भारतले हस्तक्षेप गर्नुपर्ने मधेसी नेताहरूको सुझाव, भारतले त्यस्तो गर्न नसक्ने : स्वराज

Loading...
Spread the love

श्रावण ११, काठमाण्डौ । भारतीय विदेशमन्त्री सुषमा स्वराज आफ्नो तीनदिने नेपाल यात्रामा पूर्ववर्ती यूपीए सरकारभन्दा फरक र सकारात्मक सन्देश दिन सफल भएकी छन्। मधेसी नेतासँगको नास्ता बैठकमा र भारतीय राजदूत रन्जित रेले उनको सम्मानमा दिएको दिवाभोजमा शनिबार अलगअलग ढंगले स्वराजले त्यस्तो सन्देश दिएकी हुन्।

Sushma Sworajमधेसी नेताहरूले नेपालमा आफूलाई दोस्रो दर्जाका नागरिकका रूपमा व्यवहार गरेकाले समानता र बढी हकका लागि भारतले हस्तक्षेप गर्नुपर्ने सुझाव दिएपछि त्यसप्रति असहमति जनाउँदै उनले भारतले त्यस्तो गर्न नसक्ने सन्देश दिइन्। उनले पहिलो दर्जाको नागरिक बन्ने आधारबारे मधेसी नेताहरूसँग प्रश्न पनि गरेकी थिइन्। ‘मधेसबाट राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री र परराष्ट्रमन्त्रीसमेत बनेका छन्, कसरी दोस्रो दर्जा भयो?’ गृह, परराष्ट्र र महत्त्वपूर्ण मन्त्रालय समालिसकेका मधेसी नेतासँग उनले भनिन्, ‘तपाईंहरूको माग उचित छ भने किन अलगअलग पार्टी बनाउनुभयो, किन एक हुन सक्नुभएन?’

राजदूत रेले आयोजना गरेको दिवाभोजमा कांग्रेस, एमाओवादी र अन्य वरिष्ठ नेतासँग विगत आठ वर्षदेखि भारतले अछूतसरह व्यवहार गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पाहुनाको सूचीमा सामेल गराइएको थियो। ११ जना नेता सहभागी दिवाभोजमा संविधानसभा निर्वाचनमा चौथो पार्टीको हैसियत बनाएको राप्रपा नेपालका अध्यक्ष थापाको सहभागिता देखिनुलाई पनि भारतले नेपालप्रतिको पुरानो दृष्टिमा परिवर्तनको सन्देश दिन खोजेको संकेत मिलेको छ।

स्रोतका अनुसार अर्थमन्त्री रामशरण महतले दिवाभोजमा भएको छलफलका क्रममा राप्रपा नेपालका सम्बन्धमा टिप्पणी गरेका थिए। हिन्दुत्वको नारा लगाएर राप्रपा नेपालले चुनावमा उपलब्धि हासिल गरेको महतले बताएपछि थापाले भारतीय विदेशमन्त्री स्वराजलाई धर्मनिरपेक्षताका कारण नेपालको राष्ट्रिय पहिचान खतरामा परेको जबाफ दिए। उनले भने, ‘धर्मान्तरण भइरहेको छ।’ यस विषयमा स्वराजले टिप्पणी गरेकी थिइन्, ‘यो निकै गम्भीर विषय हो।’

नेपाल-भारत मैत्री संघको कार्यक्रममा भारतलाई नै हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै वक्ताले बोलेपछि स्वराजले उनलाई बोल्दाबोल्दै रोकेर प्रतिक्रिया जनाएकी थिइन्। प्रेम लस्करीको अध्यक्षतामा भएको कार्यक्रममा अन्तिम वक्ताले धन्यवाद ज्ञापनका क्रममा भारत पनि हिन्दु राष्ट्र बन्नुपर्छ भनेका थिए। उनलाई तत्काल रोकेर स्वराजले भनिन्, ‘म धर्मनिरपेक्ष भारतको संविधानअन्तर्गत शपथ खाएर भारतलाई प्रतिनिधित्व गर्दै आएकी हुँ, तपाईंको सो कुरा मलाई स्वीकार्य छैन।’ उनले भारत धर्म निरपेक्ष मुलुक रहेको र त्यसप्रति आफ्नो सम्मान रहेको पनि बताएकी थिइन्।

Loading...

