विद्यार्थी कम हुने विषयमा विभिन्न कलेजको सिफ्ट मर्ज गर्दै त्रिवि

Loading...
Spread the love

काठमाण्डौ: त्रिभुवन विश्वविद्यालयमा केही वर्षयता विद्यार्थी संख्या ह्वात्तै घटेको छ । विभिन्न तहका प्राध्यापक संख्या भने क्रमशः बढेको छ। विद्यार्थी घटेपछि प्राध्यापकको भारसमेत कम हुँदै गएको छ ।

स्नातक र स्नातकोत्तर तहमा झन्डै आधा लाख विद्यार्थी घटेका छन् । त्रिविको अद्यावधिक तथ्यांकअनुसार आर्थिक वर्ष ०७१-७२ मा एक लाख ४८ हजार एक सय ४१ विद्यार्थी रहेकोमा चालू आव ०७२-७३ मा ९९ हजार ४५ मा झरेको छ। ४९ हजार ९६ विद्यार्थी संख्या घटेको त्रिविको रेकर्ड छ । आव ०७०-७१ मा भने आंगिक क्याम्पसमा दुई लाख ७३ हजार तीन ४९ विद्यार्थी रहेको त्रिवि योजना महाशाखाले जनाएको छ । ०७१-७२ मा अघिल्लो वर्षको तुलनामा एक लाख २५ हजार दुई सय आठ विद्यार्थी घटेका थिए ।

त्रिविमा सहायक प्रशिक्षकदेखि प्राध्यापकसम्म गरी सात हजार पाँच सय ९२ शिक्षक रहेको योजना महाशाखाको तथ्यांक छ । यस हिसाबले एक शिक्षकलाई १३ विद्यार्थीको भार पर्छ। अझै शिक्षक संख्या थपिँदै छन् । यस वर्ष खुला प्रतिस्पर्धाबाट झन्डै ६ सय उपप्राध्यापक थपिने त्रिविका रजिस्ट्रार डिल्ली उप्रेतीले जानकारी दिए। उपप्राध्यापक तहको लिखित नतिजा आएपछि अहिले धमाधम अन्तर्वार्ता भइरहेको छ। नयाँ थपिएपछि शिक्षकको भार झन् कम हुनेछ ।
भार नपुगेपछि कार्यक्रम मर्जको तयारी त्रिविको नियममा स्नातक तहमा एक सातामा १२ पिरियड पढाउनुपर्ने व्यवस्था छ । तर, सबै प्राध्यापकले यो भार पूरा गरेका छैनन्। योजना महाशाखा प्रमुख प्रा.डा. रिद्धिशकुमार पोखरेलले पनि विद्यार्थी संख्या कम भएका विषय र केही क्याम्पसमा प्राध्यापकले भार पूरा नगरेको जानकारी दिए ।

विद्यार्थी कम हुने विषयमा विभिन्न कलेजको कार्यक्रम र सिफ्ट मर्ज गर्ने त्रिविको तयारी छ। मानविकी तथा सामाजिकशास्त्र संकायले विद्यार्थी कम हुने विषय सबै क्याम्पसमा सञ्चालन गर्न नदिने भएको छ ।

थोरै–थोरै विद्यार्थी धेरै क्याम्पसमा भर्ना हुँदा जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनमा समस्या हुने हुँदा त्रिविले १० भन्दा कम विद्यार्थी भएमा कार्यक्रम सञ्चालन नगर्न सर्कुलर गरेको छ। १० जनाभन्दा कम विद्यार्थीले आवेदन फारम भरेमा त्यो फारम डिन कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

नेपाल भाषा, हिन्दी, उर्दूलगायतका भाषा तथा इतिहास, भूगोल, संस्कृत, राजनीतिशास्त्रलगायतका विषयमा विद्यार्थी संख्या निकै कम हुँदै गएको छ। धेरै क्याम्पसले थोरै–थोरै विद्यार्थी पढाउँदा भौतिक पूर्वाधार धेरै खपत हुने र जनशक्ति व्यवस्थापनमा समस्या हुँदै आएको त्रिविका अधिकारीको भनाइ छ ।

त्रिविमा विद्यार्थी घट्नुका तीन कारण

प्रा.डा.रिद्धिशकुमार पोखरेल प्रमुख, योजना महाशाखा, त्रिवि
१. अहिले विद्यार्थी धेरै स्कोप भएका विषय अध्ययन गर्न खोजिरहेका छन् । त्रिविका आंगिक क्याम्पसमा मात्र होइन अवसर प्राप्त हुने विषय अध्ययनका लागि अरू क्याम्पस र विश्वविद्यालयमा पनि गएका छन् । तर, त्रिविका अध्यापन हुने प्राविधिक विषयमा आवेदन दिनेको संख्या वृद्धि भइरहेको छ ।

२. विदेशमा पढ्न जाने विद्यार्थीको संख्या पनि बढिरहेको छ । कतिपय विद्यार्थी पढाइ छाडेर कामका लागि पनि हिँडेका छन् ।
३. त्रिविले कतिपय विषयमा समयसापेक्ष कोर्स परिमार्जन गर्न सकेको छैन, त्यसले पनि विद्यार्थीको आकर्षण घटेको छ। नयाँ पत्रिका

Loading...

