ दिने अभियान शनिबार समापन हुँदैछ । गोरखापत्र

Loading...

यसमा तपाइको मत

जेन्डर एण्ड ल बाट अन्य

फौजदारी कानून समाज गठन

Spread the love फौजदारी कानूनको क्षेत्रमा भएका विक्रिती विसंगतीको अन्त्य, सामाजिम संतुलन, फौजदारी कानूनको क्षेत्रमा प्रगिक योगदान गर्ने उदेश्यको साथ फौजदारी कानूनको क्षेत्रमा ब्यवसायिका र प्रगिक रुपमा योगदान गर्दै आएका कानून ब्यवसायिहरुको भलेलाले फौजदारी कानून...

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

उपाहार दिए पनी अपराध

Spread the loveआम जनताको जानकारीको लागि : आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ आमाको दुधको वाध्यात्मक बिकल्पलाई वनाइएका खाध्य बस्तु आमाको दुध आएको अवस्थामा कुनै पनी वाहानामा खुवाउन हुदैन भनी ल्याईको...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

मृत्युदण्डलाई मानव जीवनको अधिकार र पीडितको तर्फबाट हेर्दा अलग अलग चित्र देखिन्छ

Spread the loveडा. मदनकुमार भट्टराईको पुस्तक, हरिप्रसादले भारतीय कानून लगाएका थिएनन् भन्ने आदि र “जव ३० वर्षे व्यवस्थामा दमितहरु २०४६।१२।२७ पछि शक्तिमा पुगे मुख्यतः पात्र परिवर्तनलाई जोड दिंर्दै नयाँ संरचनाहरु खडा गर्न थालिए तर...