दोखला: उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत जलविद्युत आयोजनाहरुमा हरेक घर परिवारलाई कम्तीमा एक लाख शेयर दिइने बताएका छन ।
नेकपा माओवादी केन्द्रले दोलखाको चरिकोटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएक हुन । ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा एक लाख रुपिँया शेयर लगानी गर्ने कार्यविधि तयार भइरहेको भन्दै उहाँले त्यसमा सहभागी हुन आव्हान गरे । एक लाख रुपिँया एकै पटक चुक्ता गर्न नसक्नेहरुको लागि प्रतिवर्ष २० हजारको दरले पाँच वर्षमा भुक्तान गर्न सकिने गरी नीति बनाउन लागिएको मन्त्री शर्माले जानकारी दिए ।
एक लाख रुपिँया शेयर हाल्न नसक्ने विपन्न परिवारको हकमा बैंकमार्फत ऋण मिलाईदिने र त्यसको साँवा व्याज श्रम गरेर तिर्ने व्यवस्था मिलाइने बताउदै लगानीसम्बन्धी प्रतिवद्धता पत्र लिएर केही समयमै तपाईको घर आँगनमा सरकारका प्रतिनिधिहरु आउनेछन्, फाराम भर्नुहोला । त्यसैगरी अति विपन्न परिवारलाई सहुलियत दरको शेयर उपलब्ध गराउने व्यवस्था पनि सरकारले गरेको जानकारी दिएका छन ।
एक कित्ता शेयरको एक सय रुपिँया पर्नेमा अति विपन्नहरुको लागि ५० रुपैंया तिरेर एक कित्ता शेयर किन्ने व्यवस्था मिलाईने बताए । नेपालको पानी जनताको लगानी अन्तरतगत ठूला जलविद्युत आयोजनाहरुमा ३० प्रतिशत जनताको शेयर रहने नीति बनाइएको जानकारी दिँदै मन्त्री शर्माले हरेक कार्यकर्तालाई पनि त्यसमा सहभागी हुन आग्रह समेत गरेका छटन ।
कानुन र बिजनेश बाट अन्य
खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास
Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...
नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो
Spread the love
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ ।
अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...
सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी
Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...
नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान
Spread the love
सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ।
आदिवासी व्यासी...
कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग
Spread the love
नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ ।
विभिन्न सुझाव सहित राहात गरेको...
स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज
Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...