यसमा तपाइको मत

अन्य समाचार बाट अन्य

खरेलद्वार सरकारी वकील संयुक्त कार्यालयको शिलान्यास

Spread the loveआज भाद्र १५ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूबाट कोभिड–१९ को महामारीबाट सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै विषेश सरकारी वकील कार्यालय र जिल्ला सरकारी वकील कार्यालय, काठमाण्डौको संयुक्त कार्यालय भवनको एक...

भारत र नेपालको सम्वन्ध बल्ल तल्ल बराबरीमा उक्लिएको छ

Spread the loveके हामीले हाम्रो ईतिहास राम्ररी पढेका छौ ? हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा...

नेपालले वनाएको कोरोनाको भ्याक्सिनमा WHO को चासो

Spread the love विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौंडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

सत्ता भन्दा देश प्यारो देख्ने एउटा बिरेन्द्रको खोजी

Spread the loveबिश्व मानचित्रमामा नेपाल एउटा त्यस्तो भुपरिवेष्ठित देश हो जुन बिश्वका दुई ठुला शक्तिशाली रास्ट्रको बीचमा रहेर पनि यस देशका जनताले न त आफुले खुम्चिएर बस्नु परेको महसुस गर्नुपरेको छ न त आफुलाई...

नयाँ नक्शाले समेटेका आदि कैलाश र ॐ पर्वत लिपुलेक कै सान 

Spread the love   सिमा अतिक्रमणका विरुद्ध यति खेर सिङ्गो देश एकढिक्का भएको छ ।नेपाल सरकारले लिम्पियाधुरा सहित नक्सा जारी गरिसकेपछि अतिक्रमित नेपाली भुमिबाट ईन्डियाले आफ्नो सेना फिर्ता लैजानुपर्छ भन्ने आवाज जताततै उठिरहेको छ। आदिवासी व्यासी...

कानून ब्यवसयी विपत राहात कोषमा १५ लाख सम्मको सहयोग

Spread the love नेपाल बार एसोसिएशनले कानून ब्यवसायमा रहेका र विभिन्न विपतको अवथामा समश्यामा परेका कानून ब्यवसायिहरुलाई साहायता पुर्याउने उदेश्यले कानून ब्यवसयी विपत राहात कोष खडा गर्ने निर्णय गरेको छ । विभिन्न सुझाव सहित राहात गरेको...

राष्ट्रियता वोकेको गित “पूर्ब तिम्रो रस्ती बस्ती” लाई कान्तिपुर नेशनल म्युजिक अवार्ड

Spread the loveकाठमाण्डौं: गायीका शितल पाण्डे र निशान भटराइको मिठो स्वरमा रहेको राष्ट्रियता झल्काउने गित “पूर्ब तिम्रो रस्ती बस्ती” ले कान्तिपुर नेशनल म्युजिक अवार्ड, हात पार्न सफल भएको छ । कृहि दिन अघि काठमाडौंमा...

फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार विरुद्ध चौधरी पुगे अख्तियार

Spread the loveकाठमाण्डौ: अधिवक्ता एवं इन्जिनियर दिनेश चौधरीले गत पौष १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टगांल, काठमाडौं समक्ष फलामे डण्डी भित्र भईरहेको भष्ट्राचार नियन्त्रण गर्दै फलामे डण्डी प्रयोग हुने सम्पूर्ण निर्माण रोकी पाऊँ...

न्यायाधीश जोशीलाई इजलास नतोक्नु संसदको सम्मान हो: प्रधानन्यायधिस राणा

Spread the loveकाठमाण्डौ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बुधबार राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन । प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर...

स्थानीय सरकारलाई शिक्षा सम्वन्धि कानून बनाउन वन्देज

Spread the loveकाठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई शिक्षा सम्बन्धि कानून तर्जुमा गर्न वन्देज लगाएको छ । संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरे पनि संघीय मन्त्रालयले मन्त्री स्तरीय निर्णय...