विधेयकको विपक्षमा सांसदको समर्थन जुटाउदै एमाले

Loading...
Spread the love

काठमाडौँ: एमाले नेतृत्वको विपक्षी गठबन्धनले सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ताका लागि दबाब दिन एक तिहाइभन्दा बढी सांसदको हस्ताक्षरसहितको संयुक्त वक्तव्य जारी गर्ने भएका छन् ।

आजको राजधानी दैनिकमा खबर छ । संशोधनमा जनमत र संसद दुवै विपक्षमा रहेको पुष्टि गर्न उनीहरूले यस्तो तयारी गरेका हुन् । यसका लागि विपक्षी गठबन्धनका सांसदहरूको हस्ताक्षर संकलन भइरहेको छ । स्रोतका अनुसार एक–दुई दिनभित्रै उनीहरूले २ सय सांसदको हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै छन् ।

एक तिहाइभन्दा बढी सांसदले संयुक्त वक्तव्य निकाली प्रस्ताव फिर्ता लिन आग्रह गर्ने तयारी गरेको एमालेका एक नेताले बताए । ती नेताका अनुसार संसद्को चौथो ठूलो दल सत्तारूढ राप्रपा र थरुहट पार्टीले समेत यथास्थितिमा विधेयकको समर्थन नगर्ने निर्णय गरिसकेका कारण विपक्षमा हस्ताक्षर पुग्ने भएको हो ।

सत्तारूढ कांग्रेस र नेकपा माओवादी केन्द्रकै नेता तथा सांसदले संशोधनविरुद्धको आन्दोलनमा सहभागी हुँदै विपक्षमा मतदान गर्ने घोषणा गरेकाले पनि विधेयक फिर्ता नलिने सरकारको नियतले राम्रो संकेत नगरेको एमालेको तर्क छ । संसद्मा विधेयक टेबुल नै हुन नदिने अडानसहित निरन्तर सदन अवरुद्ध गर्दै आएको एमालेले विधेयकको विपक्षमा एक तिहाइभन्दा बढी सांसदको समर्थन जुटाएको छ ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पारित नहुने सुनिश्चित हुँदाहुँदै पनि विधेयक फिर्ता नलिएर सरकारले मुठभेड निम्त्याएको बताए । ‘अहिले विधेयकको विपक्षमा आवश्यकभन्दा बढी सांसद छन् भन्ने स्पष्ट भइसकेको छ,’ प्रमुख सचेतक ढकालले राजधानीसँग भने, ‘वास्तविकता थाहा पाएर पनि सरकारले मुलुकलाई अनिर्णयको बन्दी बनाएर सत्ताको दुरुपयोग गर्दै विपक्षीमाथि युद्धको नगरा बजाइरहेको छ ।’

संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयकको विपक्षमा एमाले, माले, जनमोर्चा, नेमकिपा, परिवार दल, जनमुक्ति पार्टी, नेपाः पार्टी र मधेस समता पार्टी गरी दुई सय सांसद छन् । विधेयक फेल गराउन १ सय ९९ सांसद भए पुग्छ । परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षी गठबन्धनमा सामेल भएको छ ।

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...