यसमा तपाइको मत

main बाट अन्य

श्रीमान मेरो पक्षलाई हदै सम्म सजाय गरियोस

Spread the loveकानून ब्यवसायी भएर अपराधीलाई जसरी पनी संरक्षण गर्नु पर्छ भन्ने हैन हरेक अवस्थामा उनिहरुका हक र कानूनी सिद्धान्तको पालना, अनुसन्धान अभियोजनमा हुने त्रुटिहरु, प्रमाणको भार लगायतका कुराको विधिशास्त्रिय र विहड०्गम छलफल हुन...

संगठित अपराध; भ्रम र यथार्थ

Spread the love समाजशास्त्री एवं अपराधशास्त्रीहरुले अपराध र अपराधीलाई हिंसात्मक, कहिले काही गरिने, सफेद पोश, राजनैतिक, सामाजिक ब्यवस्था संग सम्वन्धी, परम्परागत, पेशेवर, बाल अपराध र संगठित अपराध गरी मुख्य रुपमा ९ प्रकारवाट वर्गिकरण गरिएको पाइन्छ...

हाम्रो स्वाभिमानका लागि भारत सङ्ग कुरागर्ने हिम्मत गर्नु पर्छ

Spread the loveएउटा भनाइ छ, अन्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ। जब राज्य कम्जोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, रास्ट्रले अन्तरास्ट्रिय साख गुमाउंछ। अहिले हाम्रो अवस्था यस्तै हो। जब रास्ट्र अपमानित...

पशुपतिमा अन्याय भयो भनी कराइरहेकालाई जग्गा दिलाउने न्याय

Spread the loveहरि प्रसाद प्रधान नेपालमा प्रधान न्यायालयको प्रधान न्यायाधीश बनाउन भारतवाट झिकाइएका थिए । सो प्रयोजनका लागि उक्त पदका लागि लायक नेपाली नपाइए बिदेशी नागरिकलाई नियुक्त गर्न सकिने गरी नेपालको अन्तरीम शासन ऐन,...

विकल्प नसोचिएको दल र कार्यकर्ताको हित हुने प्रणाली

Spread the loveनेपालमा अवको शासकिय स्वरुप कस्तो वन्नु पर्दछ भन्ने वहश चलिरहेको सन्दर्भमा आफनै देशमा प्रयोग गरिएको प्रणाली र विश्वका विभिन्न राज्यले गरेकोे प्रयोग अनि त्यसको परिणाम हाम्रो लागि वास्तविक प्रयोगशालामा परिक्षण पश्चातका ब्यवाहारिक...

फोरम द्वारा १ दिने अन्तरकृया सम्पन्न

Spread the love पर्यटन ब्यवसायको क्षेत्रमा कार्यरत कानून ब्यवसायीहरुको संस्था टुरिजम लयर्स फोरम नेपालले नेपालको कर प्रणाली, कानून र पर्यटन ब्यवसाय बिषयक एक दिने अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कर्यक्रममा बौद्ध, सिनामंगल, गौसाला तथा...

मुलुकी संहिता लागू भएसँगै १४ वटा ऐन खारेज, ३६ वटा संशोधन

Spread the loveकाठमाडौं जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन गत भाद्र १ गतेदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ऐन मुलुकी देवानी (संहिता) ऐन,...

गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला

Spread the love“गिद्दहरुको सांराज्यकी म लाचार एक निर्मला” चस्मा भित्रका ती चहकिला आँखा जहाँ, हजारौं सपनाहरु सल्बलाइ रहेको देखिन्छ । निर्भीक, निश्चल त्यो मुस्कान ताजै छ तस्वीरमा, तर मात्र तस्वीरमा; त्यो तस्वीर भित्रका सजीव आँखा अनि मुहारमा छाएको मन्द मुस्कान, अब मात्र...

निर्मला ! तिमीले सुतेकाहरुलाई उठाएकी छौ

Spread the loveसमाजमा हुने घटनाले मानिसमा पारेको प्रभाव पिडा वनेर ब्यक्त हुन्छ । त्यही पिडा कतै कथा, कविता र विभिन्न भावमा प्रस्फुटन हुन्छ । निर्मला पन्तको हत्या र अपराधीलाई बचाउन अपारध नियन्त्रण गर्ने अधिकार...

पर्यटन कानून मसौदाको लागि छलफल कार्यक्रम सम्पन्न

Spread the love काठमाण्डौ ठमेल स्थित होटल बैसालीमा प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वातावरण समिती, पर्यटन विज्ञ, ब्यवसायी र पर्यटन क्षेत्रमा कार्यरत कानून ब्यववसायी विच प्रदेशले वनाउने पर्यटन कानून, यसको तर्जुमा र प्रभावकारी...